Page:Champa.pdf/40: Difference between revisions
→Not proofread: Created page with "मसँग कुरा गरिरहनको सल्लाह नि यताउपर चिन्तित छन् । यी विचारले चम्पा तुरुन्त ढोकाको पल्याँटो उघारेर खुरुक्क बाहिर निस्किहालिन्, जस्तो ती युवतिहरू गर्दछन् जो स्वामीलाई कहिले कहिले..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मसँग कुरा गरिरहनको सल्लाह नि यताउपर चिन्तित छन् । | मसँग कुरा गरिरहनको सल्लाह नि यताउपर चिन्तित छन् । | ||
यी विचारले चम्पा तुरुन्त ढोकाको पल्याँटो उघारेर खुरुक्क बाहिर निस्किहालिन्, जस्तो ती युवतिहरू गर्दछन् जो स्वामीलाई कहिले कहिले निराश पार्न या कज्याउन चाहन्छन् । | यी विचारले चम्पा तुरुन्त ढोकाको पल्याँटो उघारेर खुरुक्क | ||
बाहिर निस्किहालिन्, जस्तो ती युवतिहरू गर्दछन् जो स्वामीलाई | |||
कहिले कहिले निराश पार्न या कज्याउन चाहन्छन् । | |||
"ए ! ए !! चम्पा !!!" सचेत रामकान्तले गालीको टोनले बोलाए- मानो टेबिलको मसलादार तरुवा माछो टिपेर हिँडेको बिरालालाई हप्काएझैँ । तब उनी फेरि गौडदार बने । | "ए ! ए !! चम्पा !!!" सचेत रामकान्तले गालीको टोनले बोलाए- | ||
मानो टेबिलको मसलादार तरुवा माछो टिपेर हिँडेको बिरालालाई | |||
हप्काएझैँ । तब उनी फेरि गौडदार बने । | |||
बैँस मिठो मूर्ति हुन्छ । सौन्दर्य एक विचित्र गुण हो तर मेरो अवस्था खराब छ । हुन त आमाले भन्नुभएको कुरा बेमुनासीब होइन । ब्रह्मचर्यको पालन । त्यसैमा ऋषिमुनि र धर्मको जोड छ । तर, तर ती चम्पा ! त्यति राम्री, त्यति सुकुमारी ! त्यति फुकेकी, फुलेकी, त्यति ललित र त्यति लाल । मानो उनको पुष्पसदृश विकाशमा केवल माहुरी र भँवराको खोजीको सिवाय नक्कलझक्कल नै थिएन । पोसाक उनको सँगी थियो । राम्रो हुनु उनको धर्म । शृङ्गार उनको कला, आकर्षण उनको जीवन । मानो प्रत्येक स्नायु रमरमाएर बोल्दथ्यो … जीवन ! ….. जीवन ! प्रेममय जीवन !" | बैँस मिठो मूर्ति हुन्छ । सौन्दर्य एक विचित्र गुण हो | ||
तर मेरो अवस्था खराब छ । हुन त आमाले भन्नुभएको कुरा | |||
बेमुनासीब होइन । ब्रह्मचर्यको पालन । त्यसैमा ऋषिमुनि र धर्मको | |||
जोड छ । तर, तर ती चम्पा ! त्यति राम्री, त्यति सुकुमारी ! त्यति फुकेकी, | |||
फुलेकी, त्यति ललित र त्यति लाल । मानो उनको पुष्पसदृश विकाशमा | |||
केवल माहुरी र भँवराको खोजीको सिवाय नक्कलझक्कल नै थिएन । | |||
पोसाक उनको सँगी थियो । राम्रो हुनु उनको धर्म । शृङ्गार उनको कला, | |||
आकर्षण उनको जीवन । मानो प्रत्येक स्नायु रमरमाएर बोल्दथ्यो … | |||
जीवन ! ….. जीवन ! प्रेममय जीवन !" | |||
यदि उनी मरेका भए ? बिलकुल सिलटिम्मुर खाएका भए ? यस वेलासम्म चम्पा सेती मैली गोधूलि र आँसुकी तारा हुँदी हुन् । उनका इन्द्रेनीका सातै रङ्गले त्याग गर्दथे । रातोको हत्यारो मिठास- मारूँ, मारूँ निलोको मधुर त्रासको गाढापन …….. पहेँलोको धनी वसन्त, इत्यादि, इत्यादि …….. शृङ्गार जो स्त्रीको आत्मा थियो उनीबाट दूर रहन्थे । उनी अधमुर्दा भएर आफ्नो बैँसलाई गिज्याएर निन्याउरिन्थिन् । तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे । तिनका आँखा निराशले झुक्दथे । तिनका मुन्डाहरू मरेका नागिनझैँ अजिब रहन्थे । तिनमा केवल बिजोगको चिसो जिउँदो मर्दो मूर्ति संसारलाई गिज्याउन खडा रहन्थ्यो । | यदि उनी मरेका भए ? बिलकुल सिलटिम्मुर खाएका भए ? यस | ||
वेलासम्म चम्पा सेती मैली गोधूलि र आँसुकी तारा हुँदी हुन् । | |||
उनका इन्द्रेनीका सातै रङ्गले त्याग गर्दथे । रातोको हत्यारो | |||
मिठास- मारूँ, मारूँ निलोको मधुर त्रासको गाढापन …….. पहेँलोको | |||
धनी वसन्त, इत्यादि, इत्यादि …….. शृङ्गार जो स्त्रीको आत्मा थियो उनीबाट | |||
दूर रहन्थे । उनी अधमुर्दा भएर आफ्नो बैँसलाई गिज्याएर | |||
निन्याउरिन्थिन् । तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे । तिनका | |||
आँखा निराशले झुक्दथे । तिनका मुन्डाहरू मरेका नागिनझैँ अजिब | |||
रहन्थे । तिनमा केवल बिजोगको चिसो जिउँदो मर्दो मूर्ति | |||
संसारलाई गिज्याउन खडा रहन्थ्यो । | |||
उनले जीवन पुनः प्राप्त गरेका थिए । सुन्दरी चम्पा फेरि बाँचेर फुल्न लागेकी थिइन् तर यस प्रफुल्लतामा उनी आफ्ना निम्ति एक महान् प्रहसन थियो । खै ! तिम्रो पुरुषार्थ ? खै तिम्रो योग्यता, त्यस कर्मका लागि जो प्रजननको पवित्र तथा अविरल कर्मको | उनले जीवन पुनः प्राप्त गरेका थिए । सुन्दरी चम्पा फेरि | ||
बाँचेर फुल्न लागेकी थिइन् तर यस प्रफुल्लतामा उनी आफ्ना | |||
निम्ति एक महान् प्रहसन थियो । खै ! तिम्रो पुरुषार्थ ? खै तिम्रो | |||
योग्यता, त्यस कर्मका लागि जो प्रजननको पवित्र तथा अविरल कर्मको |
Revision as of 23:22, 8 March 2025
मसँग कुरा गरिरहनको सल्लाह नि यताउपर चिन्तित छन् ।
यी विचारले चम्पा तुरुन्त ढोकाको पल्याँटो उघारेर खुरुक्क बाहिर निस्किहालिन्, जस्तो ती युवतिहरू गर्दछन् जो स्वामीलाई कहिले कहिले निराश पार्न या कज्याउन चाहन्छन् ।
"ए ! ए !! चम्पा !!!" सचेत रामकान्तले गालीको टोनले बोलाए- मानो टेबिलको मसलादार तरुवा माछो टिपेर हिँडेको बिरालालाई हप्काएझैँ । तब उनी फेरि गौडदार बने ।
बैँस मिठो मूर्ति हुन्छ । सौन्दर्य एक विचित्र गुण हो तर मेरो अवस्था खराब छ । हुन त आमाले भन्नुभएको कुरा बेमुनासीब होइन । ब्रह्मचर्यको पालन । त्यसैमा ऋषिमुनि र धर्मको जोड छ । तर, तर ती चम्पा ! त्यति राम्री, त्यति सुकुमारी ! त्यति फुकेकी, फुलेकी, त्यति ललित र त्यति लाल । मानो उनको पुष्पसदृश विकाशमा केवल माहुरी र भँवराको खोजीको सिवाय नक्कलझक्कल नै थिएन । पोसाक उनको सँगी थियो । राम्रो हुनु उनको धर्म । शृङ्गार उनको कला, आकर्षण उनको जीवन । मानो प्रत्येक स्नायु रमरमाएर बोल्दथ्यो … जीवन ! ….. जीवन ! प्रेममय जीवन !"
यदि उनी मरेका भए ? बिलकुल सिलटिम्मुर खाएका भए ? यस वेलासम्म चम्पा सेती मैली गोधूलि र आँसुकी तारा हुँदी हुन् । उनका इन्द्रेनीका सातै रङ्गले त्याग गर्दथे । रातोको हत्यारो मिठास- मारूँ, मारूँ निलोको मधुर त्रासको गाढापन …….. पहेँलोको धनी वसन्त, इत्यादि, इत्यादि …….. शृङ्गार जो स्त्रीको आत्मा थियो उनीबाट दूर रहन्थे । उनी अधमुर्दा भएर आफ्नो बैँसलाई गिज्याएर निन्याउरिन्थिन् । तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे । तिनका आँखा निराशले झुक्दथे । तिनका मुन्डाहरू मरेका नागिनझैँ अजिब रहन्थे । तिनमा केवल बिजोगको चिसो जिउँदो मर्दो मूर्ति संसारलाई गिज्याउन खडा रहन्थ्यो ।
उनले जीवन पुनः प्राप्त गरेका थिए । सुन्दरी चम्पा फेरि बाँचेर फुल्न लागेकी थिइन् तर यस प्रफुल्लतामा उनी आफ्ना निम्ति एक महान् प्रहसन थियो । खै ! तिम्रो पुरुषार्थ ? खै तिम्रो योग्यता, त्यस कर्मका लागि जो प्रजननको पवित्र तथा अविरल कर्मको