Page:Shakuntala.pdf/141: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
उदित रवि उज्यालातुल्य ती सामु आए । | उदित रवि उज्यालातुल्य ती सामु आए । | ||
:: | ::विहगहृदय तृष्णा ती प्रजाको बुझाए ॥ | ||
वन छ जलद जस्तो कीर्तिको रङ्ग फुल्ने । | वन छ जलद जस्तो कीर्तिको रङ्ग फुल्ने । | ||
::दिनभर जुन | ::दिनभर जुन छेक्थ्यो ज्योति भर्ने मुहार ॥ | ||
छविमय छ बनेको मिष्ट मुस्कानदार । | छविमय छ बनेको मिष्ट मुस्कानदार । | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
"अब सब घर जाओ एकलो बस्छु पाई । | |||
::सुखमय वन राम्रो शान्तिको झैं रजाई ॥ | ::सुखमय वन राम्रो शान्तिको झैं रजाई ॥ | ||
मुनिवरहरु | मुनिवरहरु बस्ने यो हरीयो निवास । | ||
::मधुर कुसुम फुल्ने स्वर्गको भावना | ::मधुर कुसुम फुल्ने स्वर्गको भावना छ ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
तप, जपसित बस्दा मोहिनी दिव्य आई । | तप, जपसित बस्दा मोहिनी दिव्य आई । | ||
::हृदयकन छुनेछन् प्रेम झैं | ::हृदयकन छुनेछन् प्रेम झैं मुस्कुराई ॥ | ||
जुन क्राषिहरु खोज्छन् वन्य मीठो विभूति । | जुन क्राषिहरु खोज्छन् वन्य मीठो विभूति । | ||
::नयननिकट बन्छिन् आज मेरी यहीँ | ::नयननिकट बन्छिन् आज मेरी यहीँ ती ॥" | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
विहसित मुख हेर्छन् अर्थले ती सँगीमा । | |||
::अनौठा भट्ट आकारिँदामा ॥ | ::मुखविकृत अनौठा भट्ट आकारिँदामा ॥ | ||
"अब वन वनचारी जङ्गली-प्रेम धारी । | |||
:: | ::द्विजउपर हुँदामा आज रित्तो भकारी ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
वन कुसुम मुसारी कन्द कोक्याउँदाले । | वन कुसुम मुसारी कन्द कोक्याउँदाले । | ||
::उदरकन बटारी ह्वौ वनैया | ::उदरकन बटारी ह्वौ वनैया भिखारी ॥ | ||
म त रहन नसक्ने, लड्डुको ढड्डु भारी । | म त रहन नसक्ने, लड्डुको ढड्डु भारी । | ||
:: | ::शहरतिर हिँडें है हात ठण्डा बटारी ॥" | ||
वचन यति लगाई हिँड्न तम्सेर भन्छ । | वचन यति लगाई हिँड्न तम्सेर भन्छ । | ||
::"महल | ::"महल धन म पाउँ ताजलाई सिँगारी ॥ | ||
रिपुहरु सब धुस्नो पार्छु जूँघा मुसारी | रिपुहरु सब धुस्नो पार्छु जूँघा मुसारी ।" | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
</poem>}} | </poem>}} |
Revision as of 14:13, 29 April 2025
उदित रवि उज्यालातुल्य ती सामु आए ।
विहगहृदय तृष्णा ती प्रजाको बुझाए ॥
वन छ जलद जस्तो कीर्तिको रङ्ग फुल्ने ।
दिनभर जुन छेक्थ्यो ज्योति भर्ने मुहार ॥
छविमय छ बनेको मिष्ट मुस्कानदार ।
(४)
"अब सब घर जाओ एकलो बस्छु पाई ।
सुखमय वन राम्रो शान्तिको झैं रजाई ॥
मुनिवरहरु बस्ने यो हरीयो निवास ।
मधुर कुसुम फुल्ने स्वर्गको भावना छ ॥
(५)
तप, जपसित बस्दा मोहिनी दिव्य आई ।
हृदयकन छुनेछन् प्रेम झैं मुस्कुराई ॥
जुन क्राषिहरु खोज्छन् वन्य मीठो विभूति ।
नयननिकट बन्छिन् आज मेरी यहीँ ती ॥"
(६)
विहसित मुख हेर्छन् अर्थले ती सँगीमा ।
मुखविकृत अनौठा भट्ट आकारिँदामा ॥
"अब वन वनचारी जङ्गली-प्रेम धारी ।
द्विजउपर हुँदामा आज रित्तो भकारी ॥
(७)
वन कुसुम मुसारी कन्द कोक्याउँदाले ।
उदरकन बटारी ह्वौ वनैया भिखारी ॥
म त रहन नसक्ने, लड्डुको ढड्डु भारी ।
शहरतिर हिँडें है हात ठण्डा बटारी ॥"
वचन यति लगाई हिँड्न तम्सेर भन्छ ।
"महल धन म पाउँ ताजलाई सिँगारी ॥
रिपुहरु सब धुस्नो पार्छु जूँघा मुसारी ।"
(८)