Page:Munamadan.pdf/45: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न, | |||
ती निकी भइन् निरोगी भइन्, औषधि चाहिन्न ! | |||
हे प्यारा भाइ ! म हेर्न जान्थेँ, बाटो नै पाइन्न !' | |||
'ती निकी भए आउन्नन् किन ? यो मेरो अवस्था !' | |||
'खोज्दिहुन् तिनी आउनलाई ! पाउन्नन् ती रस्ता ।' | |||
'गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ ?' | |||
'बादलपारि, उज्यालो भारी मुलुक जहाँ छ !' | |||
'हे मेरी दिदी ! हे मेरी दिदी ! मुना छिन् भन न, | |||
ती मुना मेरी पृथिवीमाथि अझ छिन् भन न ! | |||
मुना, अझ छिन् भन न ! | |||
'पृथिवीवारि पृथिवीपारि ती मुना अझ छिन्, | |||
फूलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा चम्किन्छिन् । | |||
कोइलीकण्ठ बोल्दछ तिन्को, आँखा छ उज्यालो, | |||
शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो !' | |||
'मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छिन् भन न ! | |||
मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न ! | |||
मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न ! | |||
आशाकी जरा, मनकी चरा, मुना छिन् भन न ! | |||
कुन दिन दिदी ! आउँछिन् भन न ?' | |||
'हे मेरा भाइ ! ती मुना छैनन् !! पृथिवीवारिमा, | |||
दुःखको लेश नहुने देश कल्पनापारिमा, | |||
टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा ।' | |||
'निठुरी दिदी ! निठुरी दिदी !! मार्यौ नि मलाई !!! | |||
आशाको फूल यतिका दिन आँखामा झुलाई, | |||
कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई, | |||
हे मेरी मुना ! हे मेरी मुना !! छाडेर गयौ नि !!! | |||
पूजाकी मन्दिर, प्राणकी जञ्जीर तिमी नै थियौ नि ! | |||
</poem>}} | |||
{{stanza continue}} |
Revision as of 17:04, 7 March 2025
हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न,
ती निकी भइन् निरोगी भइन्, औषधि चाहिन्न !
हे प्यारा भाइ ! म हेर्न जान्थेँ, बाटो नै पाइन्न !'
'ती निकी भए आउन्नन् किन ? यो मेरो अवस्था !'
'खोज्दिहुन् तिनी आउनलाई ! पाउन्नन् ती रस्ता ।'
'गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ ?'
'बादलपारि, उज्यालो भारी मुलुक जहाँ छ !'
'हे मेरी दिदी ! हे मेरी दिदी ! मुना छिन् भन न,
ती मुना मेरी पृथिवीमाथि अझ छिन् भन न !
मुना, अझ छिन् भन न !
'पृथिवीवारि पृथिवीपारि ती मुना अझ छिन्,
फूलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा चम्किन्छिन् ।
कोइलीकण्ठ बोल्दछ तिन्को, आँखा छ उज्यालो,
शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो !'
'मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छिन् भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न !
आशाकी जरा, मनकी चरा, मुना छिन् भन न !
कुन दिन दिदी ! आउँछिन् भन न ?'
'हे मेरा भाइ ! ती मुना छैनन् !! पृथिवीवारिमा,
दुःखको लेश नहुने देश कल्पनापारिमा,
टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा ।'
'निठुरी दिदी ! निठुरी दिदी !! मार्यौ नि मलाई !!!
आशाको फूल यतिका दिन आँखामा झुलाई,
कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई,
हे मेरी मुना ! हे मेरी मुना !! छाडेर गयौ नि !!!
पूजाकी मन्दिर, प्राणकी जञ्जीर तिमी नै थियौ नि !