Jump to content

Page:Bhanubhaktako ramayan.pdf/192: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{Right|{{larger|'''श्रीउत्तरकाण्ड'''}}}} {{start center block}} <poem> शम्भूका मुख देखि राज्य अभिषेक् राम्को सुनीथिन् जसै । सोधिन् पार्वतिले सदाशिवजि थ्यैं लीला पछीका तसै ॥ पृथ्वीमा कति वर्ष राज् हुन् गयो लीला त..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{larger|'''श्रीउत्तरकाण्ड'''}}}}
{{c|{{larger|'''श्रीउत्तरकाण्ड'''}}}}


{{start center block}}
{{start center block}}

Latest revision as of 17:30, 13 April 2025

This page has not been proofread
श्रीउत्तरकाण्ड

शम्भूका मुख देखि राज्य अभिषेक् राम्को सुनीथिन् जसै ।
सोधिन् पार्वतिले सदाशिवजि थ्यैं लीला पछीका तसै ॥
पृथ्वीमा कति वर्ष राज् हुन् गयो लीला तहाँ कुन् भया ।
कस्ता रित् सित राज्य छोडि रघुनाथ् वैकुण्ठधाम्मा गया ॥१॥

शम्भो श्रीरघुनाथका जति त छन् लीला कृपाले गरी ।
आज्ञा आज हवस् म सुन्छु भगवन् बिन्ती छ पाऊ परी ॥
यो बिन्ती जब शम्भुका चरणमा श्रीपार्वतीले गरिन् ।
सब् लीला प्रभुका कह्या शिवजिले खुप् हर्षमा ती परिन् ॥२॥

रावण् मारि उतारि भारि भुमिको राम् राज्य गर्छन् भनी ।
जानी एक् दिन ता गया ऋषि अनेक् भेटौं सीताराम् भनी ॥
दुर्वासा भृगु अङ्गिरा इ पनि छन् कश्यप् र वाम्देव भया ।
विश्वामित्र असित् र कण्व सहितै सप्तर्षि अत्री गया ॥३॥

सब् शिष्यै सहितै अगस्तिजि गया द्वार्मा पुग्याथ्या जसै ।
हाजिर् जल्दि पठाइ मर्जि भइ सब् पौंच्या हजुर्मा तसै ॥
पूजा सब् ऋषिको गर्या प्रभुजिले सब् लाइ आसन् दिया ।
खूसी सब् ऋषिगण् भया हजुरमा जो जो गयाका थिया ॥४॥

पैल्हे प्रश्न गर्या तहाँ कुशलको राम्ले र आदर् गरी ।
सोध्या सब् ऋषिले पनी कुशलको विस्तार् बडो प्रेम् गरी ॥
बिन्ती सब् ऋषिले गर्या हजुरमा ख्वामित् ठूलो काम् भयो ।
पृथ्वीको अति भार इन्द्रजित हो भार् तेहि जाँदा गयो ॥५॥