Page:Ek chihan.pdf/25: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
हर्ष नारानका साथै नानीथकुँ पनि सहसा अस्पतालमा आएको देखेर | |||
गोदत्त प्रसाद एक छिन जिल्ल परे । उनले तुरुन्तै सोधे– "बालाई कस्तो छ ?" | |||
डाक्टरको यो प्रश्नले | डाक्टरको यो प्रश्नले थामि रहेको आँसु नानीथकुँको आँखाबाट फेरि | ||
बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । | बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्ष नारानले तत्क्षणात् भने– "बा | ||
त | त गइ सक्नु भयो ।" | ||
"हँ ! राम ! राम !! कुन | "हँ ! राम ! राम !! कुन वेला ?" डाक्टर गोदत्त प्रसादले आश्चर्य | ||
चकित भएर शोकयुक्त स्वरमा सोधे । | चकित भएर शोकयुक्त स्वरमा सोधे । | ||
"अगि एघार बजेतिर ।" | "अगि एघार बजेतिर ।" | ||
"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, | "मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु | ||
र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन | |||
आउनु भएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, | |||
हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक | हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइ सक्यो ?" | ||
हर्ष नारान र नानीथकुँ दुवै जना अनकनाएको भाव देखेर डाक्टर | |||
गोदत्त प्रसादले फेरि भने– "भन्नु होस्, केही भन्नु छ मसित ?" | |||
हर्ष नारानले बोल्न इसारा गरे पछि नानीथकुँले भन्ने साहस गरिन् तर | |||
बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको | बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको | ||
लालीपना छाउन थाल्यो । अनि डाक्टर | लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्त प्रसादले आश्वासनको भावमा | ||
भने– "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? | |||
मलाई आफन्तै सम्झे हुन्छ ।" | मलाई आफन्तै सम्झे हुन्छ ।" | ||
डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर | डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुँले | ||
बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै | बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइ दियो । अनि | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादले अझै आफन्तको भावमा भने– "किन लजाउनु पर्छ | ||
भन्या, मलाई परचक्री सम्झेकी ?" | भन्या, मलाई परचक्री सम्झेकी ?" | ||
हर्ष नारान पनि लज्जाले मुन्टो निहुराएर उभिइ रहेका थिए । यसपालि | |||
भने | भने नानीथकुँले बल गरेर भनि हालिन्– "अलिकति रुपियाँ मागौँ भनेर | ||
आएका | आएका हौँ ।" | ||
पूर्ण सहानुभूतिको भावमा डाक्टर | पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्त प्रसाद तत्क्षणात् बोले– | ||
"कति रुपियाँ चाहियो नानी ?" | "कति रुपियाँ चाहियो नानी ?" | ||
{{nop}} | {{nop}} |
Latest revision as of 17:32, 21 June 2025
हर्ष नारानका साथै नानीथकुँ पनि सहसा अस्पतालमा आएको देखेर गोदत्त प्रसाद एक छिन जिल्ल परे । उनले तुरुन्तै सोधे– "बालाई कस्तो छ ?"
डाक्टरको यो प्रश्नले थामि रहेको आँसु नानीथकुँको आँखाबाट फेरि बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्ष नारानले तत्क्षणात् भने– "बा त गइ सक्नु भयो ।"
"हँ ! राम ! राम !! कुन वेला ?" डाक्टर गोदत्त प्रसादले आश्चर्य चकित भएर शोकयुक्त स्वरमा सोधे ।
"अगि एघार बजेतिर ।"
"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन आउनु भएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइ सक्यो ?"
हर्ष नारान र नानीथकुँ दुवै जना अनकनाएको भाव देखेर डाक्टर गोदत्त प्रसादले फेरि भने– "भन्नु होस्, केही भन्नु छ मसित ?"
हर्ष नारानले बोल्न इसारा गरे पछि नानीथकुँले भन्ने साहस गरिन् तर बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्त प्रसादले आश्वासनको भावमा भने– "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? मलाई आफन्तै सम्झे हुन्छ ।"
डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुँले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइ दियो । अनि डाक्टर गोदत्त प्रसादले अझै आफन्तको भावमा भने– "किन लजाउनु पर्छ भन्या, मलाई परचक्री सम्झेकी ?"
हर्ष नारान पनि लज्जाले मुन्टो निहुराएर उभिइ रहेका थिए । यसपालि भने नानीथकुँले बल गरेर भनि हालिन्– "अलिकति रुपियाँ मागौँ भनेर आएका हौँ ।"
पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्त प्रसाद तत्क्षणात् बोले– "कति रुपियाँ चाहियो नानी ?"