Jump to content

Page:Champa.pdf/16: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
मानिसहरू कान्तिपुरीको दोसाँधको टिपकारीदार घर सम्झन्छन् ।  
मानिसहरू कान्तिपुरीको दोसाँधको टिपकारीदार घर सम्झन्छन् ।  
मैतीदेवीको फाँट हामीले देखुन्जेल लोभलाग्दो हरियो थियो ।  
मैतीदेवीको फाँट हामीले देखुन्जेल लोभलाग्दो हरियो थियो ।  
पशुपति बुढाको महान् उदरपूर्तिलाई भक्तगणले खडा गरी राखिदिएको  
पशुपति बूढाको महान् उदरपूर्तिलाई भक्तगणले खडा गरी राखिदिएको  
धानबालीको ठुलो फैलावट थियो । पुलदेखि खरीको बोटसम्म  
धानबालीको ठूलो फैलावट थियो । पुलदेखि खरीको बोटसम्म  
वनस्पतिको विस्तृत साम्राज्य निष्कण्टक देखिन्थ्यो । कुन चाहिने राजा  
वनस्पतिको विस्तृत साम्राज्य निष्कण्टक देखिन्थ्यो । कुन चाहिने राजा  
हुन् पशुपतिलाई बराबर बेइज्जत गर्छु भनेर गाली दिँदै आउँथे  
हुन् पशुपतिलाई बराबर बेइज्जत गर्छु भनेर गाली दिँदै आउँथे  
रे र विचित्र बुढा बाबाको प्रभावले तर्सेर हच्केर "बुढो धोबी  
रे र विचित्र बूढा बाबाको प्रभावले तर्सेर हच्केर "बूढो धोबी  
त्यसलाई मैले जान्या छ, पख् भोलिको दिन" भनेर फर्कन्थे भन्ने  
त्यसलाई मैले जान्या छ, पख् भोलिको दिन" भनेर फर्कन्थे भन्ने  
भनाइ छ, जसले रुद्रमती (उत्ताउली, डरलाग्दी, चट्टानकटुवै रुद्रमती)  
भनाइ छ, जसले रुद्रमती (उत्ताउली, डरलाग्दी, चट्टानकटुवी रुद्रमती)  
धोवीखोलाको नामले नेपालमा प्रसिद्ध भइन् रे उनको खाडीमा  
धोबीखोलाको नामले नेपालमा प्रसिद्ध भइन् रे ! उनको खाडीमा  
जलेको उपजदार क्रियाले पशुपतिबाबालाई वेश बाली उमार्ने र  
जलेको उपजदार क्रियाले पशुपतिबाबालाई बेस बाली उमार्ने र  
उपभोग गर्ने सौभाग्य मिलेको थियो । धोबीखोलाले चट्टान काटेर  
उपभोग गर्ने सौभाग्य मिलेको थियो । धोबीखोलाले चट्टान काटेर  
वाणेश्वरको पयर चुम्दै पूर्वपट्टि बडा सुन्दर, विचित्र शिल्पकारी तयार  
बानेश्वरको पयर चुम्दै पूर्वपट्टि बडा सुन्दर, विचित्र शिल्पकारी तयार  
गरेकी छन् । जुनेलीको जाग्रतका दिनमा सौन्दर्यका विहारीहरूको  
गरेकी छन् । जुनेलीको जाग्रतका दिनमा सौन्दर्यका विहारीहरूको  
झल्कने बालुवाको सिताराले झलमलाउँदी वन बगैँचाले सदा  
झल्कने बालुवाको सिताराले झलमलाउँदी वन-बगैँचाले सदा  
लहलहाउँदी निर्मल कलकले धोबीखोलाले पानी-पटाइ तथा जमिन  
लहलहाउँदी निर्मल कलकले धोबीखोलाले पानी पटाइ तथा जमिन  
तयारीको काम यति राम्रो देखाएकी थिइन् कि यो जग्गा अति रमणीय  
तयारीको काम यति राम्रो देखाएकी थिइन् कि यो जग्गा अति रमणीय  
देखिन्थ्यो । भण्डारखालको पशुपतिनन्दनको पश्चिम पर्खालको गेरु  
देखिन्थ्यो । भण्डारखालको पशुपतिनन्दनको पश्चिम पर्खालको गेरु  
घेरामनि विशाल फाँटमा मानव शिल्पकलाले आक्रमण गरेको थिएन ।  
घेरामनि विशाल फाँटमा मानव शिल्प-कलाले आक्रमण गरेको थिएन ।  
केवल सरकारतर्फबाट बिरुवा लगाइएको इँटघेराले सिँगारिएको  
केवल सरकारतर्फबाट बिरुवा लगाइएको, इँट घेराले सिँगारिएको  
मैतीदेवीको मूल सडकले मात्र खाडीको विशाल वक्षस्थलबिचमा
मैतीदेवीको मूल सडकले मात्र यस खाडीको विशाल वक्षस्थल बिचमा
चिरेको थियो ।
चिरेको थियो ।


तर अब यस समयमा (जसको हामी उल्लेख गरिरहेछौँ) यस  
तर अब यस समयमा (जसको हामी उल्लेख गरिरहेछौँ) यस  
फाँटका किनारामा मानवको कृत्रिम सभ्यताले इँटका ढेरीले आक्रमण
फाँटका किनारामा मानवको कृत्रिम सभ्यताले इँटका ढेरीले आक्रमण

Latest revision as of 16:49, 11 June 2025

This page has been proofread
अध्याय २

कान्तिपुरको जनसङ्ख्या विचित्र तवरले बढिरहेछ । विदेशीको त्रासलाई उनले गढी राखिदिएकी छन् । स्वदेशीतर्फबाट पहाडमा जीवन र उपार्जनको प्रयोग हुन्छ । जब पहाडी प्रयोग सफल भएर मोटाउँछ, मानिसहरू कान्तिपुरीको दोसाँधको टिपकारीदार घर सम्झन्छन् । मैतीदेवीको फाँट हामीले देखुन्जेल लोभलाग्दो हरियो थियो । पशुपति बूढाको महान् उदरपूर्तिलाई भक्तगणले खडा गरी राखिदिएको धानबालीको ठूलो फैलावट थियो । पुलदेखि खरीको बोटसम्म वनस्पतिको विस्तृत साम्राज्य निष्कण्टक देखिन्थ्यो । कुन चाहिने राजा हुन् पशुपतिलाई बराबर बेइज्जत गर्छु भनेर गाली दिँदै आउँथे रे र विचित्र बूढा बाबाको प्रभावले तर्सेर हच्केर "बूढो धोबी त्यसलाई मैले जान्या छ, पख् भोलिको दिन" भनेर फर्कन्थे भन्ने भनाइ छ, जसले रुद्रमती (उत्ताउली, डरलाग्दी, चट्टानकटुवी रुद्रमती) धोबीखोलाको नामले नेपालमा प्रसिद्ध भइन् रे ! उनको खाडीमा जलेको उपजदार क्रियाले पशुपतिबाबालाई बेस बाली उमार्ने र उपभोग गर्ने सौभाग्य मिलेको थियो । धोबीखोलाले चट्टान काटेर बानेश्वरको पयर चुम्दै पूर्वपट्टि बडा सुन्दर, विचित्र शिल्पकारी तयार गरेकी छन् । जुनेलीको जाग्रतका दिनमा सौन्दर्यका विहारीहरूको झल्कने बालुवाको सिताराले झलमलाउँदी वन-बगैँचाले सदा लहलहाउँदी निर्मल कलकले धोबीखोलाले पानी पटाइ तथा जमिन तयारीको काम यति राम्रो देखाएकी थिइन् कि यो जग्गा अति रमणीय देखिन्थ्यो । भण्डारखालको पशुपतिनन्दनको पश्चिम पर्खालको गेरु घेरामनि विशाल फाँटमा मानव शिल्प-कलाले आक्रमण गरेको थिएन । केवल सरकारतर्फबाट बिरुवा लगाइएको, इँट घेराले सिँगारिएको मैतीदेवीको मूल सडकले मात्र यस खाडीको विशाल वक्षस्थल बिचमा चिरेको थियो ।

तर अब यस समयमा (जसको हामी उल्लेख गरिरहेछौँ) यस फाँटका किनारामा मानवको कृत्रिम सभ्यताले इँटका ढेरीले आक्रमण