Jump to content

Page:Ek chihan.pdf/25: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- "बालाई कस्तो छ ?" डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- "बालाई कस्तो छ ?"
हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर  
गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- "बालाई कस्तो छ ?"

डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबाट फेरि बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्षनारानले तत्क्षणात् भने- "बा त गइसक्नुभयो ।"
डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबाट फेरि  
बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्षनारानले तत्क्षणात् भने- "बा  
त गइसक्नुभयो ।"

"हँ ! राम ! राम !! कुन बेला ?" डाक्टर गोदत्तप्रसादले आश्चर्यचकित भएर शोकयुक्त स्वरमा सोधे ।
"हँ ! राम ! राम !! कुन बेला ?" डाक्टर गोदत्तप्रसादले आश्चर्य
चकित भएर शोकयुक्त स्वरमा सोधे ।

"अगि एघार बजेतिर ।"
"अगि एघार बजेतिर ।"

"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन आउनुभएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइसक्यो ?"
"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो,  
मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन  
आउनुभएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्,  
हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइसक्यो ?"

हर्षनारान र नानीथकं दुवै अनकनाएको देखेर डाक्टर गोदत्तप्रसादले फेरि भने- "भन्नुहोस्, केही भन्नु छ मसित ?"
हर्षनारान र नानीथकं दुवै अनकनाएको देखेर डाक्टर  
गोदत्तप्रसादले फेरि भने- "भन्नुहोस्, केही भन्नु छ मसित ?"

हर्षनारानले बोल्न इसारा गरेपछि नानीथकुंले भन्ने साहस गरिन् तर बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्तप्रसादले आश्वासनको भावमा भने- "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? मलाई आफन्तै सम्झे हुन्छ ।"
हर्षनारानले बोल्न इसारा गरेपछि नानीथकुंले भन्ने साहस गरिन् तर  
बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको  
लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्तप्रसादले आश्वासनको भावमा  
भने- "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ?  
मलाई आफन्तै सम्झे हुन्छ ।"

डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुंले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइदियो ।
डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुंले  
बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइदियो । अनि
डाक्टर गोदत्तप्रसादले अझै आफन्तको भावमा भने- "किन लजाउनुपर्छ
भन्या, मलाई परचक्री सम्झेकी ?"

अनि डाक्टर गोदत्तप्रसादले अझै आफन्तको भावमा भने- "किन लजाउनुपर्छ भन्या, मलाई परचक्री सम्झेकी ?"
हर्षनारान पनि लज्जाले मुन्टो निहुराएर उभिइरहेका थिए । यसपालि
भने नानीथकुंले बल गरेर भनिहालिन्- "अलिकति रुपियाँ मागौं भनेर
आएका हौं ।"

हर्षनारान पनि लज्जाले मुन्टो निहुराएर उभिइरहेका थिए । यसपालि भने नानीथकुंले बल गरेर भनिहालिन्- "अलिकति रुपियाँ मागौं भनेर आएका हौं ।"
पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्तप्रसाद तत्क्षणात् बोले-  
 
"कति रुपियाँ चाहियो नानी ?"
पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्तप्रसाद तत्क्षणात् बोले- "कति रुपियाँ चाहियो नानी ?"
{{nop}}

Revision as of 11:00, 13 April 2025

This page has not been proofread

हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- "बालाई कस्तो छ ?"

डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबाट फेरि बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्षनारानले तत्क्षणात् भने- "बा त गइसक्नुभयो ।"

"हँ ! राम ! राम !! कुन बेला ?" डाक्टर गोदत्तप्रसादले आश्चर्य चकित भएर शोकयुक्त स्वरमा सोधे ।

"अगि एघार बजेतिर ।"

"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन आउनुभएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइसक्यो ?"

हर्षनारान र नानीथकं दुवै अनकनाएको देखेर डाक्टर गोदत्तप्रसादले फेरि भने- "भन्नुहोस्, केही भन्नु छ मसित ?"

हर्षनारानले बोल्न इसारा गरेपछि नानीथकुंले भन्ने साहस गरिन् तर बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्तप्रसादले आश्वासनको भावमा भने- "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? मलाई आफन्तै सम्झे हुन्छ ।"

डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुंले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइदियो । अनि डाक्टर गोदत्तप्रसादले अझै आफन्तको भावमा भने- "किन लजाउनुपर्छ भन्या, मलाई परचक्री सम्झेकी ?"