Jump to content

Page:Laxmi nibandhasangraha.pdf/65: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अविरल झरझरको सङ्गीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि  
अविरल झरझरको संहीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि  
सङ्घर्षविकृत मानवहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ  
संघर्षविकृत मानवहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ  
पाइन्छन् । यी पातहरू सब हरिया भाव बन्दै छन्, यी सरसर हृदयमा  
पाइन्छन् । यी पातहरू सब हरिया भाव बन्दैछन्, यी सरसर हृदयमा  
दगुर्दैछन् ।
दगुर्दैछन् ।


तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको  
तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको  
श्वासमा थियो, पहाडहरूको निलो रङ्गमा प्रकृतिको प्रचुर उदारतामा  
श्वासमा थियो, पहाडहरूको निलो रंगमा प्रकृतिको प्रचुर उदारतामा  
अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र  
अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र  
अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य  
अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य  
भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म  
भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म  
यसको मार्मिक अंश बनेर ब्युँझेको थिएँ, यसको तातो-रातो गुलाबी  
यसको मार्मिक अंश बनेर ब्युूझेको थिएँ, यसको तातो-रातो गुलाबी  
कलिलो चैतन्य । जब पहाडको पिपलको गानादार बोटमनि म बसुँ, तब  
कलिलो चैतन्य । जब पहाडको पीपलको गानादार बोटमनि म बसूँ, तब  
मलाई विशालको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर  
मलाई विशालताको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर  
एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु,  
एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु,  
‘आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्‍यो विशालभन्दा  
'आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्‍यो विशालभन्दा  
ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।’
ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।'


जति भए पनि आफ्नो मातृभूमि जस्तो ठुलो चिज दुनियाँमा केही  
जति भए पनि आफ्नो मातृभूमि जस्तो ठूलो चीज दुनियाँमा केही  
हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिँदो रहेछ- जस्तो  
हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिंदो रहेछ–जस्तो  
घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति  
घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति  
रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि  
रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि  
विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरू  
विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरू  
थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको  
थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको  
अनन्त दूर कुनामा अहिले भएको भए ‘तँ को होस् ?भन्ने कुनै भ्रमणप्रिय  
अनन्त दूर कुनामा अहिले भएको भए 'तँ को होस् ?' भन्ने कुनै भ्रमणप्रिय  
गन्धर्वको प्रश्नलाई म उत्त दिन्थेँ- ‘नेपाल’, मृत्यु स्वर्गबाट ओर्लँदा ‘तँ
गन्धर्वको प्रश्नलाई म उत्तर दिन्थें– 'नेपाल', मृत्यु स्वर्गबाट ओर्लदा 'तँ
के चाहन्छस् ?को प्रश्नलाई पनि म प्रत्युत्त दिन्थेँ, ‘नेपालको भलाइ !
के चाहन्छस् ?' को प्रश्नलाई पनि म प्रत्युत्तर दिन्थें, 'नेपालको भलाइ !'
अरु मुक्ति खोजुन, स्वर्गपछि दौडुन्, म खोज्छु नेपालको तर्फ अविरल  
अरु मुक्ति खोजून, स्वर्गपछि दौडून्, म खोज्छु नेपालको तर्फ अविरल  
शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु  
शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु  
देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हिरा कहाँ छ र  
देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हीरा कहाँ छ र  
उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म  
उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म  
भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक  
भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक  
विशाल युगसम्म आध्यात्मिक पोषण पुर्‍याउन सक्तछ । अरुका श्रीपेच  
विशाल युगसम्म आध्यात्मिक पोषण पुर्याउन सक्तछ । अरूका श्रीपेच  
शिरमा रहुन्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।
शिरमा रहून्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।
{{nop}}
{{nop}}

Latest revision as of 23:21, 13 February 2025

This page has been proofread

अविरल झरझरको संहीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि संघर्षविकृत मानवहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ पाइन्छन् । यी पातहरू सब हरिया भाव बन्दैछन्, यी सरसर हृदयमा दगुर्दैछन् ।

तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको श्वासमा थियो, पहाडहरूको निलो रंगमा प्रकृतिको प्रचुर उदारतामा अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म यसको मार्मिक अंश बनेर ब्युूझेको थिएँ, यसको तातो-रातो गुलाबी कलिलो चैतन्य । जब पहाडको पीपलको गानादार बोटमनि म बसूँ, तब मलाई विशालताको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु, 'आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्‍यो विशालभन्दा ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।'

जति भए पनि आफ्नो मातृभूमि जस्तो ठूलो चीज दुनियाँमा केही हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिंदो रहेछ–जस्तो घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरू थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए 'तँ को होस् ?' भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्तर दिन्थें– 'नेपाल', मृत्यु स्वर्गबाट ओर्लदा 'तँ के चाहन्छस् ?' को प्रश्नलाई पनि म प्रत्युत्तर दिन्थें, 'नेपालको भलाइ !' अरु मुक्ति खोजून, स्वर्गपछि दौडून्, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हीरा कहाँ छ र उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पुर्याउन सक्तछ । अरूका श्रीपेच शिरमा रहून्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।