Page:Munamadan.pdf/27: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
खराब कुरा नसोच्नू भन्छन् अफाल्दा फर्किन्छ | खराब कुरा नसोच्नू भन्छन् अफाल्दा फर्किन्छ | ||
मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ, | मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ, | ||
हजूर ! आँखिभौँ फड्किन्छ । | ::::हजूर ! आँखिभौँ फड्किन्छ । | ||
हजूर हाम्रो अबला चोला आधार हुँदा दूर, | हजूर हाम्रो अबला चोला आधार हुँदा दूर, | ||
सुकेको पात झैँ शीतको बेला, | सुकेको पात झैँ शीतको बेला, | ||
Line 16: | Line 16: | ||
हिमाललाई हेर्यो मन चीसो हुन्छ पर्वत हेर्यो नीर, | हिमाललाई हेर्यो मन चीसो हुन्छ पर्वत हेर्यो नीर, | ||
हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ? | हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ? | ||
हजूर ! के गरी रहूँ थिर ?' | ::::हजूर ! के गरी रहूँ थिर ?' | ||
'नमान पीर बुहारी मेरी ! असलै हुनेछ, | 'नमान पीर बुहारी मेरी ! असलै हुनेछ, | ||
फूल झैँ छोयौँ संसार हाम्ले, | फूल झैँ छोयौँ संसार हाम्ले, |
Revision as of 02:36, 16 March 2025
This page has been proofread
"बेपारीलाई कामको भीड फुर्सद पाएन,
लेखूँला भन्दै भुलेको होला त्यसैले आएन,
वनको बाटो डाँडा र काँडा, टाढा भै आएन ।"[✺ 1]
(मदनलाई बाटामा हैजा लाग्छ)
"नछोड मेरा हे साथीभाइ ! वनमा मलाई,
काग र गिद्धहरूको पापी शिकार बनाई,
घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्,
चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन्,
हे मेरा साथी ! हे मेरा भाइ ! म अझ मर्दिनँ,
कालको साथ लडेर उठ्छु वनमा मर्दिनँ,
- ↑ ✺'नमान पीर बुहारी मेरी ! पीरले सुहाएन'
'तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ;
शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ;
खराब कुरा नसोच्नू भन्छन् अफाल्दा फर्किन्छ
मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ,
हजूर ! आँखिभौँ फड्किन्छ ।
हजूर हाम्रो अबला चोला आधार हुँदा दूर,
सुकेको पात झैँ शीतको बेला,
हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर,
मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी
उडूँ कि बसूँ सरि छ जीवन-हाँगामा फर्फरी
हिमाललाई हेर्यो मन चीसो हुन्छ पर्वत हेर्यो नीर,
हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ?
हजूर ! के गरी रहूँ थिर ?'
'नमान पीर बुहारी मेरी ! असलै हुनेछ,
फूल झैँ छोयौँ संसार हाम्ले,
न मान्छे न त दैवले हाम्लाई काँडाले छुनेछ ।'