Page:Ek chihan.pdf/83: Difference between revisions
→Not proofread: Created page with "अत्यन्त मसिनो पानी परिरहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर रसिला भइरहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जिरहेको छ ।..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अत्यन्त मसिनो पानी परिरहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर रसिला भइरहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जिरहेको छ । धरतीका रतिकहरूले गाएको गीतको गुञ्जनरूपी प्रवाहको बदला आकाशका बादलले वृष्टिदान गरी आदानप्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोभ गरिरहेको देखिन्छ । | अत्यन्त मसिनो पानी परिरहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर | ||
रसिला भइरहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत | |||
मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जिरहेको छ । | |||
धरतीका रतिकहरूले गाएको गीतको गुञ्जनरूपी प्रवाहको बदला आकाशका | |||
बादलले वृष्टिदान गरी आदानप्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोभ | |||
गरिरहेको देखिन्छ । | |||
आज शिवनारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ | आज शिवनारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न | ||
दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरि | |||
रहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरिरहेका छन् । शिव | |||
नारानको खेत खोलासँगै भएकाले आकाशको भर नपरीकन पनि पानी पुगेको | |||
र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस | |||
फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि | |||
नेपालमा यसपालि सर्वप्रथम रोपाइँ नै शिवनारानको खेतमा हो भने पनि | |||
अत्युक्ति नहोला । | |||
रोपाइँमा ज्यादै आनन्द लागेको र जाँडरक्सीको सुरले गर्दा एकछिन त नानीथकुंको मनमा वज्रलेप भएर टाँसिरहेको पिर पनि उप्केर गएको भान भयो । बस, यसै बखत रोपाहारहरूलाई पानसुपारी खुवाउने निहुँमा घनिष्ठता बढाउने आशा गरी डाक्टर गोदत्तप्रसाद पनि टुप्लुक्क आइपुगे । लागछाडको रूपमा कहिलेकाहीँ अलिअलि पानी परिरहेको हुनाले गोदत्तप्रसाद छाता ओढेर आएका थिए । | रोपाइँमा ज्यादै आनन्द लागेको र जाँडरक्सीको सुरले गर्दा एकछिन | ||
त नानीथकुंको मनमा वज्रलेप भएर टाँसिरहेको पिर पनि उप्केर गएको भान | |||
भयो । बस, यसै बखत रोपाहारहरूलाई पानसुपारी खुवाउने निहुँमा घनिष्ठता | |||
बढाउने आशा गरी डाक्टर गोदत्तप्रसाद पनि टुप्लुक्क आइपुगे । लागछाडको | |||
रूपमा कहिलेकाहीँ अलिअलि पानी परिरहेको हुनाले गोदत्तप्रसाद छाता | |||
ओढेर आएका थिए । | |||
मस्तसित जाँडरक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइरहेको बेला एकाएक पानसुपारी खुवाउन आएका डाक्टर गोदत्तप्रसादलाई देखेर नानीथकुंको निदाउन खोजिसकेको व्यथा एक चोटि फेरि जागेर आयो । | मस्तसित जाँडरक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा | ||
बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइरहेको बेला एकाएक पानसुपारी खुवाउन | |||
आएका डाक्टर गोदत्तप्रसादलाई देखेर नानीथकुंको निदाउन खोजिसकेको | |||
व्यथा एक चोटि फेरि जागेर आयो । | |||
डाक्टर गोदत्तप्रसादलाई देख्नासाथ शिवनारानलाई रोपाइँको मस्तीमा पनि झसङ्ग रिस उठिसकेको थियो, तर तत्क्षणै उनलाई सभ्यताको पनि याद भएर आयो र केही वास्ता गरेनन् । | डाक्टर गोदत्तप्रसादलाई देख्नासाथ शिवनारानलाई रोपाइँको मस्तीमा | ||
पनि झसङ्ग रिस उठिसकेको थियो, तर तत्क्षणै उनलाई सभ्यताको पनि याद | |||
भएर आयो र केही वास्ता गरेनन् । | |||
डाक्टर गोदत्तप्रसाद पानसुपारी खुवाउन आएको देखेर अरू खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पानसुपारी खुवाउन | डाक्टर गोदत्तप्रसाद पानसुपारी खुवाउन आएको देखेर अरू | ||
खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पानसुपारी खुवाउन |
Revision as of 20:10, 20 April 2025
अत्यन्त मसिनो पानी परिरहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर रसिला भइरहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जिरहेको छ । धरतीका रतिकहरूले गाएको गीतको गुञ्जनरूपी प्रवाहको बदला आकाशका बादलले वृष्टिदान गरी आदानप्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोभ गरिरहेको देखिन्छ ।
आज शिवनारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरि रहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरिरहेका छन् । शिव नारानको खेत खोलासँगै भएकाले आकाशको भर नपरीकन पनि पानी पुगेको र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि नेपालमा यसपालि सर्वप्रथम रोपाइँ नै शिवनारानको खेतमा हो भने पनि अत्युक्ति नहोला ।
रोपाइँमा ज्यादै आनन्द लागेको र जाँडरक्सीको सुरले गर्दा एकछिन त नानीथकुंको मनमा वज्रलेप भएर टाँसिरहेको पिर पनि उप्केर गएको भान भयो । बस, यसै बखत रोपाहारहरूलाई पानसुपारी खुवाउने निहुँमा घनिष्ठता बढाउने आशा गरी डाक्टर गोदत्तप्रसाद पनि टुप्लुक्क आइपुगे । लागछाडको रूपमा कहिलेकाहीँ अलिअलि पानी परिरहेको हुनाले गोदत्तप्रसाद छाता ओढेर आएका थिए ।
मस्तसित जाँडरक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइरहेको बेला एकाएक पानसुपारी खुवाउन आएका डाक्टर गोदत्तप्रसादलाई देखेर नानीथकुंको निदाउन खोजिसकेको व्यथा एक चोटि फेरि जागेर आयो ।
डाक्टर गोदत्तप्रसादलाई देख्नासाथ शिवनारानलाई रोपाइँको मस्तीमा पनि झसङ्ग रिस उठिसकेको थियो, तर तत्क्षणै उनलाई सभ्यताको पनि याद भएर आयो र केही वास्ता गरेनन् ।
डाक्टर गोदत्तप्रसाद पानसुपारी खुवाउन आएको देखेर अरू खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पानसुपारी खुवाउन