Page:Tarun tapasi.pdf/45: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} हवामा पौडन्थें, जुन मधुर सङ्गीत मुखमा ::थियो, त्यस्ले तिम्रो श्रुतिविवर भर्थें म सुखमा। कठै वासा बस्थें, विजन वनका मञ्जु रुखमा ::बिरायें के मैले? किन धसिदियौ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
हवामा पौडन्थें, जुन मधुर सङ्गीत मुखमा | हवामा पौडन्थें, जुन मधुर सङ्गीत मुखमा | ||
::थियो, त्यस्ले तिम्रो श्रुतिविवर भर्थें म | ::थियो, त्यस्ले तिम्रो श्रुतिविवर भर्थें म सुखमा । | ||
कठै वासा बस्थें, विजन वनका मञ्जु रुखमा | कठै वासा बस्थें, विजन वनका मञ्जु रुखमा | ||
::बिरायें के मैले? किन धसिदियौ मृत्युमुखमा? | ::बिरायें के मैले ? किन धसिदियौ मृत्युमुखमा ? | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
पिताको माताको प्रणय उहिल्यै कालगतिले | पिताको माताको प्रणय उहिल्यै कालगतिले | ||
::बित्यो, भाई बैनीहरु सब चुँड्यो | ::बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले । | ||
थियें बाँकी यौटा फगत म कठै वंशविरुवा | थियें बाँकी यौटा फगत म कठै वंशविरुवा | ||
::सर्यो आजै मेरा उपर पनि त्यो काल | ::सर्यो आजै मेरा उपर पनि त्यो काल सरुवा ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
कलीला ती साना विकल बिचरा बाल बचरा | कलीला ती साना विकल बिचरा बाल बचरा | ||
::विना चारा भोकै सब भइशके हुन् | ::विना चारा भोकै सब भइशके हुन् अधमरा । | ||
थियी साथै पोथी जुन, शिव हरे त्यो पनि अब | थियी साथै पोथी जुन, शिव हरे त्यो पनि अब | ||
::कतै गर्दी होली रुदन अथवा | ::कतै गर्दी होली रुदन अथवा क्रन्दनरव ॥ | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
दुवै भालेपोथी हरबखत पालो गरि गरी | दुवै भालेपोथी हरबखत पालो गरि गरी | ||
::लगी दिन्थ्यौं चारा विकल बचराको | ::लगी दिन्थ्यौं चारा विकल बचराको मुखभरी । | ||
अकेली सुत्केरी अब शिव हरे दीन बिचरी | अकेली सुत्केरी अब शिव हरे दीन बिचरी | ||
::गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी? | ::गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी ? | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
अवस्था यो मेरो सहन अथवा खप्न नशकी | अवस्था यो मेरो सहन अथवा खप्न नशकी | ||
::नजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि? | ::नजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि ? | ||
मरी पो हाली वा प्रियविरहले मार्गबिचमा | मरी पो हाली वा प्रियविरहले मार्गबिचमा | ||
::पुगी वा औताई विकल बचराकै | ::पुगी वा औताई विकल बचराकै नगिचमा ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
कदाचित् त्यो मेरी प्रणयपुतली व्याकुल बनी | कदाचित् त्यो मेरी प्रणयपुतली व्याकुल बनी | ||
::रुँदै खोज्दै आयी वरपर भने मृत्यु | ::रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी । | ||
नहाने है बाबा विकल बचरा हुर्कन दिये | नहाने है बाबा विकल बचरा हुर्कन दिये | ||
::वृथा अर्को चर्को शिशुमरणको पाप | ::वृथा अर्को चर्को शिशुमरणको पाप नलिये ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:44, 6 May 2025
१२
हवामा पौडन्थें, जुन मधुर सङ्गीत मुखमा
थियो, त्यस्ले तिम्रो श्रुतिविवर भर्थें म सुखमा ।
कठै वासा बस्थें, विजन वनका मञ्जु रुखमा
बिरायें के मैले ? किन धसिदियौ मृत्युमुखमा ?
१३
पिताको माताको प्रणय उहिल्यै कालगतिले
बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले ।
थियें बाँकी यौटा फगत म कठै वंशविरुवा
सर्यो आजै मेरा उपर पनि त्यो काल सरुवा ॥
१४
कलीला ती साना विकल बिचरा बाल बचरा
विना चारा भोकै सब भइशके हुन् अधमरा ।
थियी साथै पोथी जुन, शिव हरे त्यो पनि अब
कतै गर्दी होली रुदन अथवा क्रन्दनरव ॥
१५
दुवै भालेपोथी हरबखत पालो गरि गरी
लगी दिन्थ्यौं चारा विकल बचराको मुखभरी ।
अकेली सुत्केरी अब शिव हरे दीन बिचरी
गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी ?
१६
अवस्था यो मेरो सहन अथवा खप्न नशकी
नजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि ?
मरी पो हाली वा प्रियविरहले मार्गबिचमा
पुगी वा औताई विकल बचराकै नगिचमा ॥
१७
कदाचित् त्यो मेरी प्रणयपुतली व्याकुल बनी
रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी ।
नहाने है बाबा विकल बचरा हुर्कन दिये
वृथा अर्को चर्को शिशुमरणको पाप नलिये ॥