Page:Munamadan.pdf/47: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
'हे मेरी दिदी ! सम्झेर आयो यो छाती चिरिन्छ, | |||
यो तातो घाउ नूनले पोल्छ झन् आँखा भरिन्छ ! | |||
दिदी ! झन् आँखा भरिन्छ ! | |||
मुनाको बोली, लाग्दछ गोली ! सम्झन्छ मनले, | |||
क्या मीठोसँग सम्झाई भन्थिन् 'के गर्नु धनले ?' | |||
गलामा लाग्यो, मुटुमा घुस्यो अमृत-वचन, | |||
'साग र सिस्नु खाएको बेस आनन्दी मनले !' | |||
बसालिहाल्यो दैवको घनले ! | |||
ईश्वर ! तैँले रचेर फेरि कसरी बिगारिस् ? | |||
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ? | |||
त्यो फूल हरे ! मलाई दिई कसरी पछारिस् ? | |||
हे दिदी ! मैले ती मुना देख्ता, मुनाको मुहार, | |||
ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार ! | |||
मुना ! छातीको जुहार ! | |||
पृथिवीतिर नहेर मुना ! म पनि आउँछु | |||
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु, | |||
प्रेमको हीरा छुटेको तल, म लिई आउँछु । | |||
कसरी खायो आगोले दिदी कमलको शरीर ? | |||
कसरी खायो निठुरी भई कमलको शरीर ? | |||
म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँ ! | |||
खरानी तिनको मलाई द्यौन, छातीमा लगाऊँ ! | |||
हे मेरी आमा ! हे मेरी मुना !! म यहाँ बस्तिनँ, | |||
म यहाँ अब बस्तिाँ आमा ! म यहाँ बस्तिनँ, | |||
म यहाँ अब बस्तिनँ मुना ! म यहाँ बस्तिनँ, | |||
'हे मेरा भाइ ! ती तिम्री मुना मरेकी छैनन् ती, | |||
ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती, | |||
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती !' | |||
</poem>}} | |||
{{stanza continue}} |
Revision as of 17:05, 7 March 2025
'हे मेरी दिदी ! सम्झेर आयो यो छाती चिरिन्छ,
यो तातो घाउ नूनले पोल्छ झन् आँखा भरिन्छ !
दिदी ! झन् आँखा भरिन्छ !
मुनाको बोली, लाग्दछ गोली ! सम्झन्छ मनले,
क्या मीठोसँग सम्झाई भन्थिन् 'के गर्नु धनले ?'
गलामा लाग्यो, मुटुमा घुस्यो अमृत-वचन,
'साग र सिस्नु खाएको बेस आनन्दी मनले !'
बसालिहाल्यो दैवको घनले !
ईश्वर ! तैँले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?
त्यो फूल हरे ! मलाई दिई कसरी पछारिस् ?
हे दिदी ! मैले ती मुना देख्ता, मुनाको मुहार,
ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार !
मुना ! छातीको जुहार !
पृथिवीतिर नहेर मुना ! म पनि आउँछु
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु,
प्रेमको हीरा छुटेको तल, म लिई आउँछु ।
कसरी खायो आगोले दिदी कमलको शरीर ?
कसरी खायो निठुरी भई कमलको शरीर ?
म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँ !
खरानी तिनको मलाई द्यौन, छातीमा लगाऊँ !
हे मेरी आमा ! हे मेरी मुना !! म यहाँ बस्तिनँ,
म यहाँ अब बस्तिाँ आमा ! म यहाँ बस्तिनँ,
म यहाँ अब बस्तिनँ मुना ! म यहाँ बस्तिनँ,
'हे मेरा भाइ ! ती तिम्री मुना मरेकी छैनन् ती,
ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती,
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती !'