Jump to content

Page:Ritubichar.pdf/75: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|७९}}
{{pcn|७९}}
राम्रो वसन्त झैं पुच्छ, मैलो हेमन्त झैं शिर।
राम्रो वसन्त झैं पुच्छ, मैलो हेमन्त झैं शिर ।
राख्यो शिशिरले खासा चोचोमोचो दुवैतिर।।
राख्यो शिशिरले खासा चोचोमोचो दुवैतिर ॥


{{pcn|८०}}
{{pcn|८०}}
पद्मिनीको महावैरी हिमको महिमा गयो।
पद्मिनीको महावैरी हिमको महिमा गयो ।
मालिन्यदोषले शून्य सूर्यको बिम्ब देखियो।।
मालिन्यदोषले शून्य सूर्यको बिम्ब देखियो ॥


{{pcn|८१}}
{{pcn|८१}}
मिली अब सती प्यारी पद्मिनी यो भनीकन।
मिली अब सती प्यारी पद्मिनी यो भनीकन ।
राम झैं सूर्य लागे कि उत्तरैतिर फर्कन?।।
राम झैं सूर्य लागे कि उत्तरैतिर फर्कन ?


{{pcn|८२}}
{{pcn|८२}}
वसन्तको कडा कोही अगुवा दूत झैं गरी।
वसन्तको कडा कोही अगुवा दूत झैं गरी ।
मैलो सबै सफा गर्दै सबैतर्फ चल्यो हुरी।।
मैलो सबै सफा गर्दै सबैतर्फ चल्यो हुरी ॥


{{pcn|८३}}
{{pcn|८३}}
बिचरा पान्थका लेखा भ्रामरीकै दशासरी।
बिचरा पान्थका लेखा भ्रामरीकै दशासरी ।
लागीरहन्छ रस्ताभा दुःखदायी चिसो हुरी।।
लागीरहन्छ रस्ताभा दुःखदायी चिसो हुरी ॥


{{pcn|८४}}
{{pcn|८४}}
हावाको भुमरीभित्र धुलाको छ उही गति।
हावाको भुमरीभित्र धुलाको छ उही गति ।
आफना कर्मका साथ जीवको हुन्छ जो गति।।
आफना कर्मका साथ जीवको हुन्छ जो गति ॥


{{pcn|८५}}
{{pcn|८५}}
माथीबाट झरे सारा पुराना पात बर्बरी।
माथीबाट झरे सारा पुराना पात बर्बरी ।
शक्तिशून्य निरुद्योगी भाग्यका भक्त झैं गरी।।
शक्तिशून्य निरुद्योगी भाग्यका भक्त झैं गरी ॥


{{pcn|८६}}
{{pcn|८६}}
लागदा पश्चिमा हावा पुराना दलको स्थिति।
लागदा पश्चिमा हावा पुराना दलको स्थिति ।
बदली वृक्षले केही देखाये सपने मति।।
बदली वृक्षले केही देखाये सपने मति ॥


{{pcn|८७}}
{{pcn|८७}}
झुत्रा पात थिये अस्ति, झरे आज तिनी सब।
झुत्रा पात थिये अस्ति, झरे आज तिनी सब ।
पालुवा पर्सि देखिन्छ, छैन केही असम्भव।।
पालुवा पर्सि देखिन्छ, छैन केही असम्भव ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:54, 5 May 2025

This page has not been proofread

७९
राम्रो वसन्त झैं पुच्छ, मैलो हेमन्त झैं शिर ।
राख्यो शिशिरले खासा चोचोमोचो दुवैतिर ॥

८०
पद्मिनीको महावैरी हिमको महिमा गयो ।
मालिन्यदोषले शून्य सूर्यको बिम्ब देखियो ॥

८१
मिली अब सती प्यारी पद्मिनी यो भनीकन ।
राम झैं सूर्य लागे कि उत्तरैतिर फर्कन ?

८२
वसन्तको कडा कोही अगुवा दूत झैं गरी ।
मैलो सबै सफा गर्दै सबैतर्फ चल्यो हुरी ॥

८३
बिचरा पान्थका लेखा भ्रामरीकै दशासरी ।
लागीरहन्छ रस्ताभा दुःखदायी चिसो हुरी ॥

८४
हावाको भुमरीभित्र धुलाको छ उही गति ।
आफना कर्मका साथ जीवको हुन्छ जो गति ॥

८५
माथीबाट झरे सारा पुराना पात बर्बरी ।
शक्तिशून्य निरुद्योगी भाग्यका भक्त झैं गरी ॥

८६
लागदा पश्चिमा हावा पुराना दलको स्थिति ।
बदली वृक्षले केही देखाये सपने मति ॥

८७
झुत्रा पात थिये अस्ति, झरे आज तिनी सब ।
पालुवा पर्सि देखिन्छ, छैन केही असम्भव ॥