Page:Munamadan.pdf/45: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न, | "हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न, | ||
ती निकी भइन् निरोगी भइन्, औषधि चाहिन्न | ती निकी भइन् निरोगी भइन्, औषधि चाहिन्न" | ||
हे प्यारा भाइ ! म हेर्न जान्थेँ, बाटो नै पाइन्न ! | "हे प्यारा भाइ ! म हेर्न जान्थेँ, बाटो नै पाइन्न !" | ||
"ती निकी भए आउन्नन् किन ? यो मेरो अवस्था !" | |||
"खोज्दिहुन् तिनी आउन भाई ! पाउन्नन् ती रस्ता ।" | |||
"गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ ?" | |||
"बादलपारि, उज्यालो भारी मुलुक जहाँ छ !" | |||
"हे मेरी दिदी ! हे मेरी दिदी ! मुना छिन् ? भन न, | |||
ती मुना मेरी पृथिवीमाथि अझ छिन् भन न ! | ती मुना मेरी पृथिवीमाथि अझ छिन् ? भन न ! | ||
मुना, अझ छिन् भन न ! | ::::मुना, अझ छिन् ? भन न !" | ||
"पृथिवीवारि पृथिवीपारि ती मुना अझ छिन्, | |||
फूलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा | फूलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा चम्कन्छिन् । | ||
कोइलीकण्ठ बोल्दछ तिन्को, आँखा छ उज्यालो, | कोइलीकण्ठ बोल्दछ तिन्को, आँखा छ उज्यालो, | ||
शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो ! | शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो !" | ||
"मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छिन् ? भन न ! | |||
मावलभित्र छिन् मेरी मुना, आउँछिन् | मावलभित्र छिन् मेरी मुना, आउँछिन् ? भन न ! | ||
आशाकी जरा, मनकी चरा, मुना छिन् ? भन न ! | |||
आशाकी जरा, मनकी चरा, मुना छिन् भन न ! | ::::कुन दिन दिदी ! आउँछिन् ? भन न !" | ||
कुन दिन दिदी ! आउँछिन् भन न | "हे मेरा भाइ ! ती मुना छैनन् पृथिवीवारिमा, | ||
दुःखको लेश नहुने देश कल्पनापारिमा ! | |||
दुःखको लेश नहुने देश कल्पनापारिमा | टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा ।" | ||
टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा । | "निठुरी दिदी ! निठुरी दिदी !! मार्यौ नि मलाई !!! | ||
आशाको फूल यतिका दिन आँखामा झुलाई, | आशाको फूल यतिका दिन आँखामा झुलाई, | ||
कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई, | कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई, |
Revision as of 02:10, 16 March 2025
"हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न,
ती निकी भइन् निरोगी भइन्, औषधि चाहिन्न"
"हे प्यारा भाइ ! म हेर्न जान्थेँ, बाटो नै पाइन्न !"
"ती निकी भए आउन्नन् किन ? यो मेरो अवस्था !"
"खोज्दिहुन् तिनी आउन भाई ! पाउन्नन् ती रस्ता ।"
"गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ ?"
"बादलपारि, उज्यालो भारी मुलुक जहाँ छ !"
"हे मेरी दिदी ! हे मेरी दिदी ! मुना छिन् ? भन न,
ती मुना मेरी पृथिवीमाथि अझ छिन् ? भन न !
मुना, अझ छिन् ? भन न !"
"पृथिवीवारि पृथिवीपारि ती मुना अझ छिन्,
फूलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा चम्कन्छिन् ।
कोइलीकण्ठ बोल्दछ तिन्को, आँखा छ उज्यालो,
शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो !"
"मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छिन् ? भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् ? भन न !
आशाकी जरा, मनकी चरा, मुना छिन् ? भन न !
कुन दिन दिदी ! आउँछिन् ? भन न !"
"हे मेरा भाइ ! ती मुना छैनन् पृथिवीवारिमा,
दुःखको लेश नहुने देश कल्पनापारिमा !
टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा ।"
"निठुरी दिदी ! निठुरी दिदी !! मार्यौ नि मलाई !!!
आशाको फूल यतिका दिन आँखामा झुलाई,
कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई,
हे मेरी मुना ! हे मेरी मुना !! छाडेर गयौ नि !!!
पूजाकी मन्दिर, प्राणकी जञ्जीर तिमी नै थियौ नि !