Jump to content

Page:Ek chihan.pdf/93: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सकेका आफ्ना इमानदार बाबुको वचन राख्ने काम गर, तिम्री आमा लतमायाको पनि मन्जुरी छ । सोध, तिम्री आमा त मौजुद छिन् ।" "मेरो पिताज्यूले यस्तो अनुचित मन्जुरी कहिले पनि दिनुभएन, यो बिलकुल फ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सकेका आफ्ना इमानदार बाबुको वचन राख्ने काम गर, तिम्री आमा लतमायाको पनि मन्जुरी छ । सोध, तिम्री आमा त मौजुद छिन् ।"
सकेका आफ्ना इमानदार बाबुको वचन राख्ने काम गर, तिम्री आमा लतमायाको  
पनि मन्जुरी छ । सोध, तिम्री आमा त मौजुद छिन् ।"

"मेरो पिताज्यूले यस्तो अनुचित मन्जुरी कहिले पनि दिनुभएन, यो बिलकुल फुट कुरा हो । कदाचित् भुलले उहाँले वचन दिनुभएको साँच्ची हो र आमाको पनि मन्जुरी छ नै भने पनि म यस्तो कुरा कदापि समर्थन गर्दिनँ । यस्तो अनुचित कुरामा आमाबाबु कसैको पनि कुरा सुन्ने र मान्ने कमजोरी कदापि गर्दिनँ । अरूको त के साक्षात् नानीथकुंले मन्जुर गरेकी भए पनि म विरोध गरेर बिथोलिदिन्छु । त्यसैले रामबहादुरजी । तपाईंले कसैको पनि दुहाई गर्नु फजुल छ ।" शिवनारानले प्रस्ट भनिदिए ।
"मेरो पिताज्यूले यस्तो अनुचित मन्जुरी कहिले पनि दिनुभएन, यो  
बिलकुल फुट कुरा हो । कदाचित् भुलले उहाँले वचन दिनुभएको साँच्ची हो  
र आमाको पनि मन्जुरी छ नै भने पनि म यस्तो कुरा कदापि समर्थन गर्दिनँ ।  
यस्तो अनुचित कुरामा आमाबाबु कसैको पनि कुरा सुन्ने र मान्ने कमजोरी  
कदापि गर्दिनँ । अरूको त के साक्षात् नानीथकुंले मन्जुर गरेकी भए पनि म  
विरोध गरेर बिथोलिदिन्छु । त्यसैले रामबहादुरजी । तपाईंले कसैको पनि  
दुहाई गर्नु फजुल छ ।" शिवनारानले प्रस्ट भनिदिए ।

"शिवनारान । म तिमीलाई समय दिन्छु, राति सुत्ता अलि ठन्डा मगजले एक चोटि विचार गर र आफ्नो परिवारसँग पनि एक चोटि सल्लाह गर । अहिले मात्र होइन, तिम्रो भविष्य र तिमीहरूका सन्तानहरूको पनि सुख पाउने कुरा तिम्रो हातमा आइरहेको छ ।" केही सम्झाएर भनेको भावमा रामबहादुरले भने ।
"शिवनारान । म तिमीलाई समय दिन्छु, राति सुत्ता अलि ठन्डा  
मगजले एक चोटि विचार गर र आफ्नो परिवारसँग पनि एक चोटि सल्लाह  
गर । अहिले मात्र होइन, तिम्रो भविष्य र तिमीहरूका सन्तानहरूको पनि सुख  
पाउने कुरा तिम्रो हातमा आइरहेको छ ।" केही सम्झाएर भनेको भावमा राम
बहादुरले भने ।

रामबहादुरले यति भन्नासाथ शिवनारान रिसले आगो भई जुरुक्क उठेर उसको गर्दन समाउन पुगे । दुवै हातले बेसरी रामबहादुरको गर्दन ङयाँच्च समाउँदै शिवनारानले भने- "भन् साले ! अब के चाहन्छस् तँ ?"
रामबहादुरले यति भन्नासाथ शिवनारान रिसले आगो भई जुरुक्क  
उठेर उसको गर्दन समाउन पुगे । दुवै हातले बेसरी रामबहादुरको  
गर्दन ङयाँच्च समाउँदै शिवनारानले भने- "भन् साले ! अब के चाहन्छस्  
तँ ?"

लतमाया, हाकुमाया, नानीथकुं सब छुट्टयाउन दगुरे । उनीहरूले शिवनारानलाई तानिरहे, रामबहादुर डरले थरथरी भएर ‘ऐय्या !’ भनी कराउँदै मुस्किलसित गर्दन चलाउँदै शिवनारानको मुखतर्फ हेरेर भने- "छोड् !"
लतमाया, हाकुमाया, नानीथकुं सब छुट्टयाउन दगुरे । उनीहरूले  
शिवनारानलाई तानिरहे, रामबहादुर डरले थरथरी भएर ‘ऐय्या !’ भनी  
कराउँदै मुस्किलसित गर्दन चलाउँदै शिवनारानको मुखतर्फ हेरेर भने-  
"छोड् !"

रामबहादुरको गर्दन छोड्दै शिवनारानले भने- "साले ! यस पटकलाई पनि तँलाई दया भयो, माफ भयो, जा ।"
रामबहादुरको गर्दन छोड्दै शिवनारानले भने- "साले ! यस  
पटकलाई पनि तँलाई दया भयो, माफ भयो, जा ।"

"के त पोहोर सालको बाँकी बाली पनि आफ्नो यही पशुबलको भरमा पचाउन हिम्मत गरेको ?" दुखेको गर्दन यताउता चलाउँदै रामबहादुरले भने- "तानमा परेको तीन सय रुपियाँ के गर्छौ नि ? सुब्बासाहेबले अहिल्यै लिएर आइज भन्नुभएको छ ।"
"के त पोहोर सालको बाँकी बाली पनि आफ्नो यही पशुबलको भरमा  
पचाउन हिम्मत गरेको ?" दुखेको गर्दन यताउता चलाउँदै रामबहादुरले  
भने- "तानमा परेको तीन सय रुपियाँ के गर्छौ नि ? सुब्बासाहेबले अहिल्यै  
लिएर आइज भन्नुभएको छ ।"
{{nop}}

Revision as of 21:19, 20 April 2025

This page has not been proofread

सकेका आफ्ना इमानदार बाबुको वचन राख्ने काम गर, तिम्री आमा लतमायाको पनि मन्जुरी छ । सोध, तिम्री आमा त मौजुद छिन् ।"

"मेरो पिताज्यूले यस्तो अनुचित मन्जुरी कहिले पनि दिनुभएन, यो बिलकुल फुट कुरा हो । कदाचित् भुलले उहाँले वचन दिनुभएको साँच्ची हो र आमाको पनि मन्जुरी छ नै भने पनि म यस्तो कुरा कदापि समर्थन गर्दिनँ । यस्तो अनुचित कुरामा आमाबाबु कसैको पनि कुरा सुन्ने र मान्ने कमजोरी कदापि गर्दिनँ । अरूको त के साक्षात् नानीथकुंले मन्जुर गरेकी भए पनि म विरोध गरेर बिथोलिदिन्छु । त्यसैले रामबहादुरजी । तपाईंले कसैको पनि दुहाई गर्नु फजुल छ ।" शिवनारानले प्रस्ट भनिदिए ।

"शिवनारान । म तिमीलाई समय दिन्छु, राति सुत्ता अलि ठन्डा मगजले एक चोटि विचार गर र आफ्नो परिवारसँग पनि एक चोटि सल्लाह गर । अहिले मात्र होइन, तिम्रो भविष्य र तिमीहरूका सन्तानहरूको पनि सुख पाउने कुरा तिम्रो हातमा आइरहेको छ ।" केही सम्झाएर भनेको भावमा राम बहादुरले भने ।