Page:Laxmi nibandhasangraha.pdf/25: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको | क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको | ||
आगो चोर्न मन लाग्छ, जब उसको नजीक | आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिंड्दै आउन लागेको | ||
देख्तछु! | देख्तछु! | ||
Line 7: | Line 7: | ||
मलाई आटलास नामको राक्षस बनाएर अनन्त कालसम्म आकाश | मलाई आटलास नामको राक्षस बनाएर अनन्त कालसम्म आकाश | ||
र नक्षत्रका भार बोकेर बस् भने पनि म बस्न सक्तथें | र नक्षत्रका भार बोकेर बस् भने पनि म बस्न सक्तथें–खालि शिशुको | ||
लागि । परमेश्वरका अनन्त दुःख बालकले गर्दा परमानन्द बनिरहेछन् । | लागि । परमेश्वरका अनन्त दुःख बालकले गर्दा परमानन्द बनिरहेछन् । | ||
यत्रो विश्व बनाउनु, यसलाई पाल्नु, के दु:ख होओइन ? तर परमेश्वर | यत्रो विश्व बनाउनु, यसलाई पाल्नु, के दु:ख होओइन ? तर परमेश्वर | ||
त्यो दुःख सहनुहुन्छ, किनकि बालकसँग परमेश्वरको प्रेम छ । बालक | त्यो दुःख सहनुहुन्छ, किनकि बालकसँग परमेश्वरको प्रेम छ । बालक | ||
नभए | नभए पृथ्वी हरियो हुने थिइनन् । ताराहरू त्यति टाढा बसेर सानासाना | ||
केटाकेटी जस्ता नीलो झूलभित्र छुनुमुनु गर्ने थिएनन् । बालक नभए | केटाकेटी जस्ता नीलो झूलभित्र छुनुमुनु गर्ने थिएनन् । बालक नभए | ||
सूर्यको उज्यालो पृथ्वीमा गिर्न सक्ने थिएन । किन यत्रो भार बोक्छौ | सूर्यको उज्यालो पृथ्वीमा गिर्न सक्ने थिएन । किन यत्रो भार बोक्छौ | ||
ईश्वर ? 'बालकको लागि ।' किन यति रोएको दुनियाँ ? | ईश्वर ? 'बालकको लागि ।' किन यति रोएको दुनियाँ ?– 'रक्षा गर्नाको | ||
लागि ।' हामी यत्रो त्रिताप खप्तछौं किन ? | लागि ।' हामी यत्रो त्रिताप खप्तछौं किन ?– बालकको शिशुलाई रक्षा | ||
गर्न, पाल्न, पोस्न ।' बालक हाम्रा देवता हुन् । दुनियाँको सारा कर्म | गर्न, पाल्न, पोस्न ।' बालक हाम्रा देवता हुन् । दुनियाँको सारा कर्म | ||
उनलाई पूजा गरिरहेछन् । पृथ्वी अन्न उमार्छिन् मनुष्यका छोरा-छोरी | उनलाई पूजा गरिरहेछन् । पृथ्वी अन्न उमार्छिन् मनुष्यका छोरा-छोरी | ||
पाल्नाका निम्ति । 'तेरो सबभन्दा ठूलो धन के मान्छे ?' | पाल्नाका निम्ति । 'तेरो सबभन्दा ठूलो धन के मान्छे ?'– 'मेरो नाबालक ।' | ||
मर्दा के चाहन्छस् मनुष्य ? | मर्दा के चाहन्छस् मनुष्य ?– 'मेरो नाबालकको संरक्षण र तिनको भलाई।' | ||
हे महायुद्धहो ! हे धर्मसमरहो ! किन तिमीहरू धरातललाई हल्लाउँछौ ? | हे महायुद्धहो ! हे धर्मसमरहो ! किन तिमीहरू धरातललाई हल्लाउँछौ ? | ||
'बालकको लागि ।' तब, जुन दिनदेखि म पिता बनेँ, म परमेश्वरको अंश | 'बालकको लागि ।' तब, जुन दिनदेखि म पिता बनेँ, म परमेश्वरको अंश | ||
लिएर संसारमा दुःख पाउन थालें । मेरा सब | लिएर संसारमा दुःख पाउन थालें । मेरा सब सांसारिक क्लेश शिशुका | ||
प्रेमले आनन्द बनिरहेछन् । म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्नँ, | प्रेमले आनन्द बनिरहेछन् । म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्नँ, | ||
किनभने म बालकहरूको प्रेमी छु । | किनभने म बालकहरूको प्रेमी छु । |
Latest revision as of 13:32, 30 January 2025
क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिंड्दै आउन लागेको देख्तछु!
म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा जवाफदेही राख्तछु ।
मलाई आटलास नामको राक्षस बनाएर अनन्त कालसम्म आकाश र नक्षत्रका भार बोकेर बस् भने पनि म बस्न सक्तथें–खालि शिशुको लागि । परमेश्वरका अनन्त दुःख बालकले गर्दा परमानन्द बनिरहेछन् । यत्रो विश्व बनाउनु, यसलाई पाल्नु, के दु:ख होओइन ? तर परमेश्वर त्यो दुःख सहनुहुन्छ, किनकि बालकसँग परमेश्वरको प्रेम छ । बालक नभए पृथ्वी हरियो हुने थिइनन् । ताराहरू त्यति टाढा बसेर सानासाना केटाकेटी जस्ता नीलो झूलभित्र छुनुमुनु गर्ने थिएनन् । बालक नभए सूर्यको उज्यालो पृथ्वीमा गिर्न सक्ने थिएन । किन यत्रो भार बोक्छौ ईश्वर ? 'बालकको लागि ।' किन यति रोएको दुनियाँ ?– 'रक्षा गर्नाको लागि ।' हामी यत्रो त्रिताप खप्तछौं किन ?– बालकको शिशुलाई रक्षा गर्न, पाल्न, पोस्न ।' बालक हाम्रा देवता हुन् । दुनियाँको सारा कर्म उनलाई पूजा गरिरहेछन् । पृथ्वी अन्न उमार्छिन् मनुष्यका छोरा-छोरी पाल्नाका निम्ति । 'तेरो सबभन्दा ठूलो धन के मान्छे ?'– 'मेरो नाबालक ।' मर्दा के चाहन्छस् मनुष्य ?– 'मेरो नाबालकको संरक्षण र तिनको भलाई।' हे महायुद्धहो ! हे धर्मसमरहो ! किन तिमीहरू धरातललाई हल्लाउँछौ ? 'बालकको लागि ।' तब, जुन दिनदेखि म पिता बनेँ, म परमेश्वरको अंश लिएर संसारमा दुःख पाउन थालें । मेरा सब सांसारिक क्लेश शिशुका प्रेमले आनन्द बनिरहेछन् । म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्नँ, किनभने म बालकहरूको प्रेमी छु ।