Page:Laxmi nibandhasangraha.pdf/103: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
र विरोधहरूको अध्ययन गर्नु । पहिलो किसिमको आदत साम्यतर्फ | र विरोधहरूको अध्ययन गर्नु । पहिलो किसिमको आदत साम्यतर्फ | ||
दौडन्छ र गम्भीर हुन खोज्दछ । पछिल्लो आदत विरोधका झल्काहरूमा | दौडन्छ र गम्भीर हुन खोज्दछ । पछिल्लो आदत विरोधका झल्काहरूमा | ||
सत्यका | सत्यका हाँगाबिङ्गा पक्रिनुमा मजा मान्दछ, मनोविरोध देखाउनु नै | ||
सत्यतालाई नवीन रूपमा प्रदर्शन गर्नु हो, अपूर्णताको हँस्सीमा | सत्यतालाई नवीन रूपमा प्रदर्शन गर्नु हो, अपूर्णताको हँस्सीमा पुर्याउनु | ||
नै सत्यान्वेषकको एक स्वस्थ क्रिया हो । | नै सत्यान्वेषकको एक स्वस्थ क्रिया हो । ऊ मोलतोल उल्टाइदिन्छ, | ||
हाम्रा कुरा काटिदिन्छ, हाम्रा प्यारा प्रतिष्ठाहरूको अङ्गभङ्ग गरिदिन्छ, | हाम्रा कुरा काटिदिन्छ, हाम्रा प्यारा प्रतिष्ठाहरूको अङ्गभङ्ग गरिदिन्छ, | ||
स्थितिलाई कुठारको धारले परीक्षा गरेर देखाउँछ, अभिप्रायको क्षेत्रमा | स्थितिलाई कुठारको धारले परीक्षा गरेर देखाउँछ, अभिप्रायको क्षेत्रमा | ||
Line 15: | Line 15: | ||
हामीहरू अलि सम्हालिएको बेलामा अरूहरूले उडाएको हँस्सीमा उपदेश | हामीहरू अलि सम्हालिएको बेलामा अरूहरूले उडाएको हँस्सीमा उपदेश | ||
लिन चाहन्छौं, अरू बेला रिसाउँछौं, हाम्रा मूर्ख्याइँहरू नत्र कसले | लिन चाहन्छौं, अरू बेला रिसाउँछौं, हाम्रा मूर्ख्याइँहरू नत्र कसले | ||
बताइदिनु ? हामीहरू अरूबाट तिनको उपहासित्व | बताइदिनु ? हामीहरू अरूबाट तिनको उपहासित्व बुझ्न चाहन्छौं । | ||
हामीलाई त्यसमा स्वास्थ्य छ । | हामीलाई त्यसमा स्वास्थ्य छ । | ||
तर कोही समालोचकहरू भन्दछन् कि हास्यरसमा गाम्भीर्य | तर कोही समालोचकहरू भन्दछन् कि हास्यरसमा गाम्भीर्य | ||
हुँदैन र हास्यरसको तल | हुँदैन र हास्यरसको तल ओह्राल्ने अवगुण कविताको क्षेत्रमा झल्किन्छ । | ||
कविताहरू प्राकृत तवरले गम्भीर हुन्छन् तर जब उनीहरू हलुका | कविताहरू प्राकृत तवरले गम्भीर हुन्छन् तर जब उनीहरू हलुका | ||
क्षणहरू पाउँछन्, तब हास्यरसमा छन्द छेड्दछन् । यो भनाइमा सत्य | क्षणहरू पाउँछन्, तब हास्यरसमा छन्द छेड्दछन् । यो भनाइमा सत्य | ||
Line 26: | Line 26: | ||
बिग्रनु स्वाभाविक हो । तैपनि कविताको पनि विभिन्नता छ र उपहासमा | बिग्रनु स्वाभाविक हो । तैपनि कविताको पनि विभिन्नता छ र उपहासमा | ||
कविता हुनै सक्तैन भन्नु खालि कट्टरपना हो । सुधारक चैतन्यले सामाजिक | कविता हुनै सक्तैन भन्नु खालि कट्टरपना हो । सुधारक चैतन्यले सामाजिक | ||
वास्तविकताहरू उपहास बनाउँछ र हृदयस्पर्शितासँग | वास्तविकताहरू उपहास बनाउँछ र हृदयस्पर्शितासँग भावुक प्रेरणाले | ||
लहराएर त्यहाँ कविताको प्रशस्त मात्रा रहन सक्तछ । नत्र ज्यादा उपहास | लहराएर त्यहाँ कविताको प्रशस्त मात्रा रहन सक्तछ । नत्र ज्यादा उपहास | ||
छन्दतिर मात्र ओर्लन्छ । नाटकका क्षेत्रमा र वर्णनको क्षेत्रमा हास्य | छन्दतिर मात्र ओर्लन्छ । नाटकका क्षेत्रमा र वर्णनको क्षेत्रमा हास्य | ||
कवितामा घुस्न सक्तछ । | कवितामा घुस्न सक्तछ । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 16:10, 16 February 2025
र विरोधहरूको अध्ययन गर्नु । पहिलो किसिमको आदत साम्यतर्फ दौडन्छ र गम्भीर हुन खोज्दछ । पछिल्लो आदत विरोधका झल्काहरूमा सत्यका हाँगाबिङ्गा पक्रिनुमा मजा मान्दछ, मनोविरोध देखाउनु नै सत्यतालाई नवीन रूपमा प्रदर्शन गर्नु हो, अपूर्णताको हँस्सीमा पुर्याउनु नै सत्यान्वेषकको एक स्वस्थ क्रिया हो । ऊ मोलतोल उल्टाइदिन्छ, हाम्रा कुरा काटिदिन्छ, हाम्रा प्यारा प्रतिष्ठाहरूको अङ्गभङ्ग गरिदिन्छ, स्थितिलाई कुठारको धारले परीक्षा गरेर देखाउँछ, अभिप्रायको क्षेत्रमा पदार्पण गरेर हामीलाई हँसाउँछ, हाम्रा सत्यलाई मिथ्या देखाइदिन्छ र ज्ञानी बुझेर हाँस्तछन्, अज्ञानी खालि हाँसोको निमित्तको हाँसो भनिठान्दछन् ।
हामीलाई किन हाँस्न मन लाग्दछ ? हामीहरू खालि भूलको गाँजा खान चाहँदैनौं, सधैं मूर्ख हुन चाहनु प्रकृतिविरुद्ध छ । हामी बराबर विदूषकसँग बसेर 'कस्तो लाग्यो हँ ? भनेर सोध्न चाहन्छौं । हामीहरू अलि सम्हालिएको बेलामा अरूहरूले उडाएको हँस्सीमा उपदेश लिन चाहन्छौं, अरू बेला रिसाउँछौं, हाम्रा मूर्ख्याइँहरू नत्र कसले बताइदिनु ? हामीहरू अरूबाट तिनको उपहासित्व बुझ्न चाहन्छौं । हामीलाई त्यसमा स्वास्थ्य छ ।
तर कोही समालोचकहरू भन्दछन् कि हास्यरसमा गाम्भीर्य हुँदैन र हास्यरसको तल ओह्राल्ने अवगुण कविताको क्षेत्रमा झल्किन्छ । कविताहरू प्राकृत तवरले गम्भीर हुन्छन् तर जब उनीहरू हलुका क्षणहरू पाउँछन्, तब हास्यरसमा छन्द छेड्दछन् । यो भनाइमा सत्य छैन भन्न सकिन्न । कविता साम्यभावमा लहर छुटेर आएकी हुन्छिन् । सब विरोधहरूको खडबडे उपहासक चेतसँग ठक्कर परेर कवित्व गुण बिग्रनु स्वाभाविक हो । तैपनि कविताको पनि विभिन्नता छ र उपहासमा कविता हुनै सक्तैन भन्नु खालि कट्टरपना हो । सुधारक चैतन्यले सामाजिक वास्तविकताहरू उपहास बनाउँछ र हृदयस्पर्शितासँग भावुक प्रेरणाले लहराएर त्यहाँ कविताको प्रशस्त मात्रा रहन सक्तछ । नत्र ज्यादा उपहास छन्दतिर मात्र ओर्लन्छ । नाटकका क्षेत्रमा र वर्णनको क्षेत्रमा हास्य कवितामा घुस्न सक्तछ ।