Page:Ek chihan.pdf/22: Difference between revisions
→Not proofread: Created page with "उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले ‘अब के गर्नु ?’ भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल, पिठो र आलु बेचेर भए पनि काम चलाउने..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले ‘अब के गर्नु ?’ भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल, पिठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला छोरा पुननारानले दिए । | उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले ‘अब के गर्नु ?’ | ||
भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही | |||
अलिकति चामल, पिठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला | |||
छोरा पुननारानले दिए । | |||
"कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान मिलेन ।" सुस्केरा लिंदै शिवनारानले भने । | "कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान | ||
मिलेन ।" सुस्केरा लिंदै शिवनारानले भने । | |||
"हामी बेच्न जान नहुने किन ?" कान्छा हर्षनारानले भने । | "हामी बेच्न जान नहुने किन ?" कान्छा हर्षनारानले भने । | ||
"बाबुको दाहसंस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?" शिवनारानले भने । | "बाबुको दाहसंस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?" | ||
शिवनारानले भने । | |||
"के गर्ने त अब, यस्तै पर्न आयो ।" पुननारानले भने । | "के गर्ने त अब, यस्तै पर्न आयो ।" पुननारानले भने । | ||
"गुठियारहरू सबै जम्मा भइसके । उनीहरूले नदेख्ने गरी लैजान सक्ने चिज होइन खर्पन बोक्नुपर्ने कुरा ! साह्रै सर्म र बेइज्जत हुन जान्छ पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?" शिवनारानले भने । | "गुठियारहरू सबै जम्मा भइसके । उनीहरूले नदेख्ने गरी लैजान | ||
सक्ने चिज होइन खर्पन बोक्नुपर्ने कुरा ! साह्रै सर्म र बेइज्जत हुन जान्छ | |||
पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?" शिवनारानले भने । | |||
"के लाग्यो, सहनैपर्यो, अरू थोक उपाय नै के छ त ?" पुननारानले भने । | "के लाग्यो, सहनैपर्यो, अरू थोक उपाय नै के छ त ?" पुननारानले | ||
भने । | |||
"के गर्ने आमा ! यसै गरौं त ?" शिवनारानले लतमायासँग सोधे । लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु चुहाइरहिन् । | "के गर्ने आमा ! यसै गरौं त ?" शिवनारानले लतमायासँग सोधे । | ||
लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु | |||
चुहाइरहिन् । | |||
बरबरती चुहिरहेको आँसु पुछ्तै नानीथकुंले भनिन्- "सबको अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त साह्रै नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने के मात्र नभन्लान् ?" | बरबरती चुहिरहेको आँसु पुछ्तै नानीथकुंले भनिन्- "सबको | ||
अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त साह्रै | |||
नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने | |||
के मात्र नभन्लान् ?" | |||
"अरू के उपाय छ त भन न तिमी नै ?" शिवनारानले भने । "जुठो नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो मान्नैपर्छ । त्यतिन्जेल एकछाक मात्र भए पनि खाएर हामीले ज्यान | "अरू के उपाय छ त भन न तिमी नै ?" शिवनारानले भने । "जुठो | ||
नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो | |||
मान्नैपर्छ । त्यतिन्जेल एकछाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनै | |||
पर्छ । अर्को कुरा भाइभताहाहरूलाई खुवाउनैपर्छ । घरमा भएको अन्नपात | |||
बेइज्जत सहँदै बेचेर फेरि किन्दा टुट्टा खानुपर्ने हुन्छ ।" वेदना सहँदै | |||
गम्भीरतापूर्वक नानीथकुंले भनिन् । | |||
{{nop}} |
Revision as of 18:45, 12 April 2025
उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले ‘अब के गर्नु ?’ भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल, पिठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला छोरा पुननारानले दिए ।
"कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान मिलेन ।" सुस्केरा लिंदै शिवनारानले भने ।
"हामी बेच्न जान नहुने किन ?" कान्छा हर्षनारानले भने ।
"बाबुको दाहसंस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?"
शिवनारानले भने ।
"के गर्ने त अब, यस्तै पर्न आयो ।" पुननारानले भने ।
"गुठियारहरू सबै जम्मा भइसके । उनीहरूले नदेख्ने गरी लैजान सक्ने चिज होइन खर्पन बोक्नुपर्ने कुरा ! साह्रै सर्म र बेइज्जत हुन जान्छ पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?" शिवनारानले भने ।
"के लाग्यो, सहनैपर्यो, अरू थोक उपाय नै के छ त ?" पुननारानले भने ।
"के गर्ने आमा ! यसै गरौं त ?" शिवनारानले लतमायासँग सोधे । लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु चुहाइरहिन् ।
बरबरती चुहिरहेको आँसु पुछ्तै नानीथकुंले भनिन्- "सबको अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त साह्रै नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने के मात्र नभन्लान् ?"
"अरू के उपाय छ त भन न तिमी नै ?" शिवनारानले भने । "जुठो नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो मान्नैपर्छ । त्यतिन्जेल एकछाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनै पर्छ । अर्को कुरा भाइभताहाहरूलाई खुवाउनैपर्छ । घरमा भएको अन्नपात बेइज्जत सहँदै बेचेर फेरि किन्दा टुट्टा खानुपर्ने हुन्छ ।" वेदना सहँदै गम्भीरतापूर्वक नानीथकुंले भनिन् ।