Page:Laxmi nibandhasangraha.pdf/188: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मृत्युसँग बराबर हात मिलाउँदै मानिस सर्वोच्चताको | मृत्युसँग बराबर हात मिलाउँदै मानिस सर्वोच्चताको जादुघरमा प्रवेश | ||
गर्न खोज्दछ । | गर्न खोज्दछ । | ||
ऋतुको अल्पताले चढ्ने हामीलाई हरहमेशा आतस दिन्छ । | |||
'यति थोरै समयमा ! त्यत्रो अजङ्को राज्य ! यति सानो पुतली–पयरले !' | |||
भन्दै मानिस | भन्दै मानिस आफ्नो दौर्बल्यमा बराबर काँधिएर बस्तछ, तर अविदितले | ||
सुस्तसँग कानेखुसी गर्दछ, | सुस्तसँग कानेखुसी गर्दछ, जा, बा ! तँ जादुको पुतली होस्, असीम | ||
शक्तिले तेरो आत्मालाई मन्त्र सुनाएको | शक्तिले तेरो आत्मालाई मन्त्र सुनाएको छ । तँ सत्यको सुन्दर, मोहनीको | ||
पिछा लाग्, सत्यको दौडमा आत्माले विश्व बोक्छ । अपूर्णमा अनन्तता | |||
त्यहाँ हुन्छ, त्यहाँ त्यसका केन्द्रमा सत्यले | त्यहाँ हुन्छ, त्यहाँ त्यसका केन्द्रमा सत्यले बास गर्दछ । तँलाई स्वर्ग छुनु | ||
छ । तँ | छ । तँ माछो होइनस् । आलस्य र नैराश्य दुवै असत्का टुना हुन् । गिर्नु, | ||
उठ्नु, जित्न नसकिनेलाई जित्नु, नभेट्टिने जस्तो भेट्नुमा तँ सत्यको | |||
नजिक पुगिरहेको छस् । असम्भवले बनाएको तेरो सत्मार्गी अनन्त | |||
शक्तिमात्तामा प्यास, आस र उद्योगको मोहनी भर्न हो ! तर सम्भवका | |||
सीमा | सीमा छैनन् । | ||
'क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परंतप' भन्ने मन्त्र पहाडहरुको | |||
निलो मसीमा देखिएका हरहमेशा हाम्रा नजरमाथि मोहनको मोहनी | |||
झैं टड्कारो दृश्य छ । मानौं | झैं टड्कारो दृश्य छ । मानौं पहाडहरु पृथ्वीमा चरण राखेर स्वर्गतिर | ||
दौडँदै | दौडँदै भन्दछन् । 'उत्तिष्ठ !' स्वर्ग फेदमा छैन । त्यो सुनौला ज्योति | ||
चुलीमा उडेर बसेकी छ मानौं नेपाली जीवनको स्वर्गसमीपको विकासक | चुलीमा उडेर बसेकी छ मानौं नेपाली जीवनको स्वर्गसमीपको विकासक | ||
मोहनी । मानौं सत्यको सौन्दर्यमा प्रथम अवतरण त्यही कान्तिमा मानौं | मोहनी । मानौं सत्यको सौन्दर्यमा प्रथम अवतरण त्यही कान्तिमा मानौं | ||
साना नेपालको भाषा छ । त्यहीं सब स्वर्गीय आह्वान छ । मानौं परमेश्वर | |||
र दिन | र दिन त्यहीं आएर सुनको पोशाकले झलमलाउँदै प्रतिदिनका आदर्शहरु | ||
झल्काइरहेछन् । मानौं त्यहीं सिर्जनाको दैनिक उद्घाटन छ । शून्य | |||
अन्धकारमय | अन्धकारमय जगत्लाई नवीन रुप, रङ र खँदिलोपन स्थितिमा राख्ने | ||
प्राथमिक मोहनी, जो उषासँग | प्राथमिक मोहनी, जो उषासँग ओर्लिन्छन् । हामी त्यहाँबाट प्राथमिक | ||
सिर्जनात्मक | सिर्जनात्मक भावहरु पाइरहेछौं मानौं त्यहीं सङ्गीत मुखरित भइरहेछ, | ||
मानौं संसार | मानौं संसार सङ्गीतबाट या सङ्गीतसँग सिर्जना हुन्छ । बस् ! त्यहाँ | ||
पुग्नको महिमा | पुग्नको महिमा हराउनासाथ हामी मुर्दाजस्ता हुन्छौं । त्यहाँ पुग्दा हामी | ||
संसारका सर्वोच्च | संसारका सर्वोच्च शिखरहरु चढ्दछौं । | ||
हामी नेपाली | हामी नेपाली गौरीशङ्करको यात्री भएका अझ छैनौं भने त्यस | ||
विषयमा लेख लेख्नु नै लेखकको आधुनिक देशसम्बन्धी अज्ञता बुझिन्छ | विषयमा लेख लेख्नु नै लेखकको आधुनिक देशसम्बन्धी अज्ञता बुझिन्छ |
Latest revision as of 10:22, 21 June 2025
मृत्युसँग बराबर हात मिलाउँदै मानिस सर्वोच्चताको जादुघरमा प्रवेश गर्न खोज्दछ ।
ऋतुको अल्पताले चढ्ने हामीलाई हरहमेशा आतस दिन्छ । 'यति थोरै समयमा ! त्यत्रो अजङ्को राज्य ! यति सानो पुतली–पयरले !' भन्दै मानिस आफ्नो दौर्बल्यमा बराबर काँधिएर बस्तछ, तर अविदितले सुस्तसँग कानेखुसी गर्दछ, जा, बा ! तँ जादुको पुतली होस्, असीम शक्तिले तेरो आत्मालाई मन्त्र सुनाएको छ । तँ सत्यको सुन्दर, मोहनीको पिछा लाग्, सत्यको दौडमा आत्माले विश्व बोक्छ । अपूर्णमा अनन्तता त्यहाँ हुन्छ, त्यहाँ त्यसका केन्द्रमा सत्यले बास गर्दछ । तँलाई स्वर्ग छुनु छ । तँ माछो होइनस् । आलस्य र नैराश्य दुवै असत्का टुना हुन् । गिर्नु, उठ्नु, जित्न नसकिनेलाई जित्नु, नभेट्टिने जस्तो भेट्नुमा तँ सत्यको नजिक पुगिरहेको छस् । असम्भवले बनाएको तेरो सत्मार्गी अनन्त शक्तिमात्तामा प्यास, आस र उद्योगको मोहनी भर्न हो ! तर सम्भवका सीमा छैनन् ।
'क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परंतप' भन्ने मन्त्र पहाडहरुको निलो मसीमा देखिएका हरहमेशा हाम्रा नजरमाथि मोहनको मोहनी झैं टड्कारो दृश्य छ । मानौं पहाडहरु पृथ्वीमा चरण राखेर स्वर्गतिर दौडँदै भन्दछन् । 'उत्तिष्ठ !' स्वर्ग फेदमा छैन । त्यो सुनौला ज्योति चुलीमा उडेर बसेकी छ मानौं नेपाली जीवनको स्वर्गसमीपको विकासक मोहनी । मानौं सत्यको सौन्दर्यमा प्रथम अवतरण त्यही कान्तिमा मानौं साना नेपालको भाषा छ । त्यहीं सब स्वर्गीय आह्वान छ । मानौं परमेश्वर र दिन त्यहीं आएर सुनको पोशाकले झलमलाउँदै प्रतिदिनका आदर्शहरु झल्काइरहेछन् । मानौं त्यहीं सिर्जनाको दैनिक उद्घाटन छ । शून्य अन्धकारमय जगत्लाई नवीन रुप, रङ र खँदिलोपन स्थितिमा राख्ने प्राथमिक मोहनी, जो उषासँग ओर्लिन्छन् । हामी त्यहाँबाट प्राथमिक सिर्जनात्मक भावहरु पाइरहेछौं मानौं त्यहीं सङ्गीत मुखरित भइरहेछ, मानौं संसार सङ्गीतबाट या सङ्गीतसँग सिर्जना हुन्छ । बस् ! त्यहाँ पुग्नको महिमा हराउनासाथ हामी मुर्दाजस्ता हुन्छौं । त्यहाँ पुग्दा हामी संसारका सर्वोच्च शिखरहरु चढ्दछौं ।
हामी नेपाली गौरीशङ्करको यात्री भएका अझ छैनौं भने त्यस विषयमा लेख लेख्नु नै लेखकको आधुनिक देशसम्बन्धी अज्ञता बुझिन्छ