Page:Munamadan.pdf/28: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
यो घाँटी सुक्यो; यो छाती पोल्यो; यो आँसु पुछन, | |||
अझ छ सास, अझ छ आस, यो दर्द बुझन । | |||
आशिष देलिन् ती बूढी आमा मलाई बचाओ ! | |||
मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो । | |||
यो घाँटी सुक्यो म पानी खान्नँ ! बिझायो यो घाँस, | |||
घाँसको चोसा दयाले मर्छ; आँसुले पियास !' | |||
'के गर्छौ भाइ ! टाढाको घर बाटाको जङ्गल, | |||
यो हैजा हाम्ले कुर्हेर बसे हुँदैन मङ्गल । | |||
औषधिमूलो साथमा छैन यो माझ वनमा | |||
ईश्वर सम्झी ईरश्वरै सम्झी रहे है मनमा । | |||
घर र बार सबैले छाडी जानु त पर्दछ, | |||
अन्त्यको बेला ईश्वर सम्झे संसार तर्दछ ।' | |||
हातले टेकी मदन उठे ती साथी गएछन् | |||
पश्चिमतिर दिनका आँखा रगतमा डुबेछन् । | |||
वनमा फीका अँध्यारो चढ्यो, हावा नै निदायो | |||
पन्छीले सारा बोल्न नै छाडे, जाडोले सतायो । | |||
दुर्दशा त्यस्तो, निठुरी सारा जङ्गल पहाड | |||
निठुरी तारा जगतै सारा निठुरी उजाड । | |||
पुर्लुक्क पल्टे घाँसमा फेरि सुस्केरा दिएर, | |||
घरको तस्बीर मनमा उठ्यो झन् गाढा भएर । | |||
'हे मेरी आमा ! मलाई तिमी सम्झँदिहोऊ नि ! | |||
हे मेरी मुना ! मलाई तिमी सम्झँदिहोऊ नि ! | |||
ईश्वर ! ईश्वर !! तँ मात्र मेरो वनमा साथी छस्, | |||
मानिसभित्र ढुङ्गाको दिल तँ देख्ने माथि छस् । | |||
</poem>}} | </poem>}} | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 16:37, 7 March 2025
यो घाँटी सुक्यो; यो छाती पोल्यो; यो आँसु पुछन,
अझ छ सास, अझ छ आस, यो दर्द बुझन ।
आशिष देलिन् ती बूढी आमा मलाई बचाओ !
मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो ।
यो घाँटी सुक्यो म पानी खान्नँ ! बिझायो यो घाँस,
घाँसको चोसा दयाले मर्छ; आँसुले पियास !'
'के गर्छौ भाइ ! टाढाको घर बाटाको जङ्गल,
यो हैजा हाम्ले कुर्हेर बसे हुँदैन मङ्गल ।
औषधिमूलो साथमा छैन यो माझ वनमा
ईश्वर सम्झी ईरश्वरै सम्झी रहे है मनमा ।
घर र बार सबैले छाडी जानु त पर्दछ,
अन्त्यको बेला ईश्वर सम्झे संसार तर्दछ ।'
हातले टेकी मदन उठे ती साथी गएछन्
पश्चिमतिर दिनका आँखा रगतमा डुबेछन् ।
वनमा फीका अँध्यारो चढ्यो, हावा नै निदायो
पन्छीले सारा बोल्न नै छाडे, जाडोले सतायो ।
दुर्दशा त्यस्तो, निठुरी सारा जङ्गल पहाड
निठुरी तारा जगतै सारा निठुरी उजाड ।
पुर्लुक्क पल्टे घाँसमा फेरि सुस्केरा दिएर,
घरको तस्बीर मनमा उठ्यो झन् गाढा भएर ।
'हे मेरी आमा ! मलाई तिमी सम्झँदिहोऊ नि !
हे मेरी मुना ! मलाई तिमी सम्झँदिहोऊ नि !
ईश्वर ! ईश्वर !! तँ मात्र मेरो वनमा साथी छस्,
मानिसभित्र ढुङ्गाको दिल तँ देख्ने माथि छस् ।