Jump to content

Page:Ek chihan.pdf/45: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
खल्तीबाट एउटा मुद्रित कागज निकाल्दै रामबहादुरले भने- "यो तान  
खल्तीबाट एउटा मुद्रित कागज निकाल्दै राम बहादुरले भने- "यो तान  
चलाउने काइदा यसमा प्रस्ट बुझिने गरी लेखिएको छ ।"
चलाउने काइदा यसमा प्रस्ट बुझिने गरी लेखिएको छ ।"


नानीथकुंले एक चोटि कागजप्रति पुलुक्क हेरिन्, लतमायाले बिलकुलै  
नानीथकुँले एक चोटि कागजप्रति पुलुक्क हेरिन्, लतमायाले बिलकुलै  
दृष्टिपात गरिनन् ।
दृष्टिपात गरिनन् ।


त्यति भनेपछि रामबहादुरले भरियाहरूप्रति हेरेर भने- "लौ जाओ  
त्यति भनेपछि राम बहादुरले भरियाहरूप्रति हेरेर भने– "लौ जाओ  
तिमीहरू, सुब्बासाहेबकहाँ गएर ज्याला लेओ ।"
तिमीहरू, सुब्बा साहेबकहाँ गएर ज्याला लेओ ।"


भरियाहरू फर्कन नपाउँदै लतमायाले रामबहादुरतिर हेरेर भनिन्-
भरियाहरू फर्कन नपाउँदै लतमायाले राम बहादुरतिर हेरेर भनिन्–
"साहेब ! तान पनि फर्काइदिनुहोला ।"
"साहेब ! तान पनि फर्काइ दिनु होला ।"


"किन ? हिजो हुन्छ, ल्याइदिनोस् भनेर आज एक्कासि यस्तो कुरा ?"  
"किन ? हिजो हुन्छ, ल्याइ दिनोस् भनेर आज एक्कासि यस्तो कुरा ?"  
आश्चर्यका साथै शङ्कालाग्दो भावमा रामबहादुरले भने ।
आश्चर्यका साथै शङ्कालाग्दो भावमा राम बहादुरले भने ।


"आफ्नो तान छँदै छ, बिनसित्ति अर्कालाई दुःख दिनु ठीक छैन भन्ने  
"आफ्नो तान छँदै छ, बिनसित्ति अर्कालाई दुःख दिनु ठीक छैन भन्ने  
Line 18: Line 18:


"समय किफायत भएर कमाउन सजिलो हुने कुरामा मद्दत दिएको पनि  
"समय किफायत भएर कमाउन सजिलो हुने कुरामा मद्दत दिएको पनि  
नलिनू ? ठुलठुला सामन्तले त मद्दत लिनुपर्छ भने तिमी-हामी जस्ताको तुजुक  
नलिनू ? ठुलठुला सामन्तले त मद्दत लिनु पर्छ भने तिमी हामी जस्ताको तुजुक  
अझ कति दिन टिक्न सक्ला ?" रामबहादुरले भने ।
अझ कति दिन टिक्न सक्ला ?" राम बहादुरले भने ।


"त्यसो त अहम् भावका कारण छोराहरूले ‘मद्दत लिन्नँ’ भनेका  
"त्यसो त अहम् भावका कारण छोराहरूले 'मद्दत लिन्नँ' भनेका  
होइनन्, धेरैजसो मद्दतगारहरूले मद्दतको बाटो गरी मद्दत लिनेहरूको जिन्दगीमा  
होइनन्, धेरैजसो मद्दतगारहरूले मद्दतको बाटो गरी मद्दत लिनेहरूको जिन्दगीमा  
हमला गरेर डराएका मात्रै हुन् ।" लतमायाले भनिन् ।
हमला गरेर डराएका मात्रै हुन् ।" लतमायाले भनिन् ।


"हाम्रा सुब्बासाहेब त्यस कोटिका मानिस हुनुहुन्न । उहाँले त  
"हाम्रा सुब्बा साहेब त्यस कोटिका मानिस हुनु हुन्न । उहाँले त  
तिमीहरूलाई मद्दत गर्न धर्म देखेर साथसाथै अनिवार्य पनि भएको हुनाले मात्र  
तिमीहरूलाई मद्दत गर्न धर्म देखेर साथसाथै अनिवार्य पनि भएको हुनाले मात्र  
मद्दत दिन खोज्नुभएको हो ।" रामबहादुरले आफन्ती भावमा भने ।
मद्दत दिन खोज्नु भएको हो ।" राम बहादुरले आफन्ती भावमा भने ।


"उहाँलाई किन हाम्रो सहायक हुन कर्तव्य भएको ?" लतमायाले  
"उहाँलाई किन हाम्रो सहायक हुन कर्तव्य भएको ?" लतमायाले  
सोधिन् ।
सोधिन् ।


"ल, तिमीलाई थाहै होला नि । ‘आफन्त’ भन्ने नै चाहिन्न । ‘सम्बन्ध’
"ल, तिमीलाई थाहै होला नि । 'आफन्त' भन्ने नै चाहिन्न । 'सम्बन्ध'
भनेको केही कुरा होइन भन्न मानिसले सक्ला ? त्यसैले आफूले सकेको  
भनेको केही कुरा होइन भन्न मानिसले सक्ला ? त्यसैले आफूले सकेको  
सहायता उहाँले दिन खोज्नुभयो ।" रामबहादुरले भने ।
सहायता उहाँले दिन खोज्नु भयो ।" राम बहादुरले भने ।


"तपाईंको भनाइ मैले केही पनि बुझ्न सकिनँ ।"
"तपाईंको भनाइ मैले केही पनि बुझ्न सकिनँ ।"


"त्यसो भए उता हिँड, म तिमीलाई बुझाइदिउँला ।"
"त्यसो भए उता हिँड, म तिमीलाई बुझाइ दिउँला ।"
{{nop}}
{{nop}}

Latest revision as of 12:12, 22 June 2025

This page has been proofread

खल्तीबाट एउटा मुद्रित कागज निकाल्दै राम बहादुरले भने- "यो तान चलाउने काइदा यसमा प्रस्ट बुझिने गरी लेखिएको छ ।"

नानीथकुँले एक चोटि कागजप्रति पुलुक्क हेरिन्, लतमायाले बिलकुलै दृष्टिपात गरिनन् ।

त्यति भनेपछि राम बहादुरले भरियाहरूप्रति हेरेर भने– "लौ जाओ तिमीहरू, सुब्बा साहेबकहाँ गएर ज्याला लेओ ।"

भरियाहरू फर्कन नपाउँदै लतमायाले राम बहादुरतिर हेरेर भनिन्– "साहेब ! तान पनि फर्काइ दिनु होला ।"

"किन ? हिजो हुन्छ, ल्याइ दिनोस् भनेर आज एक्कासि यस्तो कुरा ?" आश्चर्यका साथै शङ्कालाग्दो भावमा राम बहादुरले भने ।

"आफ्नो तान छँदै छ, बिनसित्ति अर्कालाई दुःख दिनु ठीक छैन भन्ने छोराहरूको भनाइ छ ।" लतमायाले भनिन् ।

"समय किफायत भएर कमाउन सजिलो हुने कुरामा मद्दत दिएको पनि नलिनू ? ठुलठुला सामन्तले त मद्दत लिनु पर्छ भने तिमी हामी जस्ताको तुजुक अझ कति दिन टिक्न सक्ला ?" राम बहादुरले भने ।

"त्यसो त अहम् भावका कारण छोराहरूले 'मद्दत लिन्नँ' भनेका होइनन्, धेरैजसो मद्दतगारहरूले मद्दतको बाटो गरी मद्दत लिनेहरूको जिन्दगीमा हमला गरेर डराएका मात्रै हुन् ।" लतमायाले भनिन् ।

"हाम्रा सुब्बा साहेब त्यस कोटिका मानिस हुनु हुन्न । उहाँले त तिमीहरूलाई मद्दत गर्न धर्म देखेर साथसाथै अनिवार्य पनि भएको हुनाले मात्र मद्दत दिन खोज्नु भएको हो ।" राम बहादुरले आफन्ती भावमा भने ।

"उहाँलाई किन हाम्रो सहायक हुन कर्तव्य भएको ?" लतमायाले सोधिन् ।

"ल, तिमीलाई थाहै होला नि । 'आफन्त' भन्ने नै चाहिन्न । 'सम्बन्ध' भनेको केही कुरा होइन भन्न मानिसले सक्ला ? त्यसैले आफूले सकेको सहायता उहाँले दिन खोज्नु भयो ।" राम बहादुरले भने ।

"तपाईंको भनाइ मैले केही पनि बुझ्न सकिनँ ।"

"त्यसो भए उता हिँड, म तिमीलाई बुझाइ दिउँला ।"