Jump to content

Page:Laxmi nibandhasangraha.pdf/6: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:


यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक
यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक
लिएर चहकिला बनेका होलान्‌ कि भन्ने आशा राखेको छु। कहीँ
लिएर चहकिला बनेका होलान्‌ कि भन्ने आशा राखेको छु । कहीं
प्रबन्धमित्र आफैं घुसेको छु- व्यक्तित्वको रङ रँगाएर आफूलाई चिन्न
प्रबन्धमित्र आफैं घुसेको छु– व्यक्तित्वको रङ रँगाएर आफूलाई चिन्न
तथा चिनाउनको लागि । कहीँ आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको
तथा चिनाउनको लागि । कहीं आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको
नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने
नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने
छन्‌- चित्रात्मक वर्णनहरू- जहाँ गद्यचित्रकार बनेर रङ र छायाद्वारा
छन्‌– चित्रात्मक वर्णनहरू– जहाँ गद्यचित्रकार बनेर रङ र छायाद्वारा
बस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ । पाइनेछन्‌ यहाँ समालोचना
वस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ । पाइनेछन्‌ यहाँ समालोचना
पनि- जहाँ मानबबुद्धि अरूका कृतिउपर आफ्नो बिवेकशक्तिलाई लहडी
पनि– जहाँ मानवबुद्धि अरूका कृतिउपर आफ्नो विवेकशक्तिलाई लहडी
आनन्दका समयमा तिखार्छ । यहाँ गफ पनि छन्‌ जसको आत्म-अनुभवलाई
आनन्दका समयमा तिखार्छ । यहाँ गफ पनि छन्‌ जसको आत्म-अनुभवलाई
रसिलो रङिलो बनाएर, बढाएर वा घटाएर समेत श्रोतृवर्गका सामुन्ने
रसिलो रङिलो बनाएर, बढाएर वा घटाएर समेत श्रोतृवर्गका सामुन्ने
रुचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो । यी प्रबन्धमा
रुचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो । यी प्रबन्धमा
म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पना-
म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पना-
प्राचुर्य र कबिताशक्ति धेरै ठाउँमा स्पष्टतया झल्किरहेका होलान्‌ ।
प्राचुर्य र कविताशक्ति धेरै ठाउँमा स्पष्टतया झल्किरहेका होलान्‌ ।
मर्दगद्य लेख्न अरूहरू आउनेछन्‌ तर यहाँ शायद पोथी-गुण होला- एक
मर्दगद्य लेख्न अरूहरू आउनेछन्‌ तर यहाँ शायद पोथी-गुण होला– एक
किसिमको रङ्गीचङ्गीपन मनपर्ने सजीव कोमलता जो बौद्धिक शक्तिहरूसँग
किसिमको रङ्गीचङ्गीपन मनपर्ने सजीव कोमलता जो बौद्धिक शक्तिहरूसँग
भन्दा हार्दिक कोमलतासँग सम्बन्ध राख्तछ । मैले 'श्रीगणेशाय नम? मा
भन्दा हार्दिक कोमलतासँग सम्बन्ध राख्तछ । मैले 'श्रीगणेशाय नमः' मा
नै भनिसकेको छु रौंचिरा दर्शन होइन; न हो पाण्डित्य-दर्शनको ठ्यासफु !
नै भनिसकेको छु रौंचिरा दर्शन होइन; न हो पाण्डित्य-दर्शनको ठ्यासफु !
यसमा गृहीत विषयलाई सर्वदृष्टिकोण समीक्षणको जरूरत छैन । यो
यसमा गृहीत विषयलाई सर्वदृष्टिकोण समीक्षणको जरूरत छैन । यो

Latest revision as of 21:44, 7 February 2025

This page has been proofread
भूमिका

'कभर्ली पत्र'मा मिष्टर आडिसन साहेबले भूमिकाको परिचायक महत्त्वलाई झल्काएर आफ्नो परिचय पाठकलाई दिएको तवरले मैले यो भूमिका लेख्ने काम गर्नु मलाई ठीक लागेन । कारण, मेरो परिचय मेरै प्रबन्धहरूले साफसँग त्यस पाठकलाई दिनेछन्‌, जो सच्चा श्रद्धाको आँखा लगाएर तिनलाई पंक्तिका बीचबीचमा पढ्नेछ ।

यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका होलान्‌ कि भन्ने आशा राखेको छु । कहीं म प्रबन्धमित्र आफैं घुसेको छु– व्यक्तित्वको रङ रँगाएर आफूलाई चिन्न तथा चिनाउनको लागि । कहीं आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने छन्‌– चित्रात्मक वर्णनहरू– जहाँ गद्यचित्रकार बनेर रङ र छायाद्वारा वस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ । पाइनेछन्‌ यहाँ समालोचना पनि– जहाँ मानवबुद्धि अरूका कृतिउपर आफ्नो विवेकशक्तिलाई लहडी आनन्दका समयमा तिखार्छ । यहाँ गफ पनि छन्‌ जसको आत्म-अनुभवलाई रसिलो रङिलो बनाएर, बढाएर वा घटाएर समेत श्रोतृवर्गका सामुन्ने रुचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो । यी प्रबन्धमा म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पना- प्राचुर्य र कविताशक्ति धेरै ठाउँमा स्पष्टतया झल्किरहेका होलान्‌ । मर्दगद्य लेख्न अरूहरू आउनेछन्‌ तर यहाँ शायद पोथी-गुण होला– एक किसिमको रङ्गीचङ्गीपन मनपर्ने सजीव कोमलता जो बौद्धिक शक्तिहरूसँग भन्दा हार्दिक कोमलतासँग सम्बन्ध राख्तछ । मैले 'श्रीगणेशाय नमः' मा नै भनिसकेको छु रौंचिरा दर्शन होइन; न हो पाण्डित्य-दर्शनको ठ्यासफु ! यसमा गृहीत विषयलाई सर्वदृष्टिकोण समीक्षणको जरूरत छैन । यो