Jump to content

Page:Munamadan.pdf/25: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 25: Line 25:
दमको व्यथा निमन भयो भाग्य नै बनिगो,
दमको व्यथा निमन भयो भाग्य नै बनिगो,
आफूले उनले चिताएभन्दा रास थियो सुनको,
आफूले उनले चिताएभन्दा रास थियो सुनको,
नेपाल फर्की जानै भो इच्छा अब ता उनको
नेपाल फर्की जानै भो इच्छा अब ता उनको</ref>
</ref>
</poem>}}
</poem>}}
<noinclude>
<noinclude>
{{center block|
{{center block|

Revision as of 16:00, 7 March 2025

This page has not been proofread

बसेको बस्यै घरमा पुगे आमा छन् बिरामी,
मुनाका आँखा रोएर ठूला, नयन बदामी,
लाम्चिला, ठूला नयन बदामी !
घ्याङ्घुङे घण्टा गुम्बामा बज्यो, बादल झुम्मियो,
पहाडमनि पहाडी छाया साँझमा लम्बियो ।
बतास चीसो चम्केर आयो मनको तन्द्रामा,
उठेर देखे भेडाको भुवा ओढेका चन्द्रमा ।
उदासी जून, फिकामा गए मदन डेरामा,
ती आमा नाचिन्, ती मुना नाचिन् आँखाको घेरामा ।
त्यो रात त्यसै छर्लङ्ग गयो, ओछयान बिझायो,
छातीमा केले थिचे झैँ लाग्यो आकाश रछायो ।[✪ 1]


  1. ✪छबीस दिन उज्याला पङ्खी हिमालमा ब्यूँझेर
    पश्चिमी सुनको सागरपारि गएछन् उडेर
    गोसाइाकुण्डको धेरै नै पानी गङ्गामा बग्यो हो,
    ह्लासाको जादू घरले जित्यो
    नेपाल-खाडी निर-किल्लाभित्र स्वप्नमा अड्यो हो,
    साहुका साथ सिकेर किल्ली बेपारमा चलेथे
    तीन मैना चल्दा क्यै गुठिल जम्मा भएर फुलेथे
    कस्तुरी असल बिनाका बिना बटुली सह्यारे
    शिलाजित बूटी उत्तम केही बटुले त्यहाँ रे
    सुनका माल प्रशस्तै मिले लगाउँदा लगानी
    आफूलाई चाहिनेसम्मको धन कमाए त्यहाँ नि !
    ओखती केही लगेका थिए एक लामा धनीको,
    दमको व्यथा निमन भयो भाग्य नै बनिगो,
    आफूले उनले चिताएभन्दा रास थियो सुनको,
    नेपाल फर्की जानै भो इच्छा अब ता उनको