Jump to content

Page:Champa.pdf/40: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मसँग कुरा गरिरहनको सल्लाह नि यताउपर चिन्तित छन् ।
मसँग कुरा गरिरहनको सल्लाह नियताउपर चिन्तित छन् ।"


यी विचारले चम्पा तुरुन्त ढोकाको पल्याँटो उघारेर खुरुक्क
यी विचारले चम्पा तुरुन्त ढोकाको फग्ल्याँटो उघारेर खरुक्क
बाहिर निस्किहालिन्, जस्तो ती युवतिहरू गर्दछन् जो स्वामीलाई  
बाहिर निस्किहालिन्, जस्तो ती युवतीहरु गर्दछन् जो स्वामीलाई  
कहिले कहिले निराश पार्न या कज्याउन चाहन्छन् ।
कहिले–कहिले निराश पार्न या कज्याउन चाहन्छन् ।


"ए ! ए !! चम्पा !!!" सचेत रामकान्तले गालीको टोनले बोलाए-
"ए ! ए चम्पा !" सचेत रामकान्तले गालीको टोनले बोलाए–
मानो टेबिलको मसलादार तरुवा माछो टिपेर हिँडेको बिरालालाई
मानौं टेबिलको मसलदार तरुवा माछो टिपेर हिंडेको बिरालोलाई
हप्काएझैँ । तब उनी फेरि गौडदार बने ।
हप्काए झैं, तब उनी फेरि गौडदार बने ।


बैँस मिठो मूर्ति हुन्छ । सौन्दर्य एक विचित्र गुण हो  
"बैंस मिठो मूर्ति हुन्छ । सौन्दर्य एक विचित्र गुण हो
तर मेरो अवस्था खराब छ । हुन त आमाले भन्नुभएको कुरा  
तर मेरो अवस्था खराब छ । हुनत आमाले भन्नुभएको कुरा  
बेमुनासीब होइन । ब्रह्मचर्यको पालन । त्यसैमा ऋषिमुनि र धर्मको  
बेमुनासीब होइन— ब्रह्मचर्यपालन । त्यसैमा ऋषिमुनि र धर्मको  
जोड छ । तर, तर ती चम्पा ! त्यति राम्री, त्यति सुकुमारी ! त्यति फुकेकी,  
जोड छ । तर, तर ती चम्पा त्यति राम्री, त्यति सुकुमारी, त्यति फुकेकी,  
फुलेकी, त्यति ललित र त्यति लाल । मानो उनको पुष्पसदृश विकाशमा
फुलेकी, त्यति ललित र त्यति लाल । मानौं उनको पुष्पसदृश विकासमा
केवल माहुरी र भँवराको खोजीको सिवाय नक्कलझक्कल नै थिएन ।  
केवल माहुरी र भँवराको खोजको सिवाय नक्कल–झक्कल नै थिएन ।  
पोसाक उनको सँगी थियो । राम्रो हुनु उनको धर्म शृङ्गार उनको कला,  
पोशाक उनको संगी थियो । राम्रो हसनस धर्म, शृङ्गार उनको कला,  
आकर्षण उनको जीवन । मानो प्रत्येक स्नायु रमरमाएर बोल्दथ्यो
आकर्षण उनको जीवन । मानौं प्रत्येक स्नायु रमरमाएर बोल्दथ्यो,
जीवन ! ….. जीवन ! प्रेममय जीवन !"
"जीवन ! जीवन ! प्रेममय जीवन !"


यदि उनी मरेका भए ? बिलकुल सिलटिम्मुर खाएका भए ? यस
यदि उनी मरेका भए ? बिलकुल सिलटिम्मुर खाएका भए ? त्यस
वेलासम्म चम्पा सेती मैली गोधूलि र आँसुकी तारा हुँदी हुन् ।  
बेलासम्म चम्पा सेती, मैली, गोधूलि र आँशुकी तारा हुँदी हुन् ।  
उनका इन्द्रेनीका सातै रङ्गले त्याग गर्दथे । रातोको हत्यारो  
उनलाई इन्द्रेणीका सातै रङले त्याग गर्दथे । रातोको हत्यारो  
मिठास- मारूँ, मारूँ निलोको मधुर त्रासको गाढापन …….. पहेँलोको
मिठास– मारुँ, मारुँ निलो मधुर त्रासको गाढापन, पहेंलोको
धनी वसन्त, इत्यादि, इत्यादि …….. शृङ्गार जो स्त्रीको आत्मा थियो उनीबाट  
धनी वासन्तिकता, इत्यादि, इत्यादि शृङ्गार जो स्त्रीको आत्मा थियो उनीबाट  
दूर रहन्थे । उनी अधमुर्दा भएर आफ्नो बैँसलाई गिज्याएर  
दूर रहन्थे । उनी अर्धमुर्दा भएर आफ्नो बैंसलाई गिज्याएर  
निन्याउरिन्थिन् । तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे । तिनका  
निन्याउरिन्थिन् । तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे । तिनका  
आँखा निराशले झुक्दथे । तिनका मुन्डाहरू मरेका नागिनझैँ अजिब
आँखा निराशले झुक्दथे । तिनका गुन्डाहरु मरेका नागिनी झैं अजीव
रहन्थे । तिनमा केवल बिजोगको चिसो जिउँदो मर्दो मूर्ति  
रहन्थे । तिनमा केवल विजोगको चिसो जिउँदो मर्दो मूर्ति  
संसारलाई गिज्याउन खडा रहन्थ्यो ।
संसारलाई गिज्याउँन खडा रहन्थ्यो ।


उनले जीवन पुनः प्राप्त गरेका थिए । सुन्दरी चम्पा फेरि  
उनले जीवन पुनः प्राप्त गरेका थिए । सुन्दरी चम्पा फेरि  
बाँचेर फुल्न लागेकी थिइन् तर यस प्रफुल्लतामा उनी आफ्ना
बाँचेर फुल्न लागेकी थिइन् तर यस प्रफुल्लतामा उनी आफूका
निम्ति एक महान् प्रहसन थियो । खै ! तिम्रो पुरुषार्थ ? खै तिम्रो  
निम्ति एक महान् प्रहसन थियो । खै तिम्रो पुरुषार्थ ? खै तिम्रो  
योग्यता, त्यस कर्मका लागि जो प्रजननको पवित्र तथा अविरल कर्मको
योग्यता, त्यस कर्मको लागि जो प्रजननको पवित्र तथा अविरल कर्मको

Revision as of 09:46, 20 June 2025

This page has not been proofread

मसँग कुरा गरिरहनको सल्लाह नियताउपर चिन्तित छन् ।"

यी विचारले चम्पा तुरुन्त ढोकाको फग्ल्याँटो उघारेर खरुक्क बाहिर निस्किहालिन्, जस्तो ती युवतीहरु गर्दछन् जो स्वामीलाई कहिले–कहिले निराश पार्न या कज्याउन चाहन्छन् ।

"ए ! ए चम्पा !" सचेत रामकान्तले गालीको टोनले बोलाए– मानौं टेबिलको मसलदार तरुवा माछो टिपेर हिंडेको बिरालोलाई हप्काए झैं, तब उनी फेरि गौडदार बने ।

"बैंस मिठो मूर्ति हुन्छ । सौन्दर्य एक विचित्र गुण हो । तर मेरो अवस्था खराब छ । हुनत आमाले भन्नुभएको कुरा बेमुनासीब होइन— ब्रह्मचर्यपालन । त्यसैमा ऋषिमुनि र धर्मको जोड छ । तर, तर ती चम्पा त्यति राम्री, त्यति सुकुमारी, त्यति फुकेकी, फुलेकी, त्यति ललित र त्यति लाल । मानौं उनको पुष्पसदृश विकासमा केवल माहुरी र भँवराको खोजको सिवाय नक्कल–झक्कल नै थिएन । पोशाक उनको संगी थियो । राम्रो हसनस धर्म, शृङ्गार उनको कला, आकर्षण उनको जीवन । मानौं प्रत्येक स्नायु रमरमाएर बोल्दथ्यो, "जीवन ! जीवन ! प्रेममय जीवन !"

यदि उनी मरेका भए ? बिलकुल सिलटिम्मुर खाएका भए ? त्यस बेलासम्म चम्पा सेती, मैली, गोधूलि र आँशुकी तारा हुँदी हुन् । उनलाई इन्द्रेणीका सातै रङले त्याग गर्दथे । रातोको हत्यारो मिठास– मारुँ, मारुँ निलो मधुर त्रासको गाढापन, पहेंलोको धनी वासन्तिकता, इत्यादि, इत्यादि शृङ्गार जो स्त्रीको आत्मा थियो उनीबाट दूर रहन्थे । उनी अर्धमुर्दा भएर आफ्नो बैंसलाई गिज्याएर निन्याउरिन्थिन् । तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे । तिनका आँखा निराशले झुक्दथे । तिनका गुन्डाहरु मरेका नागिनी झैं अजीव रहन्थे । तिनमा केवल विजोगको चिसो जिउँदो मर्दो मूर्ति संसारलाई गिज्याउँन खडा रहन्थ्यो ।

उनले जीवन पुनः प्राप्त गरेका थिए । सुन्दरी चम्पा फेरि बाँचेर फुल्न लागेकी थिइन् । तर यस प्रफुल्लतामा उनी आफूका निम्ति एक महान् प्रहसन थियो । खै तिम्रो पुरुषार्थ ? खै तिम्रो योग्यता, त्यस कर्मको लागि जो प्रजननको पवित्र तथा अविरल कर्मको