Page:Ek chihan.pdf/76: Difference between revisions
→Not proofread: Created page with ""माफसाफको चिप्लो कुरा छोडेर जानोस् यहाँबाट कट्टै, नत्र मफतमा नचाहिँदो आपत् ओढ्नुपर्ला ! म पनि आजदेखि तपाईंमाथिको प्रेम वापस लिन्छु ।" अलि गम्भीर बन्न खोज्दै नानीथकुंले भनिन् । "प्र..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"माफसाफको चिप्लो कुरा छोडेर जानोस् यहाँबाट कट्टै, नत्र मफतमा नचाहिँदो आपत् ओढ्नुपर्ला ! म पनि आजदेखि तपाईंमाथिको प्रेम वापस लिन्छु ।" अलि गम्भीर बन्न खोज्दै नानीथकुंले भनिन् । | "माफसाफको चिप्लो कुरा छोडेर जानोस् यहाँबाट कट्टै, नत्र मफतमा | ||
नचाहिँदो आपत् ओढ्नुपर्ला ! म पनि आजदेखि तपाईंमाथिको प्रेम वापस | |||
लिन्छु ।" अलि गम्भीर बन्न खोज्दै नानीथकुंले भनिन् । | |||
"प्रेम वापस लिने ? म तिमीले भने पनि पत्याउन सक्तिनँ, प्रेम वापस लिइन्न, न लिन सकिने नै कुरा हो, कुनै चुनाउमा उम्मेदवार हुनु त होइन कि मन नलागेपछि नाम वापस लिइन्छ । प्रेम ठट्टाको कुरा त होइन, गरेपछि छोड्न सकिन्छ ? तिमीले भन्दैमा म त्यसै पत्याउन सक्छु नानीथकुँ ?" मन्दमन्द मुस्कुराउँदै डाक्टर गोदत्तप्रसादले भने- "त्यसरी नतर्साऊ न हत्तेरी !" | "प्रेम वापस लिने ? म तिमीले भने पनि पत्याउन सक्तिनँ, प्रेम वापस | ||
लिइन्न, न लिन सकिने नै कुरा हो, कुनै चुनाउमा उम्मेदवार हुनु त होइन | |||
कि मन नलागेपछि नाम वापस लिइन्छ । प्रेम ठट्टाको कुरा त होइन, | |||
गरेपछि छोड्न सकिन्छ ? तिमीले भन्दैमा म त्यसै पत्याउन सक्छु नानीथकुँ ?" | |||
मन्दमन्द मुस्कुराउँदै डाक्टर गोदत्तप्रसादले भने- "त्यसरी नतर्साऊ न | |||
हत्तेरी !" | |||
"भैगो, ठीक पार्नु पर्दैन । खुब नाटक गर्न जान्दछन् तपाईंजस्ता | "भैगो, ठीक पार्नु पर्दैन । खुब नाटक गर्न जान्दछन् तपाईंजस्ता लोग्ने | ||
मान्छेहरू । यता मसित प्रेम, उता नोकरनीसित प्रेम, फेरि उता अर्कैसित, झन् | |||
उता फेरि अर्कैसित, यस्तरी पनि भाउ नराखेर हिँड्नु ? मैले एकएक सुनिसकेँ | |||
तपाईंको यमुनातटमा बज्ने वंशीको धुन ?" मुसुक्क हाँस्तै खुब व्यङ्ग्य | |||
भावमा नानीथकुंले भनिन् । | |||
"ओहो ! पाठ त खुब पढाएर पठाएको रहेछ । मलाई शङ्का मात्र लागेको थियो । त्यत्तिका बेर मौका पाएको किन छोड्थी । तर नानीथकुं ! तिमी कसैका कुरामा नलाग, मलाई विश्वास गर, कहिल्यै धोका खानुपर्ने छैन ।" आश्वासनको भावमा डाक्टर गोदत्तप्रसादले भने । | "ओहो ! पाठ त खुब पढाएर पठाएको रहेछ । मलाई शङ्का मात्र | ||
लागेको थियो । त्यत्तिका बेर मौका पाएको किन छोड्थी । तर नानीथकुं ! | |||
तिमी कसैका कुरामा नलाग, मलाई विश्वास गर, कहिल्यै धोका खानुपर्ने | |||
छैन ।" आश्वासनको भावमा डाक्टर गोदत्तप्रसादले भने । | |||
"भो, मलाई धोका नदिनुहोला तर मलाई एकतर्फी भएर गर्नुभएको निगाह, अनुग्रह, कृपा, दया, माया तपाईंको चाकरनीका निम्ति त धोकै हुन जाला । उसलाई पनि त तपाईंले यस्तै विश्वास गराउनुभएको होला ! उसले पनि त तपाईंको विश्वासमा एकोहोरिएर प्रेम गरिरहेकी होली !" | "भो, मलाई धोका नदिनुहोला तर मलाई एकतर्फी भएर गर्नुभएको | ||
निगाह, अनुग्रह, कृपा, दया, माया तपाईंको चाकरनीका निम्ति त धोकै हुन | |||
जाला । उसलाई पनि त तपाईंले यस्तै विश्वास गराउनुभएको होला ! उसले | |||
पनि त तपाईंको विश्वासमा एकोहोरिएर प्रेम गरिरहेकी होली !" | |||
"हत्तेरी ! तिमी अर्काको कुरा जे पनि यसरी पत्याइरहन्छ्यौ भने मेरो के लाग्छ !" अलि खेद प्रकट गरेर डाक्टर गोदत्तप्रसादले भने । | "हत्तेरी ! तिमी अर्काको कुरा जे पनि यसरी पत्याइरहन्छ्यौ भने मेरो | ||
के लाग्छ !" अलि खेद प्रकट गरेर डाक्टर गोदत्तप्रसादले भने । | |||
"बतास नआईकन पात हल्लन्छ त ? कहाँबाट आयो यो कुरा ?" नानीथकुंले भनिन् । | "बतास नआईकन पात हल्लन्छ त ? कहाँबाट आयो यो कुरा ?" | ||
नानीथकुंले भनिन् । | |||
"यही त अफसोसको कुरा छ । हो, बतास नआईकन पात हल्लन सक्तैन, यो म पनि मान्दछु, तर कोही बलियो मानिसले फेदमा बसेर रूख | "यही त अफसोसको कुरा छ । हो, बतास नआईकन पात हल्लन | ||
सक्तैन, यो म पनि मान्दछु, तर कोही बलियो मानिसले फेदमा बसेर रूख |
Revision as of 19:56, 20 April 2025
"माफसाफको चिप्लो कुरा छोडेर जानोस् यहाँबाट कट्टै, नत्र मफतमा नचाहिँदो आपत् ओढ्नुपर्ला ! म पनि आजदेखि तपाईंमाथिको प्रेम वापस लिन्छु ।" अलि गम्भीर बन्न खोज्दै नानीथकुंले भनिन् ।
"प्रेम वापस लिने ? म तिमीले भने पनि पत्याउन सक्तिनँ, प्रेम वापस लिइन्न, न लिन सकिने नै कुरा हो, कुनै चुनाउमा उम्मेदवार हुनु त होइन कि मन नलागेपछि नाम वापस लिइन्छ । प्रेम ठट्टाको कुरा त होइन, गरेपछि छोड्न सकिन्छ ? तिमीले भन्दैमा म त्यसै पत्याउन सक्छु नानीथकुँ ?" मन्दमन्द मुस्कुराउँदै डाक्टर गोदत्तप्रसादले भने- "त्यसरी नतर्साऊ न हत्तेरी !"
"भैगो, ठीक पार्नु पर्दैन । खुब नाटक गर्न जान्दछन् तपाईंजस्ता लोग्ने मान्छेहरू । यता मसित प्रेम, उता नोकरनीसित प्रेम, फेरि उता अर्कैसित, झन् उता फेरि अर्कैसित, यस्तरी पनि भाउ नराखेर हिँड्नु ? मैले एकएक सुनिसकेँ तपाईंको यमुनातटमा बज्ने वंशीको धुन ?" मुसुक्क हाँस्तै खुब व्यङ्ग्य भावमा नानीथकुंले भनिन् ।
"ओहो ! पाठ त खुब पढाएर पठाएको रहेछ । मलाई शङ्का मात्र लागेको थियो । त्यत्तिका बेर मौका पाएको किन छोड्थी । तर नानीथकुं ! तिमी कसैका कुरामा नलाग, मलाई विश्वास गर, कहिल्यै धोका खानुपर्ने छैन ।" आश्वासनको भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"भो, मलाई धोका नदिनुहोला तर मलाई एकतर्फी भएर गर्नुभएको निगाह, अनुग्रह, कृपा, दया, माया तपाईंको चाकरनीका निम्ति त धोकै हुन जाला । उसलाई पनि त तपाईंले यस्तै विश्वास गराउनुभएको होला ! उसले पनि त तपाईंको विश्वासमा एकोहोरिएर प्रेम गरिरहेकी होली !"
"हत्तेरी ! तिमी अर्काको कुरा जे पनि यसरी पत्याइरहन्छ्यौ भने मेरो के लाग्छ !" अलि खेद प्रकट गरेर डाक्टर गोदत्तप्रसादले भने ।
"बतास नआईकन पात हल्लन्छ त ? कहाँबाट आयो यो कुरा ?" नानीथकुंले भनिन् ।
"यही त अफसोसको कुरा छ । हो, बतास नआईकन पात हल्लन सक्तैन, यो म पनि मान्दछु, तर कोही बलियो मानिसले फेदमा बसेर रूख