Jump to content

Page:Shakuntala.pdf/138: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन्‌ लाजले ।
ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन्‌ लाजले ।
::मानो फूल थुँगा बनी मध्रता झुक्छिन्‌ स्वयं भारले ॥
::मानो फूल थुँगा बनी मधुरता झुक्छिन्‌ स्वयं भारले ॥
नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि ।
नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि ।
::आँखाको रस के कुरङ्गहरुले देखे चरी नन्दन ?
::आँखाको रस के कुरङ्गहरुले देखे चरी नन्दन ?"
{{pcn|(८२)}}
{{pcn|(८२)}}


Line 10: Line 10:
::आँखाले मृदु लाम्चिला सरस ती छेडेर गाली नुहिन्‌ ॥
::आँखाले मृदु लाम्चिला सरस ती छेडेर गाली नुहिन्‌ ॥
मानो सुन्दर छन्‌ स्वरूप अरुका आँखा छली फुल्नको ।
मानो सुन्दर छन्‌ स्वरूप अरुका आँखा छली फुल्नको ।
::आफ्नो सोख लिँदौ थियो शरमको गाली दिँदो नेत्रले ॥
::आफ्नो सोख लिँदो थियो शरमको गाली दिँदो नेत्रले ॥
{{pcn|(८३)}}
{{pcn|(८३)}}


“होवैनन्‌ क्रषिकी सुता तर यिनी, बान्की छ अर्कै ढँग ।
"होवैनन्‌ ऋषिकी सुता तर यिनी, बान्की छ अर्कै ढँग ।
::ओठै छन्‌ उनका प्रवालरँगका क्या पातला पालुवा ॥
::ओठै छन्‌ उनका प्रवालरँगका क्या पातला पालुवा ॥
बोले कोकिलले लिई शरमकेबिर्सिन्छ भाषा भनी ।
बोले कोकिलले लिई शरम के बिर्सिन्छ भाषा भनी ।
::बोलीको टक मात्र सुन्दर दिई ती चल्दछन्‌ वायुमा ?
::बोलीको टक मात्र सुन्दर दिई ती चल्दछन्‌ वायुमा ?"
{{pcn|(८४)}}
{{pcn|(८४)}}


भन्ने शब्द सुनी असह्य हुन गै साम्ने बनी बस्न नै ।
भन्ने शब्द सुनी असह्य हुन गै साम्ने बनी बस्न नै ।
::फर्किन्‌ झट्ट 'कसो गर्छँ' हुन गई बोक्छिन्‌ घडाको जल ॥
::फर्किन्‌ झट्ट 'कसो गरूँ' हुन गई बोक्छिन्‌ घडाको जल ॥
झुक्दी दूर गई प्रफुल्ल बिरुवालाई भिजाईकन ।
झुक्दी दूर गई प्रफुल्ल बिरुवालाई भिजाईकन ।
::सौन्दर्यैसरि झल्किँदो सलिलको भाषा सुनाइन्‌ कल ॥
::सौन्दर्यैसरि झल्किँदो सलिलको भाषा सुनाइन्‌ कल ॥
{{pcn|(८५)}}
{{pcn|(८५)}}


“औंठी दिन्छु म लिन्छ को ? जल त्यहाँ जो निर्दयी क्रूर छ।
"औंठी दिन्छु म लिन्छ को ? जल त्यहाँ जो निर्दयी क्रूर छ ।
::धाकेको मृदुरेख पेशलकटीमा भार बन्दो गह्हुँ॥
::थाकेको मृदुरेख पेशलकटीमा भार बन्दो गर्‍हुँ ॥
बोकेमा जल मात्र एक छिन त्यो औंठी त्यसैको भयो ।"
बोकेमा जल मात्र एक छिन त्यो औंठी त्यसैको भयो ।"
::भन्दा नेत्र जुधेर तीन सखिका बन्धिन्‌ प्रशंसा तिनी ॥
::भन्दा नेत्र जुधेर तीन सखिका बन्थिन्‌ प्रशंसा तिनी ॥
{{pcn|(८६)}}
{{pcn|(८६)}}


थप्छिन्‌ फेरि प्रियम्वदा “छ यिनमा सौन्दर्य नै स्वर्गको ।
थप्छिन्‌ फेरि प्रियम्वदा "छ यिनमा सौन्दर्य नै स्वर्गको ।
::पृष्वीमाथि झरेसमान सखि छन्‌ दोसाँधकी सुन्दरी ॥
::पृथ्वीमाथि झरेसमान सखि छन्‌ दोसाँधकी सुन्दरी ॥
यी हुन्‌ कौशिककी सुचारु तनया जो मेनका-कोखमा ।
यी हुन्‌ कौशिककी सुचारु तनया जो मेनका-कोखमा ।
::पाई जन्म यहाँ बढिन्‌ कृसुम झैं छोरी पिता कण्वकी ॥”
::पाई जन्म यहाँ बढिन्‌ कुसुम झैं छोरी पिता कण्वकी ॥"
{{pcn|(८७)}}
{{pcn|(८७)}}


</poem>}}
</poem>}}

Latest revision as of 13:58, 29 April 2025

This page has been proofread

ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन्‌ लाजले ।
मानो फूल थुँगा बनी मधुरता झुक्छिन्‌ स्वयं भारले ॥
नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि ।
आँखाको रस के कुरङ्गहरुले देखे चरी नन्दन ?"
(८२)

भन्दा भुत्भुत बन्न तत्पर बनी बोली अडेकी त्यसै ।
आँखाले मृदु लाम्चिला सरस ती छेडेर गाली नुहिन्‌ ॥
मानो सुन्दर छन्‌ स्वरूप अरुका आँखा छली फुल्नको ।
आफ्नो सोख लिँदो थियो शरमको गाली दिँदो नेत्रले ॥
(८३)

"होवैनन्‌ ऋषिकी सुता तर यिनी, बान्की छ अर्कै ढँग ।
ओठै छन्‌ उनका प्रवालरँगका क्या पातला पालुवा ॥
बोले कोकिलले लिई शरम के बिर्सिन्छ भाषा भनी ।
बोलीको टक मात्र सुन्दर दिई ती चल्दछन्‌ वायुमा ?"
(८४)

भन्ने शब्द सुनी असह्य हुन गै साम्ने बनी बस्न नै ।
फर्किन्‌ झट्ट 'कसो गरूँ' हुन गई बोक्छिन्‌ घडाको जल ॥
झुक्दी दूर गई प्रफुल्ल बिरुवालाई भिजाईकन ।
सौन्दर्यैसरि झल्किँदो सलिलको भाषा सुनाइन्‌ कल ॥
(८५)

"औंठी दिन्छु म लिन्छ को ? जल त्यहाँ जो निर्दयी क्रूर छ ।
थाकेको मृदुरेख पेशलकटीमा भार बन्दो गर्‍हुँ ॥
बोकेमा जल मात्र एक छिन त्यो औंठी त्यसैको भयो ।"
भन्दा नेत्र जुधेर तीन सखिका बन्थिन्‌ प्रशंसा तिनी ॥
(८६)

थप्छिन्‌ फेरि प्रियम्वदा "छ यिनमा सौन्दर्य नै स्वर्गको ।
पृथ्वीमाथि झरेसमान सखि छन्‌ दोसाँधकी सुन्दरी ॥
यी हुन्‌ कौशिककी सुचारु तनया जो मेनका-कोखमा ।
पाई जन्म यहाँ बढिन्‌ कुसुम झैं छोरी पिता कण्वकी ॥"
(८७)