Jump to content

Page:Ek chihan.pdf/80: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा  
"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा  
गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ?  
गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ?  
भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको दिनहुँ इलाज गर्न  
भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको त्यो दिनहुँ इलाज गर्न  
आउँछ ?"
आउँछ ?"


नानीथकुँ एक शब्द बोलिनन् । शिव नारानले बोलेका कुरा भित्ताको  
नानीथकुँ एक शब्द बोलिनन् । शिव नारानले बोलेका कुरा भित्ताको  
मयूरले झैं केवल सुनिरहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुन
मयूरले झैँ केवल सुनि रहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुन
नारान, हर्ष नारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले ।  
नारान, हर्ष नारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले ।  
उनीहरू आउँदा पनि शिव नारान कराइ नै रहेका थिए । एकछिन जिल्ल परेर  
उनीहरू आउँदा पनि शिव नारान कराइ नै रहेका थिए । एक छिन जिल्ल परेर  
पुन नारानले भने– "किन दाइ ! मामिला के छ ?"
पुन नारानले भने– "किन दाइ ! मामिला के छ ?"


"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण  
"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण  
फेला पर्यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्बाह गरिनन् ।" शिव नारानले  
फेला पर्‍यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्वाह गरिनन् ।" शिव नारानले  
रन्केर भने ।
रन्केर भने ।


"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइराख्न त  
"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइ राख्न त  
हुँदैन । यो त म पनि सहन्नँ ।" पुन नारानले भने ।
हुँदैन । यो त म पनि सहन्नँ ।" पुन नारानले भने ।


"तिमी चाहन्छौ भने हामी उहीसँग बिहे गराइदिन सक्छौं तर यसरी  
"तिमी चाहन्छ्यौ भने हामी उहीसँग बिहे गराइ दिन सक्छौँ तर यसरी  
लुकीचोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्ष नारानले भने ।
लुकी चोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्ष नारानले भने ।


कान्छो दाजु हर्ष नारानको कुरा सुनेर नानीथकुँलाई आश्वासन भयो ।  
कान्छो दाजु हर्ष नारानको कुरा सुनेर नानीथकुँलाई आश्वासन भयो ।  
तर उनले शिव नारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै  
तर उनले शिव नारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै  
भौँतारिनुपर्यो– "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो  
भौँतारिनु पर्‍यो– "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो  
डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइदिन्छु ।"
डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइ दिन्छु ।"


"तैपनि उनको पसन्दलाई हामीले हेर्नैपर्ला । स्वतन्त्रताको कदर गर्ने  
"तैपनि उनको पसन्दलाई हामीले हेर्नै पर्ला । स्वतन्त्रताको कदर गर्ने  
जमाना आइसकेको छ ।" हर्ष नारानले फेरि भने ।
जमाना आइ सकेको छ ।" हर्ष नारानले फेरि भने ।


"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई  
"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई  
Line 32: Line 32:
नारानले भने ।
नारानले भने ।


"युगको गति हेरेर मैले भनिरहेको हुँ ।'
"युगको गति हेरेर मैले भनि रहेको हुँ ।'


"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानव
"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानव

Latest revision as of 22:33, 22 June 2025

This page has been proofread

"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको त्यो दिनहुँ इलाज गर्न आउँछ ?"

नानीथकुँ एक शब्द बोलिनन् । शिव नारानले बोलेका कुरा भित्ताको मयूरले झैँ केवल सुनि रहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुन नारान, हर्ष नारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले । उनीहरू आउँदा पनि शिव नारान कराइ नै रहेका थिए । एक छिन जिल्ल परेर पुन नारानले भने– "किन दाइ ! मामिला के छ ?"

"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण फेला पर्‍यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्वाह गरिनन् ।" शिव नारानले रन्केर भने ।

"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइ राख्न त हुँदैन । यो त म पनि सहन्नँ ।" पुन नारानले भने ।

"तिमी चाहन्छ्यौ भने हामी उहीसँग बिहे गराइ दिन सक्छौँ तर यसरी लुकी चोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्ष नारानले भने ।

कान्छो दाजु हर्ष नारानको कुरा सुनेर नानीथकुँलाई आश्वासन भयो । तर उनले शिव नारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै भौँतारिनु पर्‍यो– "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइ दिन्छु ।"

"तैपनि उनको पसन्दलाई हामीले हेर्नै पर्ला । स्वतन्त्रताको कदर गर्ने जमाना आइ सकेको छ ।" हर्ष नारानले फेरि भने ।

"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?" हर्ष नारानदेखि पनि अलि रिसाएर शिव नारानले भने ।

"युगको गति हेरेर मैले भनि रहेको हुँ ।'

"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानव इच्छाको कुरा । तर म स्वतन्त्रताको नाउँमा जसले जोसँग जस्तो पनि प्रेम गरेर हिँडेको हेर्न चाहन्नँ । प्रेमको पनि महत्त्व हुन्छ, उसका निम्ति पनि फुक्का र बन्धनको लेखाजोखा, मापदण्ड हुन्छ, सीमारेखा हुन्छ, विधान हुन्छ,