Page:Shakuntala.pdf/146: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
कुसुम तरु खडा झैं फुल्दछन् ठिङ्गरा यी । | कुसुम तरु खडा झैं फुल्दछन् ठिङ्गरा यी । | ||
::शरम पनि नजान्ने जङ्गली क्या बरा | ::शरम पनि नजान्ने जङ्गली क्या बरा यी ॥ | ||
बरु सब गमलामा राख्नु तस्बीर पारी । | बरु सब गमलामा राख्नु तस्बीर पारी । | ||
::युवति | ::युवति सदृस चाला एक नै छैन भारी ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
न त मसित कुनै यी जिस्किए एक ठट्टा । | न त मसित कुनै यी जिस्किए एक ठट्टा । | ||
::न त विपिनविषे यी पाउँछन् एक | ::न त विपिनविषे यी पाउँछन् एक पठ्ठा ॥ | ||
वरिपरि सब सेना देख्दछन् | वरिपरि सब सेना देख्दछन् ज्ञानलट्टा । | ||
::यिनसँग म नबस्ने दूर बस्ने छु छुट्टा ॥ | ::यिनसँग म नबस्ने दूर बस्ने छु छुट्टा ॥ | ||
न त वचन म बोलूँ बन्द पार्नेछु बट्टा । | |||
::बरु वन-मृगिणीको पुच्छरै लाग्नु सट्टा ॥ | ::बरु वन-मृगिणीको पुच्छरै लाग्नु सट्टा ॥ | ||
बरु | बरु कमल फुलेको हेर्नु सौगन्धगट्टा । | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
छि! छि! छि! छि! यिनलाई एक कौडी नमानी । | |||
::हिँड महल उज्यालो | ::हिँड महल उज्यालो दौँतरी, विन्ति जानी ॥ | ||
दहि-महि अमिला छन्, सातु छन् कन्दमूल । | दहि-महि अमिला छन्, सातु छन् कन्दमूल । | ||
::यिनसँग रहनेको पेटमा हुन्छ शूल | ::यिनसँग रहनेको पेटमा हुन्छ शूल ॥" | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
नृपवर तब भन्छन्- | नृपवर तब भन्छन्- "जङ्गली यी प्रसून । | ||
::प्रकृत तवरका छन् पौर-चापल्यहीन ॥ | ::प्रकृत तवरका छन् पौर-चापल्यहीन ॥ | ||
सहज ललितताका छन् लता झैं फुलेका । | सहज ललितताका छन् लता झैं फुलेका । |
Latest revision as of 14:41, 29 April 2025
न सरस नखराले भौं छरीता उचाली ।
नयन मृदुल तिर्छीको इशारा निकाली ॥
चलचल चतुरा छन् स्नेहका चट्ट छाले ।
मुसुमुसु अधरे यी लाज लाम्चा कुनाले ॥
(३४)
कुसुम तरु खडा झैं फुल्दछन् ठिङ्गरा यी ।
शरम पनि नजान्ने जङ्गली क्या बरा यी ॥
बरु सब गमलामा राख्नु तस्बीर पारी ।
युवति सदृस चाला एक नै छैन भारी ॥
(३५)
न त मसित कुनै यी जिस्किए एक ठट्टा ।
न त विपिनविषे यी पाउँछन् एक पठ्ठा ॥
वरिपरि सब सेना देख्दछन् ज्ञानलट्टा ।
यिनसँग म नबस्ने दूर बस्ने छु छुट्टा ॥
न त वचन म बोलूँ बन्द पार्नेछु बट्टा ।
बरु वन-मृगिणीको पुच्छरै लाग्नु सट्टा ॥
बरु कमल फुलेको हेर्नु सौगन्धगट्टा ।
(३६)
छि! छि! छि! छि! यिनलाई एक कौडी नमानी ।
हिँड महल उज्यालो दौँतरी, विन्ति जानी ॥
दहि-महि अमिला छन्, सातु छन् कन्दमूल ।
यिनसँग रहनेको पेटमा हुन्छ शूल ॥"
(३७)
नृपवर तब भन्छन्- "जङ्गली यी प्रसून ।
प्रकृत तवरका छन् पौर-चापल्यहीन ॥
सहज ललितताका छन् लता झैं फुलेका ।
मृदु अधर खुलेका, अङ्ग राम्रा मिलेका ॥
(३८)