Page:Ek chihan.pdf/110: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
गरि सकेपछि हर्ष नारान र पुतली दुवै जनालाई अलि लज्जाभावले छोप्यो । | |||
दुवैले बोल्न सङ्कोच | दुवैले बोल्न सङ्कोच मानि रहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क | ||
हेरि रहने, परन्तु नबोल्ने यस्तै भएर केही मिनेट दौडि सकेपछि लजाउँदै | |||
कोपिला मुस्कानमा हर्ष नारानले भने– "बोल न पुतली ! के | कोपिला मुस्कानमा हर्ष नारानले भने– "बोल न पुतली ! के नबोलीकन | ||
मलाई सम्मान | मलाई सम्मान गरि रहेकी ?" | ||
मन्द मुस्कानको गम्भीर चेहराले हर्ष नारानलाई पुलुक्क हेरिन् पुतलीले । | मन्द मुस्कानको गम्भीर चेहराले हर्ष नारानलाई पुलुक्क हेरिन् पुतलीले । |
Latest revision as of 22:44, 23 June 2025
This page has been proofread
गरि सकेपछि हर्ष नारान र पुतली दुवै जनालाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानि रहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरि रहने, परन्तु नबोल्ने यस्तै भएर केही मिनेट दौडि सकेपछि लजाउँदै कोपिला मुस्कानमा हर्ष नारानले भने– "बोल न पुतली ! के नबोलीकन मलाई सम्मान गरि रहेकी ?"
मन्द मुस्कानको गम्भीर चेहराले हर्ष नारानलाई पुलुक्क हेरिन् पुतलीले । "तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?" हर्ष नारानले स्नेह भरेको आवाजमा सोधे ।
हर्ष नारानतिर हेरेर लोलाएका आँखामा पुतली मुसुक्क हाँसिन् । हाँसेकी पुतलीको चिउँडो समातेर हर्ष नारानले बत्ती निभाए ।