Page:Shakuntala.pdf/133: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
"उपलले पलले थलमा यही । | |||
:: | ::मृत बनी तँ बनी रज झर्दथिस् ॥ | ||
मन भरी नभरी करुणा | मन भरी नभरी करुणा रहोस् । | ||
::ल अब आबरु आ बरु | ::ल अब आबरु आ बरु आबरु ॥" | ||
{{pcn|(५७)}} | {{pcn|(५७)}} | ||
विनयले नयले नधपाइने । | विनयले नयले नधपाइने । | ||
::उभयले भयले | ::उभयले भयले नहटाइने ॥ | ||
मधुर आशयले शयले पनि । | मधुर आशयले शयले पनि । | ||
::पर धपाउन पाउन मुस्किल ॥ | ::पर धपाउन पाउन मुस्किल ॥ | ||
Line 14: | Line 14: | ||
पर सरी, रस रीस र रागकी । | पर सरी, रस रीस र रागकी । | ||
:: | ::पवनकी वनकी कुसुमाङ्गिनी ॥ | ||
शरमदार-मुहार गुलाब छन् । | |||
::ललित लोलित दोलित भाव छन् ॥ | ::ललित लोलित दोलित भाव छन् ॥ | ||
प्रकृत छन् | प्रकृत छन् कृतझङ्कृत कान ती । | ||
::सरसता रस ताल र ढङ्गकी ॥ | ::सरसता रस ताल र ढङ्गकी ॥ | ||
{{pcn|(५९)}} | {{pcn|(५९)}} | ||
गरि गुहार मुहार निहारदी । | गरि गुहार मुहार निहारदी । | ||
::पवनमा सुकुमार प्रहार | ::पवनमा सुकुमार प्रहार दी ॥ | ||
कुसुमरूप जुहार शिकार | कुसुमरूप जुहार शिकार ती । | ||
::मधुपकी, | ::मधुपकी, धपकीकन लाल भै ॥ | ||
अब बनिन् वनमा रति कामकी । | अब बनिन् वनमा रति कामकी । | ||
{{pcn|(६०)}} | {{pcn|(६०)}} | ||
अघि सरी बिचरीकन | अघि सरी बिचरीकन भन्दछिन् । | ||
::सहचरी अलि | ::सहचरी अलि चञ्चललोचनी ॥ | ||
नृपतिमा पतिमान | नृपतिमा पतिमान गरीकन । | ||
::यश दिशा दश बीच छरीकन ॥ | ::यश दिशा दश बीच छरीकन ॥ | ||
“स्ववश शत्रु गरी महिमा लिने । | “स्ववश शत्रु गरी महिमा लिने । | ||
::अलि धपाउनु पाउन ! लौ | ::अलि धपाउनु पाउन ! लौ भन ॥ | ||
किन कि छौ कनकाञ्चलिनी तिमी । | किन कि छौ कनकाञ्चलिनी तिमी । | ||
::अरुणता दिनकी | ::अरुणता दिनकी सुरमोहिनी ॥" | ||
{{pcn|(६१)}} | {{pcn|(६१)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 16:12, 6 March 2025
This page has been proofread
"उपलले पलले थलमा यही ।
मृत बनी तँ बनी रज झर्दथिस् ॥
मन भरी नभरी करुणा रहोस् ।
ल अब आबरु आ बरु आबरु ॥"
(५७)
विनयले नयले नधपाइने ।
उभयले भयले नहटाइने ॥
मधुर आशयले शयले पनि ।
पर धपाउन पाउन मुस्किल ॥
(५८)
पर सरी, रस रीस र रागकी ।
पवनकी वनकी कुसुमाङ्गिनी ॥
शरमदार-मुहार गुलाब छन् ।
ललित लोलित दोलित भाव छन् ॥
प्रकृत छन् कृतझङ्कृत कान ती ।
सरसता रस ताल र ढङ्गकी ॥
(५९)
गरि गुहार मुहार निहारदी ।
पवनमा सुकुमार प्रहार दी ॥
कुसुमरूप जुहार शिकार ती ।
मधुपकी, धपकीकन लाल भै ॥
अब बनिन् वनमा रति कामकी ।
(६०)
अघि सरी बिचरीकन भन्दछिन् ।
सहचरी अलि चञ्चललोचनी ॥
नृपतिमा पतिमान गरीकन ।
यश दिशा दश बीच छरीकन ॥
“स्ववश शत्रु गरी महिमा लिने ।
अलि धपाउनु पाउन ! लौ भन ॥
किन कि छौ कनकाञ्चलिनी तिमी ।
अरुणता दिनकी सुरमोहिनी ॥"
(६१)