Jump to content

Page:Ek chihan.pdf/94: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""कसले भनेर ल्याइस् तान ! हामीले ‘ल्याइदे’ भनेर हात जोडेका थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरिरहन ।" शिवनारानले कड्केर भने । रामबहादुरसँग यति बोलिसकेपछि शिवना..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"कसले भनेर ल्याइस् तान ! हामीले ‘ल्याइदे’ भनेर हात जोडेका थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरिरहन ।" शिवनारानले कड्केर भने ।
"कसले भनेर ल्याइस् तान ! हामीले ‘ल्याइदे’ भनेर हात जोडेका  
थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरिरहन ।"  
शिवनारानले कड्केर भने ।

रामबहादुरसँग यति बोलिसकेपछि शिवनारानले लतमायातिर हेरेर भने- "दिएर पठाइदिनोस् उसको तान ।"
रामबहादुरसँग यति बोलिसकेपछि शिवनारानले लतमायातिर हेरेर  
भने- "दिएर पठाइदिनोस् उसको तान ।"

शिवनारानले फेरि रामबहादुरतिर हेरेर भने- "लैजा तेरो तानको तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !"
शिवनारानले फेरि रामबहादुरतिर हेरेर भने- "लैजा तेरो तानको  
तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !"

रामबहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि साह्रै झोंक चल्यो, मारिहालूँजस्तो उनलाई भयो । त्यसैले शिवनारानले उसको तान दिइपठाउने कुरा गरेपछि हाकुमायाले भनिन्- "के खाँचो त्यस बदमासलाई तान बोकाएर पठाइरहन ! त्यस बदमासलाई, बेबकुफलाई, के उसको बेबकुफीको पुरस्कार- स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौं, फेरि फर्काइरहने मूर्खता किन ?" रामबहादुरतिर हेरेर हाकुमायाले भनिन्- "जा, पच भयो तेरो तान ! कागज भएको होइन, ‘जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै । तँ बदमाससित हामीले किन भलादमी हुनुपरेको छ ! यही तँलाई दण्ड भयो । जा, पच भयो तेरो तान, नालिस गर्न जा ।"
रामबहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि साह्रै झोंक चल्यो,  
मारिहालूँजस्तो उनलाई भयो । त्यसैले शिवनारानले उसको तान दिइ
पठाउने कुरा गरेपछि हाकुमायाले भनिन्- "के खाँचो त्यस बदमासलाई तान  
बोकाएर पठाइरहन ! त्यस बदमासलाई, बेबकुफलाई, के उसको बेबकुफीको  
पुरस्कार- स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौं, फेरि फर्काइरहने  
मूर्खता किन ?" रामबहादुरतिर हेरेर हाकुमायाले भनिन्- "जा, पच भयो  
तेरो तान ! कागज भएको होइन, ‘जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै । तँ  
बदमाससित हामीले किन भलादमी हुनुपरेको छ ! यही तँलाई दण्ड भयो ।  
जा, पच भयो तेरो तान, नालिस गर्न जा ।"

हाकुमायाको कुरा सुनेर नानीथकुं खिस्स हाँसिन् । लतमाया केही बोल्न सकिनन् । शिवनारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी हाँसिरहे । रामबहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति उभिएर त्यसै जिल्ल परिरहे । एकछिन वाल्ल परेर ‘देखा जाएगा’ भनी रिसले चुर भएर गए । "देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैंले ?" हाकुमायाले जबाफ दिइन् ।
हाकुमायाको कुरा सुनेर नानीथकुं खिस्स हाँसिन् । लतमाया केही  
बोल्न सकिनन् । शिवनारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी  
हाँसिरहे । रामबहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति उभिएर  
त्यसै जिल्ल परिरहे । एकछिन वाल्ल परेर ‘देखा जाएगा’ भनी रिसले चुर  
भएर गए । "देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैंले ?" हाकुमायाले  
जबाफ दिइन् ।
{{nop}}

Revision as of 21:20, 20 April 2025

This page has not been proofread

"कसले भनेर ल्याइस् तान ! हामीले ‘ल्याइदे’ भनेर हात जोडेका थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरिरहन ।" शिवनारानले कड्केर भने ।

रामबहादुरसँग यति बोलिसकेपछि शिवनारानले लतमायातिर हेरेर भने- "दिएर पठाइदिनोस् उसको तान ।"

शिवनारानले फेरि रामबहादुरतिर हेरेर भने- "लैजा तेरो तानको तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !"

रामबहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि साह्रै झोंक चल्यो, मारिहालूँजस्तो उनलाई भयो । त्यसैले शिवनारानले उसको तान दिइ पठाउने कुरा गरेपछि हाकुमायाले भनिन्- "के खाँचो त्यस बदमासलाई तान बोकाएर पठाइरहन ! त्यस बदमासलाई, बेबकुफलाई, के उसको बेबकुफीको पुरस्कार- स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौं, फेरि फर्काइरहने मूर्खता किन ?" रामबहादुरतिर हेरेर हाकुमायाले भनिन्- "जा, पच भयो तेरो तान ! कागज भएको होइन, ‘जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै । तँ बदमाससित हामीले किन भलादमी हुनुपरेको छ ! यही तँलाई दण्ड भयो । जा, पच भयो तेरो तान, नालिस गर्न जा ।"