Page:Prometheus.pdf/80: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
आफ्ना कलाका हतियार लिई धारिला | |||
पार्श्बमा छन् खडा । उनका करमा छन् | |||
फलामे अंकुश, जसले चतुर ढंगसँग | |||
जकडिनेछन् युग, पुग वीर ती प्रमिथस । | |||
{{pcn|(७)}} | |||
क्राटोसमा कषणा छैन । क्रुर, कूर छन् नजर | |||
उनका, बिलकुल दयाहीन ! ती शक्ति-सिद्धान्तीको | |||
कडा छ दिल, हृदय कठोर ! ढीँडे अफिसर कैँ | |||
मालिक पुजारी ती अन्ध छन्, न्यायविचारविहीन | |||
केबल प्रभुआज्ञा-पालन उनको धर्म्म छ, | |||
मर्म्महीन जस्तो गर्दछ यंत्रले लोहनिर्म्मित । | |||
{{pcn|(८)}} | |||
तर हेफिस्टस अनलदेबको मुहार छ कोमल | |||
उनको अन्त;करणमा लाग्दछ एउटा किरकिर । | |||
न्यायविहीन जिउस-देवको यो शक्ति-प्रदर्शन | |||
भयंकर, शाक्त्यन्ध क्रुर ! के एक देवले अर्कोमा | |||
शक्ति प्रदर्शन गर्नु यसरी लायक हो कर्म्म ? | |||
चूली चढेपछि सब गिज्याउन खोज्छन् अरूलाई । | |||
केबल शक्तिको अन्धमात यो ! यसमा न्याय कहाँ ? | |||
{{pcn|(९)}} | |||
त्यस्ता शतमुखी प्रतिभा, गम्भीर ज्ञानवान्, | |||
परोपकारमा अनुरक्त, त्यस्ता लोकप्रशस्य महावीर । | |||
उच्चादर्शी प्रमिथसलाई यसरी अन्यायमा | |||
अन्धो बज्न चड्करिएझैं शिखरउपर | |||
केबल उच्चताको प्रतिकारी ! ...जिउस चड्कन् | |||
दुष्ट सम्राद् स्वर्गका ती नीतिपथमा थिएनन् । | |||
स्वेच्छा नीति बनाउनु, चकनाचर गराउन | |||
आफूभन्दा तल रहेकालाई, एक झूठो ज्वर हो | |||
प्रदर्शनाभिलाषी कुर, फूठ नुपहरूको ! | |||
{{pcn|(१०)}} | |||
यस्ता विचार गरीकन कोमल-बदन हेफिस्टस | |||
पएमिथसको तृषार-ओजी तर अभ्रछाय | |||
ललाट उच्चमा हेरी, कषण, करुण भए । | |||
अन्यायदलित महापुरुषत्बउपर | |||
न्यायाधीशहरू स्वर्गका जसरी हेर्ने गर्छन् | |||
चुक्चुकाई भित्र, भित्र यस वसुन्धरामा । | |||
{{pcn|(११)}} | |||
देखी हेफिस्टसको करुण मनोवत्ति दुर्बल, | |||
तथा एक बदलीदार लापर्वाही हुकुमको, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
आफ्ना कलाका हतियार लिई धारिला
पार्श्बमा छन् खडा । उनका करमा छन्
फलामे अंकुश, जसले चतुर ढंगसँग
जकडिनेछन् युग, पुग वीर ती प्रमिथस ।
(७)
क्राटोसमा कषणा छैन । क्रुर, कूर छन् नजर
उनका, बिलकुल दयाहीन ! ती शक्ति-सिद्धान्तीको
कडा छ दिल, हृदय कठोर ! ढीँडे अफिसर कैँ
मालिक पुजारी ती अन्ध छन्, न्यायविचारविहीन
केबल प्रभुआज्ञा-पालन उनको धर्म्म छ,
मर्म्महीन जस्तो गर्दछ यंत्रले लोहनिर्म्मित ।
(८)
तर हेफिस्टस अनलदेबको मुहार छ कोमल
उनको अन्त;करणमा लाग्दछ एउटा किरकिर ।
न्यायविहीन जिउस-देवको यो शक्ति-प्रदर्शन
भयंकर, शाक्त्यन्ध क्रुर ! के एक देवले अर्कोमा
शक्ति प्रदर्शन गर्नु यसरी लायक हो कर्म्म ?
चूली चढेपछि सब गिज्याउन खोज्छन् अरूलाई ।
केबल शक्तिको अन्धमात यो ! यसमा न्याय कहाँ ?
(९)
त्यस्ता शतमुखी प्रतिभा, गम्भीर ज्ञानवान्,
परोपकारमा अनुरक्त, त्यस्ता लोकप्रशस्य महावीर ।
उच्चादर्शी प्रमिथसलाई यसरी अन्यायमा
अन्धो बज्न चड्करिएझैं शिखरउपर
केबल उच्चताको प्रतिकारी ! ...जिउस चड्कन्
दुष्ट सम्राद् स्वर्गका ती नीतिपथमा थिएनन् ।
स्वेच्छा नीति बनाउनु, चकनाचर गराउन
आफूभन्दा तल रहेकालाई, एक झूठो ज्वर हो
प्रदर्शनाभिलाषी कुर, फूठ नुपहरूको !
(१०)
यस्ता विचार गरीकन कोमल-बदन हेफिस्टस
पएमिथसको तृषार-ओजी तर अभ्रछाय
ललाट उच्चमा हेरी, कषण, करुण भए ।
अन्यायदलित महापुरुषत्बउपर
न्यायाधीशहरू स्वर्गका जसरी हेर्ने गर्छन्
चुक्चुकाई भित्र, भित्र यस वसुन्धरामा ।
(११)
देखी हेफिस्टसको करुण मनोवत्ति दुर्बल,
तथा एक बदलीदार लापर्वाही हुकुमको,