Jump to content

Page:Laxmi nibandhasangraha.pdf/7: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
एक किसिमको धूर्त बदमाश ठिटो हो- जो सडकमा हिंड्दा कहिले-
एक किसिमको धूर्त बदमाश ठिटो हो– जो सडकमा हिंड्दा कहिले-
कहिले ढुङ्गा हान्छ, कतै-कतै आनन्दले फुलेर हेर्दछ, तर घोरिँदैन-पाठघोकुवा,
कहिले ढुङ्गा हान्छ, कतै-कतै आनन्दले फुलेर हेर्दछ, तर घोरिदैन-पाठघोकुवा,
'हलन्ते'को मिजाजले । यो एक किसिमको मनको जालीले जगत्मा
'हलन्ते'को मिजाजले । यो एक किसिमको मनको जालीले जगत्‌मा
लहडी माछा मार्ने कला हो । यो टेबिल-गफ हो, चश्मादार अध्यापकको
लहडी माछा मार्ने कला हो । यो टेबिल-गफ हो, चश्मादार अध्यापकको
व्याख्यान होइन, न त वमन-वेदान्त । यसमा ठर्रोपना हुँदैन, यो लच्किन्छ
व्याख्यान होइन, न त वमन-वेदान्त । यसमा ठर्रोपना हुँदैन, यो लच्किन्छ
र घनिष्ठतातिर ओर्लिन्छ । चुरोट खाँदै साथीभाइसँग चुट्किलो जेहेन
र घनिष्ठतातिर ओर्लिन्छ । चुरोट खाँदै साथीभाइसँग चुट्किलो जेहेन
देखाउने ताश गञ्जिफा गफजस्तो यो प्रबन्ध हलुका क्षणको शङ्गार हो ।
देखाउने ताश गञ्जिफा गफजस्तो यो प्रबन्ध हलुका क्षणको शृङ्गार हो ।
रमरम बुद्धि मात्रको दावा राख्तछ । यो मूर्ख हुनुमा घिनाउँदैन यदि
रमरम बुद्धि मात्रको दावा राख्तछ । यो मूर्ख हुनुमा घिनाउँदैन यदि
मूर्खतामा पनि एक किसिमको साहित्यक रस भरिएर विनोदकारी बनोस्‌ ।
मूर्खतामा पनि एक किसिमको साहित्यक रस भरिएर विनोदकारी बनोस्‌ ।


यस किसिमको रचना नेपालीमा प्रचलित नभएकोले मैले यसतर्फ
यस किसिमको रचना नेपालीमा प्रचलित नभएकोले मैले यसतर्फ
हातको कुतकुती नोकदार कलमले चुद्किलो तवरसँग मार्ने एउटा मीठो
हातको कुतकुती नोकदार कलमले चुट्किलो तवरसँग मार्ने एउटा मीठो
प्रयत्न गर्न खोजेको हुँ। म कति मात्रामा सफल बनेको छु त्यो ता
प्रयत्न गर्न खोजेको हुँ । म कति मात्रामा सफल बनेको छु, त्यो ता
पाठकवर्गको युग-युगको समालोचनाले अन्दाज दिँदै जाला, तर म
पाठकवर्गको युग-युगको समालोचनाले अन्दाज दिंदै जाला, तर म
हरएक दिन आफूसँग मीठो गफ गर्दै तृप्त भएको थिएँ- त्यस ठाउँमा
हरएक दिन आफूसँग मीठो गफ गर्दै तृप्त भएको थिएँ– त्यस ठाउँमा
जहाँ चिसो मेचमा ठण्डा कलम कोरेर मानिसहरू साहित्य लेख्ने गर्दछन्‌-
जहाँ चिसो मेचमा ठण्डा कलम कोरेर मानिसहरू साहित्य लेख्ने गर्दछन्‌–
याने भाषानुवाद-परिषद्‌ अड्डामा । तर यी विषय अह्डाका थिएनन्‌, म
याने भाषानुवाद-परिषद्‌ अड्डामा । तर यी विषय अड्डाका थिएनन्‌, म
स्वतन्त्रताको बगदादी कारपेटमा बसेर प्रबन्धरानीलाई हावामा उडाइरहेको
स्वतन्त्रताको बगदादी कारपेटमा बसेर प्रबन्धरानीलाई हावामा उडाइरहेको
थिएँ । अनुभवबाट अतीत तथा वर्तमान मैले छानवीन गर्दै रसिला
थिएँ । अनुभवबाट अतीत तथा वर्तमान मैले छानवीन गर्दै रसिला
चीजहरूको नाश्ता बनाएँ- या चमेना- अल्छी कोठरीमा हलुका
चीजहरूको नाश्ता बनाएँ- या चमेना- अल्छी कोठरीमा हलुका
पाठकवर्गका डफ्फा बोलाएँ- केही छैन सादा आलु-तामा ।
पाठकवर्गका डफ्फा बोलाएँ– केही छैन सादा आलु-तामा ।


{{Right|'''लक्ष्मीप्रसाद'''}}
{{Right|'''लक्ष्मीप्रसाद'''}}

Latest revision as of 21:52, 7 February 2025

This page has been proofread

एक किसिमको धूर्त बदमाश ठिटो हो– जो सडकमा हिंड्दा कहिले- कहिले ढुङ्गा हान्छ, कतै-कतै आनन्दले फुलेर हेर्दछ, तर घोरिदैन-पाठघोकुवा, 'हलन्ते'को मिजाजले । यो एक किसिमको मनको जालीले जगत्‌मा लहडी माछा मार्ने कला हो । यो टेबिल-गफ हो, चश्मादार अध्यापकको व्याख्यान होइन, न त वमन-वेदान्त । यसमा ठर्रोपना हुँदैन, यो लच्किन्छ र घनिष्ठतातिर ओर्लिन्छ । चुरोट खाँदै साथीभाइसँग चुट्किलो जेहेन देखाउने ताश गञ्जिफा गफजस्तो यो प्रबन्ध हलुका क्षणको शृङ्गार हो । रमरम बुद्धि मात्रको दावा राख्तछ । यो मूर्ख हुनुमा घिनाउँदैन यदि मूर्खतामा पनि एक किसिमको साहित्यक रस भरिएर विनोदकारी बनोस्‌ ।

यस किसिमको रचना नेपालीमा प्रचलित नभएकोले मैले यसतर्फ हातको कुतकुती नोकदार कलमले चुट्किलो तवरसँग मार्ने एउटा मीठो प्रयत्न गर्न खोजेको हुँ । म कति मात्रामा सफल बनेको छु, त्यो ता पाठकवर्गको युग-युगको समालोचनाले अन्दाज दिंदै जाला, तर म हरएक दिन आफूसँग मीठो गफ गर्दै तृप्त भएको थिएँ– त्यस ठाउँमा जहाँ चिसो मेचमा ठण्डा कलम कोरेर मानिसहरू साहित्य लेख्ने गर्दछन्‌– याने भाषानुवाद-परिषद्‌ अड्डामा । तर यी विषय अड्डाका थिएनन्‌, म स्वतन्त्रताको बगदादी कारपेटमा बसेर प्रबन्धरानीलाई हावामा उडाइरहेको थिएँ । अनुभवबाट अतीत तथा वर्तमान मैले छानवीन गर्दै रसिला चीजहरूको नाश्ता बनाएँ- या चमेना- अल्छी कोठरीमा हलुका पाठकवर्गका डफ्फा बोलाएँ– केही छैन सादा आलु-तामा ।

लक्ष्मीप्रसाद