Page:Sunko bihani.pdf/29: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(४) }} | {{pcn|(४) }} | ||
Line 24: | Line 24: | ||
जसै म संझीकन ध्यान-द्वारा | जसै म संझीकन ध्यान-द्वारा | ||
खडा गरी लिन्छु स्वरूप सारा ॥ | खडा गरी लिन्छु स्वरूप सारा ॥ | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:43, 18 April 2025
This page has been proofread
(४)
नीलो कचौरासरिको अकाश
घोप्ट्याइएको रस भर्न खास ।
के त्यो उज्यालो जुन झर्छ याहाँ ?
हो स्वर्गको अमृत खास याहाँ ॥
(५)
अत्यन्त राम्रो दुनियाँ छ सारा
जुहार जस्ता झलमल्ल तारा ।
बयान केही नहुनेछ फूल
छ टाँगिएको झलमल्ल फूल ॥
(६)
बनाउने यो दुनियाँ अपार
राम्रो असंख्यै हुनुपर्छ क्या र ?
कस्तो छ राम्रो सब कारखाना
कस्तो हुँदो हो दिलमा खजाना ॥
(७)
मलाइ आँखाभर हुन्छ आँसु
सरर्र भै आउँछ अंग मासु ।
जसै म संझीकन ध्यान-द्वारा
खडा गरी लिन्छु स्वरूप सारा ॥