Jump to content

Page:Champa.pdf/42: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
स्नान गर्ने आदत बसाले ।
स्नान गर्ने आदत बसाले ।


एक दिन रमादेवीले थाहा पाइन् । धारामा गएर कोही मानिस बाह्र
एक दिन रमादेवीले थाहा पाइन् । धारामा गएर कोही मानिस बार्‍ह
बजे राति नुहाउन लागिरहेछ । यो के गज्जब ! रहेछ आफ्नो छोरो ।  
बजे राति नुहाउन लागिरहेछ । यो के गजव ! रहेछ आफ्नो छोरो ।  
हप्काइन्— "बदमाश ! उल्लु ! के गरिरहेको यस बेला ? उनी मरेकी  
हप्काइन्— "बदमाश ! उल्लु ! के गरिरहेको यस बेला ? उनी मरेकी  
थिइन् र ? माउसुलीले छोयो रे ? फटाहा ! अवश्य यसले देवीको  
थिइन् र ? माउसुलीले छोयो रे ? फटाहा ! अवश्य यसले देवीको  
साधना गर्न लागेको हुनुपर्दछ ।"
साधना गर्न लागेको हुनुपर्दछ ।"


बदमाश बैंस, जसलाई फेरि उनले कहिल्यै बोलाएनन्,  
बदमाश बैँस, जसलाई फेरि उनले कहिल्यै बोलाएनन्,  
रामकान्तको निमित्त कस्तो छापको ज्वालाजस्तो थियो । कति राम्रो,  
रामकान्तको निमित्त कस्तो छापको ज्वालाजस्तो थियो । कति राम्रो,  
कति छिटो, कति मिठो ! आँखाले गिज्याउँथ्यो हाँसोको पहिलो  
कति छिटो, कति मिठो ! आँखाले गिज्याउँथ्यो हाँसोको पहिलो  
बाग मात्र नानीको चमचमिलो चमकबाट छोडेर । बराबर मेनका  
बाग मात्र नानीको चमचमिलो चमकबाट छोडेर । बराबर मेनका  
नाचे झैं वस्तुहरुको घरेलु वनमा नाचेर हिंड्दथ्यो । उसको  
नाचेझैं वस्तुहरुको घरेलु वनमा नाचेर हिँड्दथ्यो । उसको  
लचक, उसको लोचन, उसको पुष्टता हाँकदार लचकता । कति बेसरम  
लचक, उसको लोचन, उसको पुष्टता हाँकदार विकचता । कति बेसरम  
रमाइलो मिठास ! मानौं मनुष्य उसको बागमा फूल थिई— शिखर  
रमाइलो मिठास ! मानौँ मनुष्य उसको बागमा फूल थिई— शिखर  
सौन्दर्यमा— र त्यही रुपको पुनरुत्पादन र अमरत्वको सङ्केतका  
सौन्दर्यमा— र त्यही रुपको पुनरुत्पादन र अमरत्वको सङ्केतका  
निमित्त त्यसको पूर्ण आत्मविकासका सजीव क्रिया चलिरहन्थे— मानौं
निमित्त त्यसको पूर्ण आत्मविकासका सजीव क्रिया चलिरहन्थे— मानौँ
पुष्पवनमा ।
पुष्पवनमा ।


Line 24: Line 24:
नपरेको हुनुभन्दा उत्तम छ ।"
नपरेको हुनुभन्दा उत्तम छ ।"


उनका भावनालहरी फेरि प्रेमतर्फ लहसिन लागे "वैरागीहरुको
उनका भावनालहरी फेरि प्रेमतर्फ लहसिन लागे "वैरागीहरूको
फुस्रो आँसु यस दुनियाँको प्रकृतिउपर ! उनको अस्वाभाविक  
फुस्रो आँसु यस दुनियाँको प्रकृतिक्रियाउपर ! उनको अस्वाभाविक  
कामनिन्दा ! कामदेव नै संसारको सच्चा राजा हो जब प्रथम कामको  
कामनिन्दा ! कामदेव नै संसारको सच्चा राजा हो जब प्रथम कामको  
स्पन्दनमै ब्रह्माबाट पनि संसार रचना भएन । प्रेम प्रकृतक्रिया हो ।  
स्पन्दनमै ब्रह्माबाट पनि संसार रचना भएन । प्रेम प्रकृतक्रिया हो ।  
भाले–पोथी, भाले–पोथी "यहाँभन्दा दुनियाँमा अर्को के छ ?  
भाले–पोथी, पोथी-भाले यहाँभन्दा दुनियाँमा अर्को के छ ?  
... पशुपति–गुह्येश्वरी, गुह्येश्वरी–पशुपति । कि जाने  
…पशुपति–गुह्येश्वरी, गुह्येश्वरी–पशुपति । कि जाने  
शङ्कराचार्यले जीवनको रहस्य कि जाने सिग्मन्ड फ्रायडले । लिङ्ग  
शङ्कराचार्यले जीवनको रहस्य कि जाने सिग्मन्ड फ्रायडले । लिङ्ग  
दर्शन संसारको उच्चतिउच्च दर्शन हो । के हरेक मनुष्य यौनमूर्ति  
दर्शन संसारको उच्चातिउच्च दर्शन हो । के हरेक मनुष्य यौनमूर्ति  
होइन ? पर्दाभित्र आत्मा भनेकै त्यही हो । जीवन संवर्द्धनको क्रियाको
होइन ? पर्दाभित्र आत्मा भनेकै त्यही हो । जीवन संवर्द्धनको क्रियाको

Latest revision as of 10:23, 20 June 2025

This page has been proofread

उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे । कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर स्नान गर्ने आदत बसाले ।

एक दिन रमादेवीले थाहा पाइन् । धारामा गएर कोही मानिस बार्‍ह बजे राति नुहाउन लागिरहेछ । यो के गजव ! रहेछ आफ्नो छोरो । हप्काइन्— "बदमाश ! उल्लु ! के गरिरहेको यस बेला ? उनी मरेकी थिइन् र ? माउसुलीले छोयो रे ? फटाहा ! अवश्य यसले देवीको साधना गर्न लागेको हुनुपर्दछ ।"

बदमाश बैँस, जसलाई फेरि उनले कहिल्यै बोलाएनन्, रामकान्तको निमित्त कस्तो छापको ज्वालाजस्तो थियो । कति राम्रो, कति छिटो, कति मिठो ! आँखाले गिज्याउँथ्यो हाँसोको पहिलो बाग मात्र नानीको चमचमिलो चमकबाट छोडेर । बराबर मेनका नाचेझैं वस्तुहरुको घरेलु वनमा नाचेर हिँड्दथ्यो । उसको लचक, उसको लोचन, उसको पुष्टता हाँकदार विकचता । कति बेसरम रमाइलो मिठास ! मानौँ मनुष्य उसको बागमा फूल थिई— शिखर सौन्दर्यमा— र त्यही रुपको पुनरुत्पादन र अमरत्वको सङ्केतका निमित्त त्यसको पूर्ण आत्मविकासका सजीव क्रिया चलिरहन्थे— मानौँ पुष्पवनमा ।

एक दिन रामकान्तले टेनिसनको एक कवितात्मक पङ्क्ति पढे, "एकबाजि प्रेम गरेको हुनु र गुमाएको हुनु कहिले पनि प्रेममा नपरेको हुनुभन्दा उत्तम छ ।"

उनका भावनालहरी फेरि प्रेमतर्फ लहसिन लागे "वैरागीहरूको फुस्रो आँसु यस दुनियाँको प्रकृतिक्रियाउपर ! उनको अस्वाभाविक कामनिन्दा ! कामदेव नै संसारको सच्चा राजा हो जब प्रथम कामको स्पन्दनमै ब्रह्माबाट पनि संसार रचना भएन । प्रेम प्रकृतक्रिया हो । भाले–पोथी, पोथी-भाले यहाँभन्दा दुनियाँमा अर्को के छ ? …पशुपति–गुह्येश्वरी, गुह्येश्वरी–पशुपति । कि जाने शङ्कराचार्यले जीवनको रहस्य कि जाने सिग्मन्ड फ्रायडले । लिङ्ग दर्शन संसारको उच्चातिउच्च दर्शन हो । के हरेक मनुष्य यौनमूर्ति होइन ? पर्दाभित्र आत्मा भनेकै त्यही हो । जीवन संवर्द्धनको क्रियाको