Page:Bhanubhaktako ramayan.pdf/249: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''वधूशिक्षा'''}}}} {{start center block}} <poem> {{pcn|'''प्रस्तावना'''}} एक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति । तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ॥ सून्याँ दन्तबझान आज घरको कर्कर् गर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
{{pcn|'''प्रस्तावना'''}} | {{pcn|'''प्रस्तावना'''}} | ||
एक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति । | एक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति । | ||
तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ॥ | तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ॥ |
Latest revision as of 07:15, 14 April 2025
प्रस्तावना
एक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति ।
तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ॥
सून्याँ दन्तबझान आज घरको कर्कर् गर्याको जसै ।
भर्रात् जाग्रान झैं भयो मकन ता लागेन आँखा कसै ॥१॥
धन् इज्जत् र घरबार देख्छु बढिया छैनन् कुनै चीज् कमी ।
बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौला तिमी ॥
साह्रै झोक उठयो मलाइ र बधूशिक्षा बनाया पनी ।
यस्ले पत्नि, बुहारि, छोरीहरूको तालिम् गरौला भनी ॥२॥
हुन त म अतिथी हूँ यस् बिनूँ के छ खाँचो ।
तर पनि त म भन्छु मित्र ह्वौ जानि सांँचो ॥
घर चतुरञि गर्छन् बुद्धिमान्ले अगाडि ।
बखत चुकि दिंदामा हुन्छ काहांँ पछाडि ॥३॥
उपदेश
प्रातःकाल महाँ उठेर पहिले ध्यान् ईश्वरैको गरून् ।
सो ईश्वर पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरून् ॥
भक्तीले पति ईश्वरै भनि बुझुन् पाऊ–तलैमा परून् ।
पूजा हो पतिको भनेर घरका काम्मा अगाडि सरून् ॥१॥
झट्पट् स्नान गरेर शुद्ध जलले सब् देह निर्मल् गरी ।
जस्तो पुग्दछ सोहि माफिक असल् धोती कटीमा धरी ॥
सासूका चरण विन्द युगमा पूजेर पाऊ परून् ।
मैले काम गरुँ क्या अह्राउनु हवस् यो ताहिं बिन्ती गरून् ॥२॥
मान्छे छन् घरका सबै जति जना तिन्लाई ढोग् भेट् गरी ।
चाकरलाइ अह्राउनू खुशि हुँदै मीठा वचन्ले गरी ॥
माटो पानी खराउ ओटन रुमाल् धोती दतीउन् धरी ।
स्नान् गन्र्या अखढा जहाँ छ तहीं गै राखुन् तयारी गरी ॥३॥