Page:Ek chihan.pdf/114: Difference between revisions
→Not proofread: Created page with " क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुंलाई पठाउने सुरसार पनि गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुंलाई आमा, दाजु, भाउजूहरूले आशिष् दिए । अत्यधिक मायाममताका कारण बिदाइको बेलामा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुंलाई पठाउने सुरसार पनि गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुंलाई आमा, दाजु, भाउजूहरूले आशिष् दिए । अत्यधिक मायाममताका कारण बिदाइको बेलामा लतमायाले रोक्न खोज्दा पनि आँसु नचुहाईकन बस्न सकिनन्, भाउजूहरू सबैका आँखामा गहभरि आँसु थियो । दाजुहरूका दिलमा पनि नानीथकुंको मायाममताले चिमोटेको थियो । | क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुंलाई पठाउने सुरसार पनि | ||
गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुंलाई आमा, दाजु, भाउजूहरूले | |||
आशिष् दिए । अत्यधिक मायाममताका कारण बिदाइको बेलामा लतमायाले | |||
रोक्न खोज्दा पनि आँसु नचुहाईकन बस्न सकिनन्, भाउजूहरू सबैका आँखामा | |||
गहभरि आँसु थियो । दाजुहरूका दिलमा पनि नानीथकुंको मायाममताले | |||
चिमोटेको थियो । | |||
करिब आठ बजेतिर एक जना मानिसका साथ नानीथकुंलाई बिदाइ गरी पुऱ्याउन पठाइयो । उनलाई दाइजोको रूपमा समेत विशेष दिन सकेनन्, खालि – एक जोर चर्खा, हँसिया, हथौडा, कुटो, कोदालो, कोदाली, डल्लेठो आदि । बस, यत्तिकै दाइजोका साथ जुवाइँलाई उपहार भनी एक जोर खर्पन, एउटा डोको, एउटा डालो, नेपाली कुटो, कोदालो, एउटा खुकुरी, एउटा भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिई पठाएका थिए । | करिब आठ बजेतिर एक जना मानिसका साथ नानीथकुंलाई बिदाइ | ||
गरी पुऱ्याउन पठाइयो । उनलाई दाइजोको रूपमा समेत विशेष दिन सकेनन्, | |||
खालि – एक जोर चर्खा, हँसिया, हथौडा, कुटो, कोदालो, कोदाली, डल्लेठो | |||
आदि । बस, यत्तिकै दाइजोका साथ जुवाइँलाई उपहार भनी एक जोर खर्पन, | |||
एउटा डोको, एउटा डालो, नेपाली कुटो, कोदालो, एउटा खुकुरी, एउटा | |||
भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिई पठाएका थिए । | |||
ढोगभेट र बिदाइसँगै नानीथकुं घरका सबै मानिसबाट पाएका आशिष् शुभेच्छा शिरोपर गरेर एउटा साथीको साथमा सरासर गइन् । रामखेलावन राउत पुतलीसडकमा बसिरहेका थिए । बल्ल उनको प्रतीक्षा पूर्ण भयो । नानीथकुंलाई उनले आफ्नै कोठामा पुऱ्याउन आएका मानिस एकछिन बसी फर्के । रामखेलावन राउतका डेरामा अब आफू र आफ्नी जीवनसँगिनी नानीथकुंबाहेक अरू कोही छैन । | ढोगभेट र बिदाइसँगै नानीथकुं घरका सबै मानिसबाट पाएका आशिष् | ||
शुभेच्छा शिरोपर गरेर एउटा साथीको साथमा सरासर गइन् । रामखेलावन | |||
राउत पुतलीसडकमा बसिरहेका थिए । बल्ल उनको प्रतीक्षा पूर्ण भयो । | |||
नानीथकुंलाई उनले आफ्नै कोठामा पुऱ्याउन आएका मानिस एकछिन बसी | |||
फर्के । रामखेलावन राउतका डेरामा अब आफू र आफ्नी जीवनसँगिनी | |||
नानीथकुंबाहेक अरू कोही छैन । | |||
यी दुईको भाषा मिल्दैन र एकले अर्काको कुरा त्यति बुझ्दैनन् पनि तर यिनीहरू आपसमा कुरा गर्न चाहन्छन्, ठट्टा गर्न चाहन्छन् र दुवै जना एकअर्काको दिलमा प्रेम पोख्न आतुर भइरहेका छन् । | यी दुईको भाषा मिल्दैन र एकले अर्काको कुरा त्यति बुझ्दैनन् पनि तर | ||
यिनीहरू आपसमा कुरा गर्न चाहन्छन्, ठट्टा गर्न चाहन्छन् र दुवै जना | |||
एकअर्काको दिलमा प्रेम पोख्न आतुर भइरहेका छन् । | |||
{{nop}} |
Revision as of 22:01, 20 April 2025
क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुंलाई पठाउने सुरसार पनि गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुंलाई आमा, दाजु, भाउजूहरूले आशिष् दिए । अत्यधिक मायाममताका कारण बिदाइको बेलामा लतमायाले रोक्न खोज्दा पनि आँसु नचुहाईकन बस्न सकिनन्, भाउजूहरू सबैका आँखामा गहभरि आँसु थियो । दाजुहरूका दिलमा पनि नानीथकुंको मायाममताले चिमोटेको थियो ।
करिब आठ बजेतिर एक जना मानिसका साथ नानीथकुंलाई बिदाइ गरी पुऱ्याउन पठाइयो । उनलाई दाइजोको रूपमा समेत विशेष दिन सकेनन्, खालि – एक जोर चर्खा, हँसिया, हथौडा, कुटो, कोदालो, कोदाली, डल्लेठो आदि । बस, यत्तिकै दाइजोका साथ जुवाइँलाई उपहार भनी एक जोर खर्पन, एउटा डोको, एउटा डालो, नेपाली कुटो, कोदालो, एउटा खुकुरी, एउटा भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिई पठाएका थिए ।
ढोगभेट र बिदाइसँगै नानीथकुं घरका सबै मानिसबाट पाएका आशिष् शुभेच्छा शिरोपर गरेर एउटा साथीको साथमा सरासर गइन् । रामखेलावन राउत पुतलीसडकमा बसिरहेका थिए । बल्ल उनको प्रतीक्षा पूर्ण भयो । नानीथकुंलाई उनले आफ्नै कोठामा पुऱ्याउन आएका मानिस एकछिन बसी फर्के । रामखेलावन राउतका डेरामा अब आफू र आफ्नी जीवनसँगिनी नानीथकुंबाहेक अरू कोही छैन ।
यी दुईको भाषा मिल्दैन र एकले अर्काको कुरा त्यति बुझ्दैनन् पनि तर यिनीहरू आपसमा कुरा गर्न चाहन्छन्, ठट्टा गर्न चाहन्छन् र दुवै जना एकअर्काको दिलमा प्रेम पोख्न आतुर भइरहेका छन् ।