Jump to content

Page:Ek chihan.pdf/37: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""टुम्टुम् छयाँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुंले बोलिन् । "अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।" "के ?" "’नानीथकुं’ को स..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"टुम्टुम् छयाँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुंले बोलिन् ।
"टुम्टुम् छयाँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त  
हाँसेर नानीथकुंले बोलिन् ।


"अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।"
"अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म  
रिसाउँदिनँ ।"


"के ?"
"के ?"


"’नानीथकुं’ को सट्टा मैले तिमीलाई ‘नानी’ भन्न चाहेझैं तिमीले मलाई के भन्न चाहेको ?"
"’नानीथकुं’ को सट्टा मैले तिमीलाई ‘नानी’ भन्न चाहेझैं तिमीले  
मलाई के भन्न चाहेको ?"


"हो त ? रिसाउन पाइन्न नि ?"
"हो त ? रिसाउन पाइन्न नि ?"
Line 21: Line 24:
"भनिहालूँ त ? तपाईंलाई…?"
"भनिहालूँ त ? तपाईंलाई…?"


नानीथकुंले मुस्कुराउँदै अलि लजाएको भावमा डाक्टर गोदत्तप्रसादको मुख वाल्ल परेर हेरिरहिन् ।
नानीथकुंले मुस्कुराउँदै अलि लजाएको भावमा डाक्टर  
गोदत्तप्रसादको मुख वाल्ल परेर हेरिरहिन् ।


"अँ मलाई ?" डाक्टर गोदत्तप्रसादले फेरि कोट्टयाए । "तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्तप्रसादको अनुहार पुलुक्क
"अँ मलाई ?" डाक्टर गोदत्तप्रसादले फेरि कोट्टयाए ।  
"तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्तप्रसादको अनुहार  
पुलुक्क हेरी अलि खिस्स हाँसेर – "तिमी भन्छु" नानीथकुंले भनिन् ।


हेरी अलि खिस्स हाँसेर – "तिमी भन्छु" नानीथकुंले भनिन्
"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्तप्रसादले भने ।  


"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्तप्रसादले भने । "नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुं छुट्टिइन् । डाक्टर गोदत्तप्रसाद मस्त भएर नानीथकुंको अनुहार हेर्दै हाँसिरहे । यत्तिकैमा माथिबाट "नानीथकुं ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो । "लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै आउँला है ?" नानीथकुंको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्तप्रसादले भने ।
"नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुं छुट्टिइन् ।  
 
डाक्टर गोदत्तप्रसाद मस्त भएर नानीथकुंको अनुहार हेर्दै हाँसिरहे ।  
यत्तिकैमा माथिबाट "नानीथकुं ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो ।  
 
"लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै  
आउँला है ?" नानीथकुंको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्त
प्रसादले भने ।


"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुंले भनिन् ।
"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुंले भनिन् ।
{{nop}}

Revision as of 11:25, 13 April 2025

This page has not been proofread

"टुम्टुम् छयाँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुंले बोलिन् ।

"अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।"

"के ?"

"’नानीथकुं’ को सट्टा मैले तिमीलाई ‘नानी’ भन्न चाहेझैं तिमीले मलाई के भन्न चाहेको ?"

"हो त ? रिसाउन पाइन्न नि ?"

"हो हो लौ, रिसाउँदिनँ ।"

"नाइँ, तपाईं रिसाउनुहुन्छ ।"

"रिसाउँदिनँ भन्या’ तिमी मारे हत्या ।"

"भैगो लौ, अरू कुरा गर्नोस् ।"

"नभने म मारे हत्या ।"

"भनिहालूँ त ? तपाईंलाई…?"

नानीथकुंले मुस्कुराउँदै अलि लजाएको भावमा डाक्टर गोदत्तप्रसादको मुख वाल्ल परेर हेरिरहिन् ।

"अँ मलाई ?" डाक्टर गोदत्तप्रसादले फेरि कोट्टयाए । "तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्तप्रसादको अनुहार पुलुक्क हेरी अलि खिस्स हाँसेर – "तिमी भन्छु" नानीथकुंले भनिन् ।

"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्तप्रसादले भने ।

"नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुं छुट्टिइन् ।

डाक्टर गोदत्तप्रसाद मस्त भएर नानीथकुंको अनुहार हेर्दै हाँसिरहे । यत्तिकैमा माथिबाट "नानीथकुं ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो ।

"लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै आउँला है ?" नानीथकुंको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्त प्रसादले भने ।

"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुंले भनिन् ।