Jump to content

Page:Laxmi nibandhasangraha.pdf/98: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:


मलाई यस्तो लाग्दछ कि मानवजाति संसारभरको अन्धो र
मलाई यस्तो लाग्दछ कि मानवजाति संसारभरको अन्धो र
अभागी जाति हो। ज्ञान खोज्दछ र हरहमेशा अज्ञानमा रहन्छ र
अभागी जाति हो। ज्ञान खोज्दछ र हरहमेशा अज्ञानमा रहन्छ र
साधारण विवेक छाडेर कुक्रकै पुच्छर सोभ्याउने काममा लाग्दछ ।
साधारण विवेक छाडेर कुकुरकै पुच्छर सोझ्याउने काममा लाग्दछ ।
मानिसले ज्ञानको वृक्षको तीतो फल चाखेर धूर्तता जान्यो, तर के
मानिसले ज्ञानको वृक्षको तीतो फल चाखेर धूर्तता जान्यो, तर के
फाइदा भयो ? हामी अन्तःकरणको टुङ्गाइमा हरहमेशा रहन्छौं भने
फाइदा भयो ? हामी अन्तःकरणको टुङ्गाइमा हरहमेशा रहन्छौं भने
Line 13: Line 13:
नरकमा हामफाल्दो छ । संसारमा धनको लोभ गर्ने मानिसको शिरमा
नरकमा हामफाल्दो छ । संसारमा धनको लोभ गर्ने मानिसको शिरमा
चक्र घुमिरहेछ । तर निरुत्तरदायित्वको मजा चाख्ने बुद्धिमान्‌ आनन्दसँग
चक्र घुमिरहेछ । तर निरुत्तरदायित्वको मजा चाख्ने बुद्धिमान्‌ आनन्दसँग
'फोक्रिएर बीचबीचमा मानवजातिका सभ्यतालाई हँस्पी उडाउने 'ही
झोक्रिएर बीचबीचमा मानवजातिका सभ्यतालाई हँस्सी उडाउने 'ही
ही ह ह ।' को शब्दको स्वतन्त्र उद्गार गरिरहेछ । उसलाई यमराजले
ही ह ह ।' को शब्दको स्वतन्त्र उद्गार गरिरहेछ । उसलाई यमराजले
दण्ड दिने बाटो छैन, चित्रगुप्तले बहीखाता पल्टाएर सोध्ने कुरा छैनन्‌ ।
दण्ड दिने बाटो छैन, चित्रगुप्तले बहीखाता पल्टाएर सोध्ने कुरा छैनन्‌ ।
तर को बुद्धिमान्‌ ? दुनियाँ मगजमा बोभझा बोक्ने र सहज बुद्धि त्यागेर
तर को बुद्धिमान्‌ ? दुनियाँ मगजमा बोझा बोक्ने र सहज बुद्धि त्यागेर
अन्त:करणको दर्शन स्बीकार गर्ने मानव कि निरुत्तरदायी संतोषमा
अन्तःकरणको दर्शन स्वीकार गर्ने मानव कि निरुत्तरदायी संतोषमा
बेदर्शनी अन्त:करणशूत्यताको बरदान प्रकृति र परमेश्वरसँग माग्ने,
बेदर्शनी अन्तःकरणशून्यताको वरदान प्रकृति र परमेश्वरसँग माग्ने,
हाम्रा बुद्धू ठानिएका चारखुट्टे दार्शनिक ! हामी असन्तुष्ट विद्यार्थीहरू
हाम्रा बुद्धू ठानिएका चारखुट्टे दार्शनिक ! हामी असन्तुष्ट विद्यार्थीहरू
गुरुजीसँग नम्र प्रश्न गर्दछौं -हाम्रो मानव नाटीकुटी र अनन्त वेदनाको
गुरुजीसँग नम्र प्रश्न गर्दछौं–हाम्रो मानव नाटीकुटी र अनन्त वेदनाको
तीनपुछ्रे शास्त्र गधाभन्दा कति उपर होलान्‌ ?के त्यो दार्शनिक होइन
तीनपुछ्रे शास्त्र गधाभन्दा कति उपर होलान्‌ ? के त्यो दार्शनिक होइन
जो मानवसेवा गर्दछ, तर पछिलाई कुमारीचोकको बहीखाता राख्तैन,
जो मानवसेवा गर्दछ, तर पछिलाई कुमारीचोकको बहीखाता राख्तैन,
जो प्रकृतिको नदेखिने औंलाको इशाराले हिँड्न जान्दछ र शिरमा भैंचाले
जो प्रकृतिको नदेखिने औंलाको इशाराले हिंड्न जान्दछ र शिरमा भैंचाले
धरापको चक्कर नराखेर रौरव र गौरव दुवैबाट बच्तछ ।
धरापको चक्कर नराखेर रौरव र गौरव दुवैबाट बच्तछ ।
{{nop}}
{{nop}}

Latest revision as of 15:20, 16 February 2025

This page has been proofread

हामीले बेत खायौं, गधाको उपाधि पायौं र थुकियौं; तर हाम्रा गुरुजीले हामीलाई कति गधाजस्तो बनाइरहनुभएको थियो, त्यो जान्ने या त हृदयभित्रको आत्मा होला, या स्वर्गमाथिको परमेश्वर !

मलाई यस्तो लाग्दछ कि मानवजाति संसारभरको अन्धो र अभागी जाति हो। ऊ ज्ञान खोज्दछ र हरहमेशा अज्ञानमा रहन्छ र साधारण विवेक छाडेर कुकुरकै पुच्छर सोझ्याउने काममा लाग्दछ । मानिसले ज्ञानको वृक्षको तीतो फल चाखेर धूर्तता जान्यो, तर के फाइदा भयो ? हामी अन्तःकरणको टुङ्गाइमा हरहमेशा रहन्छौं भने अन्तःकरण पाउनु नै कर्तव्याकर्तव्यको नाटीकुटी बढाउनु नै के हाम्रो भस्माभुटीको चिह्न होइन ? घाँस खानेले प्रकृतिको पथ छोडेन, तर अन्न खाने पाप र धर्मका उपर रौंकेलाइ गर्दा-गर्दै अधमुण्टो लागेर नरकमा हामफाल्दो छ । संसारमा धनको लोभ गर्ने मानिसको शिरमा चक्र घुमिरहेछ । तर निरुत्तरदायित्वको मजा चाख्ने बुद्धिमान्‌ आनन्दसँग झोक्रिएर बीचबीचमा मानवजातिका सभ्यतालाई हँस्सी उडाउने 'ही ही ह ह ।' को शब्दको स्वतन्त्र उद्गार गरिरहेछ । उसलाई यमराजले दण्ड दिने बाटो छैन, चित्रगुप्तले बहीखाता पल्टाएर सोध्ने कुरा छैनन्‌ । तर को बुद्धिमान्‌ ? दुनियाँ मगजमा बोझा बोक्ने र सहज बुद्धि त्यागेर अन्तःकरणको दर्शन स्वीकार गर्ने मानव कि निरुत्तरदायी संतोषमा बेदर्शनी अन्तःकरणशून्यताको वरदान प्रकृति र परमेश्वरसँग माग्ने, हाम्रा बुद्धू ठानिएका चारखुट्टे दार्शनिक ! हामी असन्तुष्ट विद्यार्थीहरू गुरुजीसँग नम्र प्रश्न गर्दछौं–हाम्रो मानव नाटीकुटी र अनन्त वेदनाको तीनपुछ्रे शास्त्र गधाभन्दा कति उपर होलान्‌ ? के त्यो दार्शनिक होइन जो मानवसेवा गर्दछ, तर पछिलाई कुमारीचोकको बहीखाता राख्तैन, जो प्रकृतिको नदेखिने औंलाको इशाराले हिंड्न जान्दछ र शिरमा भैंचाले धरापको चक्कर नराखेर रौरव र गौरव दुवैबाट बच्तछ ।