Jump to content

Page:Prometheus.pdf/127: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(२०)}}
"ढुम्क्रहरूसँग लगाई मितेरी मन-मीठो
शीतल, रवि-वारक बुट्टे पल्लवछद
मधुर नीडमा मेरो हरित एकलासको
बसन्त-प्रिय कुर्लन । भारत चराको उच्च,
समुच्च, अगोचर प्रात पक्षमा उड्डीन म
उदगार्दछु सुवर्णराग बादली एकान्तमा ।
खसाल्दछु, स्वर्ग अभिलषित, बेलहर
चिरकामुक जलउरमा- निर्मल, निर्मल ।
एक पाषाणमा गई बसेँ द्र भारतमा
मूर्ति पुजारी गद्गद छोडी पंच-प्राण गिच्यो ।
भ्रै घधर्महरूको मूल, तिनकी मानव मुहान ।


{{pcn|(२१)}}
"म पार्दछ पागल विश्वविस्मृत हृदय
मानवको । यस संसारभित्र बनाउँछु :
एक नवीन संसार ! मेरो जादूले संस्पृष्ट
देख्दछ केही अन्तर दृगले जो निभ्दैन कहीं
युग, युग-स्वतंत्रता, सुन्दरताहरू सब
मेरा हुन्‌ केवल जादूका रुचिर हतियार ।
प्रमिथस्‌ ! ए मानवतामा देख्ने मलाई
छर्लङ्ग, पूर्ण...कसर अफाली सकल क्लेशको
हेर्नोस्‌ मेरौ मादक, विश्वव्यापक सुन्दर मुहार ।"
{{pcn|(२२)}}
प्रमिथसले जब हेरै पलक उचाली
भृपतित, देखे दिव्य बदन । एक स्लकमा
शीतल दिल भो उनको, जसरी चाँदनी
साउनी तीतर पंखबाट किनार मृस्कुरी
अपूर्व दरर्शित भू-थलमा अप्राप्य, असाधारण,
पावस चमकले चहकीली महाश्वेत रौप्य
अमृतले माकिएकैँ चम्कित्छिन्‌, चकित पारी
दर्शक हृदय, अभ्रका पृष्ठ-भूमिमा विभेदले
अत्युज्वला...सिमलको संसारमा साउनको,
त्यसरी चम्कियो प्रणयेशवरीको मुख-मंडल ।
{{pcn|(२३)}}
"हे प्रेमदेवी !" बोले प्रमिथस त्यस बेला,
जब ककेससीय नील गिरिमालामा पूर्व
गाढा बन्दो अन्धकारकन उपहास गर्दी
हास्यमुखी कौमुदी सक्रम सबला बन्दै आइन्‌ ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 16:53, 22 June 2025

This page has not been proofread

(२०)
"ढुम्क्रहरूसँग लगाई मितेरी मन-मीठो
शीतल, रवि-वारक बुट्टे पल्लवछद
मधुर नीडमा मेरो हरित एकलासको
बसन्त-प्रिय कुर्लन । भारत चराको उच्च,
समुच्च, अगोचर प्रात पक्षमा उड्डीन म
उदगार्दछु सुवर्णराग बादली एकान्तमा ।
खसाल्दछु, स्वर्ग अभिलषित, बेलहर
चिरकामुक जलउरमा- निर्मल, निर्मल ।
एक पाषाणमा गई बसेँ द्र भारतमा
मूर्ति पुजारी गद्गद छोडी पंच-प्राण गिच्यो ।
भ्रै घधर्महरूको मूल, तिनकी मानव मुहान ।

(२१)
"म पार्दछ पागल विश्वविस्मृत हृदय
मानवको । यस संसारभित्र बनाउँछु :
एक नवीन संसार ! मेरो जादूले संस्पृष्ट
देख्दछ केही अन्तर दृगले जो निभ्दैन कहीं
युग, युग-स्वतंत्रता, सुन्दरताहरू सब
मेरा हुन्‌ केवल जादूका रुचिर हतियार ।
प्रमिथस्‌ ! ए मानवतामा देख्ने मलाई
छर्लङ्ग, पूर्ण...कसर अफाली सकल क्लेशको
हेर्नोस्‌ मेरौ मादक, विश्वव्यापक सुन्दर मुहार ।"

(२२)
प्रमिथसले जब हेरै पलक उचाली
भृपतित, देखे दिव्य बदन । एक स्लकमा
शीतल दिल भो उनको, जसरी चाँदनी
साउनी तीतर पंखबाट किनार मृस्कुरी
अपूर्व दरर्शित भू-थलमा अप्राप्य, असाधारण,
पावस चमकले चहकीली महाश्वेत रौप्य
अमृतले माकिएकैँ चम्कित्छिन्‌, चकित पारी
दर्शक हृदय, अभ्रका पृष्ठ-भूमिमा विभेदले
अत्युज्वला...सिमलको संसारमा साउनको,
त्यसरी चम्कियो प्रणयेशवरीको मुख-मंडल ।

(२३)
"हे प्रेमदेवी !" बोले प्रमिथस त्यस बेला,
जब ककेससीय नील गिरिमालामा पूर्व
गाढा बन्दो अन्धकारकन उपहास गर्दी
हास्यमुखी कौमुदी सक्रम सबला बन्दै आइन्‌ ।