Page:Tarun tapasi.pdf/70: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated |
Latest revision as of 16:08, 14 June 2025
This page has been validated
१६
चरा, मौरी, कीट, भ्रमर, पुतली-पूर्ण पगरी
भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि ।
खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा
भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्ग-रसमा ॥
१७
विचारी बिस्तारै अशनरुचि वा भोक सबको
हवा गर्थ्यो सारा उचित बँटवारा विभवको ।
म झुल्थेँ त्यो देखी मनमन बडो गद्गद बनी
तपस्याको राम्रै अब सफल भो साहस भनी ॥
१८
सबै आये, खाये, प्रणयसित गाये गुण पनि
रमाये, फैलाये सुयश तपसी धन्य छ ! भनी ।
तपस्याको मेरो अमृतमय चिल्लो घन-घटा
फुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा ॥