Jump to content

Page:Champa.pdf/39: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
छलछाम लुकाउनको कोसिसले गरेको अप्राकृतता स्वामीजीको  
छलछाम लुकाउनको कोशिशसले गरेको अप्राकृतता स्वामीजीको  
सामुन्ने छाइरहेको थियो ।
सामुन्ने छाइरहेको थियो ।


चम्पा बिलकुल लाटीजस्ती भएर, खसक्क परेर, पतिदेवको अगाडि  
चम्पा बिलकुल लाटीजस्ती भएर, खसक्क परेर, पतिदेवको अगाडि  
जमिनमा आँखा झुकाएर खडारहिन्
जमिनमा आँखा झुकाएर खडा रहिन्


उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो  
उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो  
‌‌रोबर्ट मन्टगोमेरीको समालोचनालार्ड मेकालेले गरेका छन् ।  
‌‌रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन् ।  
तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी  
तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी  
उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोशाक राखे । उनको  
उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोशाक राखे । उनको  
हातबाट एक–एक पोशाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा,  
हातबाट एक, एक पोशाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा,  
खुट्टीमा तन्दुरुस्त राखिदिइन् । तब आफ्नो बढ्ता काम या सेवाको  
खुट्टीमा तन्दुरुस्त राखिदिइन् । तब आफ्नो बढ्ता काम या सेवाको  
आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको  
आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको  
पलेंटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।
पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।


जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ  
जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ  
जान लाग्या" ? बस न एकछिन । मसँग रिसाएर हो कि ? किन आज केही  
जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर हो कि ? किन आज केही  
पनि नबोलेकी ?"
पनि नबोलेकी ?"


चम्पाले फर्केर मसिनो स्वरले भनिन्, "नदोल्दा त यस्तो छ  
चम्पाले फर्केर मसिनो स्वरले भनिन्, "नबोल्दा त यस्तो छ  
आर्कालाई । म जाऊँ क्यार !"
आर्कालाई । म जाऊँ क्यार !"


Line 25: Line 25:
त ! ठकुरीकी छोरी भन्नु मात्र हो, मेरो आदर्श च्यान्टा भए पनि यिनी  
त ! ठकुरीकी छोरी भन्नु मात्र हो, मेरो आदर्श च्यान्टा भए पनि यिनी  
कमसेकम उच्च सौन्दर्य हुन सक्ने मूर्ति छिन् । मेरो आदर्शमा  
कमसेकम उच्च सौन्दर्य हुन सक्ने मूर्ति छिन् । मेरो आदर्शमा  
मेरै च्यान्टापनाको प्रभाव अङ्कित छ । यो उनको भुल होइन । तर  
मेरै च्यान्टापनाको प्रभाव अङ्कित छ । यो उनको भूल होइन । तर  
टिबी हो पाहुना । टिबी ! तँ मेरो सर्वस्व खान आएर करबल  
टि.बी. हो पाहुना । टि.बी. ! तँ मेरो सर्वस्व खान आएर करबल  
आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरो उपर विजय  
आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरो उपर विजय  
प्राप्त गरें । तँ अब मलाई मार्न सक्तैनस् ।"
प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।"


उनका तरङ्गका मूक क्षणमा चम्पादेवीले खुब तिखो नजर  
उनका तरङ्गका मूक क्षणमा चम्पादेवीले खूब तीखो नजर  
लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर  
लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर  
मुखरेखाले अन्तर्भाव खुब पढ्न खोजिन् । उनले सम्झिन्— "यी  
मुखरेखाले अन्तर्भाव खूब पढ्न खोजिन् । उनले सम्झिन्— "यी  
पुरुष चिन्तनशील छन् आज सायद आफ्नो बिमारीको विषयमा सायद उनलाई  
पुरुष चिन्तनशील छन् आज सायद आफ्नो बिमारीको विषयमा सायद उनलाई  
आमा चिढ्याउनदेखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर
आमा चिढ्याउनदेखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर

Latest revision as of 10:09, 20 June 2025

This page has been proofread

छलछाम लुकाउनको कोशिशसले गरेको अप्राकृतता स्वामीजीको सामुन्ने छाइरहेको थियो ।

चम्पा बिलकुल लाटीजस्ती भएर, खसक्क परेर, पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर खडा रहिन् ।

उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो ‌‌रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन् । तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोशाक राखे । उनको हातबाट एक, एक पोशाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा, खुट्टीमा तन्दुरुस्त राखिदिइन् । तब आफ्नो बढ्ता काम या सेवाको आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।

जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर हो कि ? किन आज केही पनि नबोलेकी ?"

चम्पाले फर्केर मसिनो स्वरले भनिन्, "नबोल्दा त यस्तो छ आर्कालाई । म जाऊँ क्यार !"

रामकान्तले आफ्नी पत्नीको सौन्दर्य र शीलको मनमन प्रशस्त कदर गरिरहेका थिए— "निर्दोष, यति सुन्दरी, यति बेकसूरवाला छिन् त ! ठकुरीकी छोरी भन्नु मात्र हो, मेरो आदर्श च्यान्टा भए पनि यिनी कमसेकम उच्च सौन्दर्य हुन सक्ने मूर्ति छिन् । मेरो आदर्शमा मेरै च्यान्टापनाको प्रभाव अङ्कित छ । यो उनको भूल होइन । तर टि.बी. हो पाहुना । टि.बी. ! तँ मेरो सर्वस्व खान आएर करबल आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरो उपर विजय प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।"

उनका तरङ्गका मूक क्षणमा चम्पादेवीले खूब तीखो नजर लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर मुखरेखाले अन्तर्भाव खूब पढ्न खोजिन् । उनले सम्झिन्— "यी पुरुष चिन्तनशील छन् आज सायद आफ्नो बिमारीको विषयमा सायद उनलाई आमा चिढ्याउनदेखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर