Jump to content

Page:Ek chihan.pdf/12: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पाँच बजिसकेपछि साँच्चै डाक्टर गोदत्तप्रसाद सजिलैसित आफैं एकाएक आइदिँदा अष्टनारानको पीडित परिवारलाई साह्रै राम्रो सान्त्वना भयो । गोदत्तप्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसु..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पाँच बजिसकेपछि साँच्चै डाक्टर गोदत्तप्रसाद सजिलैसित आफैं एकाएक आइदिँदा अष्टनारानको पीडित परिवारलाई साह्रै राम्रो सान्त्वना भयो । गोदत्तप्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसुमुसु हाँस्तै ‘अहिले कस्तो छ ?’ भन्दै बिरामीको अगाडि बसे ।
पाँच बजिसकेपछि साँच्चै डाक्टर गोदत्तप्रसाद सजिलैसित आफैं  
एकाएक आइदिँदा अष्टनारानको पीडित परिवारलाई साह्रै राम्रो सान्त्वना  
भयो । गोदत्तप्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसुमुसु हाँस्तै ‘अहिले  
कस्तो छ ?’ भन्दै बिरामीको अगाडि बसे ।

डाक्टरले पहिले नाडी हेरे, अनि आफैँले डिग्री रखाउन लगाए अनि क्रमैसँग छाती इत्यादि सबै जाँचे । सब जाँचिसकेपछि बिहान लेखिदिएको इन्जेक्सन आफैँले दिए । अनि एकछिन केही नबोली गम्भीर मुद्रामा बिरामीको मुख हेरिरहे- बीचबीचमा एकाध सोधनी गर्दै डाक्टर गोदत्तप्रसाद बिरामीको अगाडि करिब एक घण्टा बसे होलान् ।
डाक्टरले पहिले नाडी हेरे, अनि आफैँले डिग्री रखाउन लगाए अनि  
क्रमैसँग छाती इत्यादि सबै जाँचे । सब जाँचिसकेपछि बिहान लेखिदिएको  
इन्जेक्सन आफैँले दिए । अनि एकछिन केही नबोली गम्भीर मुद्रामा बिरामीको  
मुख हेरिरहे- बीचबीचमा एकाध सोधनी गर्दै डाक्टर गोदत्त
प्रसाद बिरामीको अगाडि करिब एक घण्टा बसे होलान् ।

डाक्टर आउनुभन्दा अगाडि नानीथकुं आफ्ना बाबुको गोडा मिचिरहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद बिरामीको सिरानतिर बसेका हुनाले नानीथकुंको ठीक सामुन्ने पर्थे । त्यसैले नहेरे तापनि डाक्टर गोदत्तप्रसादले नानीथकुंको श्रीमुख देखिरहेका थिए, धेरै बेरपछि आफू हिँड्नुभन्दा केही छिन अगाडि डाक्टर गोदत्तप्रसादले नानीथकुंतिर हेरेर भने- "धेरै गोडा मिच्नु पनि ठीक छैन नानी !"
डाक्टर आउनुभन्दा अगाडि नानीथकुं आफ्ना बाबुको गोडा मिचि
रहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद बिरामीको सिरानतिर बसेका हुनाले  
नानीथकुंको ठीक सामुन्ने पर्थे । त्यसैले नहेरे तापनि डाक्टर गोदत्तप्रसादले  
नानीथकुंको श्रीमुख देखिरहेका थिए, धेरै बेरपछि आफू हिँड्नुभन्दा केही छिन  
अगाडि डाक्टर गोदत्तप्रसादले नानीथकुंतिर हेरेर भने- "धेरै गोडा मिच्नु  
पनि ठीक छैन नानी !"

डाक्टरले त्यति भन्नासाथ नानीथकुंले चट्ट हात थामिन् अनि ढोकातिर उभिन गइन् । एक चोटि नानीथकुंतिर पुलुक्क हेरेर डाक्टर हिँड्नलाई उठे । कोठाबाहिर पुगिसकेपछि अष्टनारानको परिवारका सारा सदस्य डाक्टरको अगाडि उभिए अनि डाक्टर गोदत्तप्रसादले बिस्तारै भने- "व्यथा अलि कडा हुँदै आएको छ, होस गर्नुहोस् है । तैपनि म जहाँसम्म सक्छु, कोसिस गर्न छाड्दिनँ र आस पनि गर्छु ।"
डाक्टरले त्यति भन्नासाथ नानीथकुंले चट्ट हात थामिन् अनि ढोकातिर  
उभिन गइन् । एक चोटि नानीथकुंतिर पुलुक्क हेरेर डाक्टर हिँड्नलाई उठे ।  
कोठाबाहिर पुगिसकेपछि अष्टनारानको परिवारका सारा सदस्य डाक्टरको  
अगाडि उभिए अनि डाक्टर गोदत्तप्रसादले बिस्तारै भने- "व्यथा अलि कडा  
हुँदै आएको छ, होस गर्नुहोस् है । तैपनि म जहाँसम्म सक्छु, कोसिस गर्न  
छाड्दिनँ र आस पनि गर्छु ।"

डाक्टर जान लागेको बेलामा शिवनारान फिस हातमा दिन अगाडि बढे । एकछिनपछि अनकनाएजस्तो गरेर डाक्टर गोदत्तप्रसादले भने- "निको नै गरूँ ।"
डाक्टर जान लागेको बेलामा शिवनारान फिस हातमा दिन अगाडि  
बढे । एकछिनपछि अनकनाएजस्तो गरेर डाक्टर गोदत्तप्रसादले भने-  
"निको नै गरूँ ।"

डाक्टर गोदत्तप्रसादको यो सहानुभूति देखेर ज्यादै कृतज्ञ र आह्लादित भएर लतमायाले भनिन्- "यो एक चोटि लिइहाल्नुहोस् डाक्टरसाहेब । अनि भोलिदेखि त फिस दिने सामर्थ्य पनि छैन ।"
डाक्टर गोदत्तप्रसादको यो सहानुभूति देखेर ज्यादै कृतज्ञ र आह्लादित  
भएर लतमायाले भनिन्- "यो एक चोटि लिइहाल्नुहोस् डाक्टरसाहेब ।  
अनि भोलिदेखि त फिस दिने सामर्थ्य पनि छैन ।"
{{nop}}

Revision as of 15:14, 10 April 2025

This page has not been proofread

पाँच बजिसकेपछि साँच्चै डाक्टर गोदत्तप्रसाद सजिलैसित आफैं एकाएक आइदिँदा अष्टनारानको पीडित परिवारलाई साह्रै राम्रो सान्त्वना भयो । गोदत्तप्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसुमुसु हाँस्तै ‘अहिले कस्तो छ ?’ भन्दै बिरामीको अगाडि बसे ।

डाक्टरले पहिले नाडी हेरे, अनि आफैँले डिग्री रखाउन लगाए अनि क्रमैसँग छाती इत्यादि सबै जाँचे । सब जाँचिसकेपछि बिहान लेखिदिएको इन्जेक्सन आफैँले दिए । अनि एकछिन केही नबोली गम्भीर मुद्रामा बिरामीको मुख हेरिरहे- बीचबीचमा एकाध सोधनी गर्दै डाक्टर गोदत्त प्रसाद बिरामीको अगाडि करिब एक घण्टा बसे होलान् ।

डाक्टर आउनुभन्दा अगाडि नानीथकुं आफ्ना बाबुको गोडा मिचि रहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद बिरामीको सिरानतिर बसेका हुनाले नानीथकुंको ठीक सामुन्ने पर्थे । त्यसैले नहेरे तापनि डाक्टर गोदत्तप्रसादले नानीथकुंको श्रीमुख देखिरहेका थिए, धेरै बेरपछि आफू हिँड्नुभन्दा केही छिन अगाडि डाक्टर गोदत्तप्रसादले नानीथकुंतिर हेरेर भने- "धेरै गोडा मिच्नु पनि ठीक छैन नानी !"