Jump to content

Page:Ek chihan.pdf/22: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 10: Line 10:


"बाबुको दाहसंस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?"
"बाबुको दाहसंस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?"
शिवनारानले भने ।
शिवनारानले भने ।


"के गर्ने त अब, यस्तै पर्न आयो ।" पुननारानले भने ।
"के गर्ने त अब, यस्तै पर्न आयो ।" पुननारानले भने ।

Revision as of 18:46, 12 April 2025

This page has not been proofread

उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले ‘अब के गर्नु ?’ भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल, पिठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला छोरा पुननारानले दिए ।

"कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान मिलेन ।" सुस्केरा लिंदै शिवनारानले भने ।

"हामी बेच्न जान नहुने किन ?" कान्छा हर्षनारानले भने ।

"बाबुको दाहसंस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?" शिवनारानले भने ।

"के गर्ने त अब, यस्तै पर्न आयो ।" पुननारानले भने ।

"गुठियारहरू सबै जम्मा भइसके । उनीहरूले नदेख्ने गरी लैजान सक्ने चिज होइन खर्पन बोक्नुपर्ने कुरा ! साह्रै सर्म र बेइज्जत हुन जान्छ पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?" शिवनारानले भने ।

"के लाग्यो, सहनैपर्यो, अरू थोक उपाय नै के छ त ?" पुननारानले भने ।

"के गर्ने आमा ! यसै गरौं त ?" शिवनारानले लतमायासँग सोधे । लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु चुहाइरहिन् ।

बरबरती चुहिरहेको आँसु पुछ्तै नानीथकुंले भनिन्- "सबको अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त साह्रै नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने के मात्र नभन्लान् ?"

"अरू के उपाय छ त भन न तिमी नै ?" शिवनारानले भने । "जुठो नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो मान्नैपर्छ । त्यतिन्जेल एकछाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनै पर्छ । अर्को कुरा भाइभताहाहरूलाई खुवाउनैपर्छ । घरमा भएको अन्नपात बेइज्जत सहँदै बेचेर फेरि किन्दा टुट्टा खानुपर्ने हुन्छ ।" वेदना सहँदै गम्भीरतापूर्वक नानीथकुंले भनिन् ।