Page:Tarun tapasi.pdf/45: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
हवामा पौडन्थेँ, जुन मधुर सङ्गीत मुखमा | हवामा पौडन्थेँ, जुन मधुर सङ्गीत मुखमा | ||
::थियो, त्यस्ले तिम्रो | ::थियो, त्यस्ले तिम्रो श्रुति-विवर भर्थें म सुखमा । | ||
कठै ! वासा बस्थेँ, विजन वनका मञ्जु रुखमा | कठै ! वासा बस्थेँ, विजन वनका मञ्जु रुखमा | ||
::बिरायेँ के मैले ? किन धसिदियौ मृत्यु-मुखमा ? | ::बिरायेँ के मैले ? किन धसिदियौ मृत्यु-मुखमा ? | ||
Line 10: | Line 10: | ||
पिताको माताको प्रणय उहिल्यै कालगतिले | पिताको माताको प्रणय उहिल्यै कालगतिले | ||
::बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले । | ::बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले । | ||
थियेँ बाँकी यौटा फगत म कठै वंश-विरुवा | थियेँ बाँकी यौटा फगत म कठै ! वंश-विरुवा | ||
:: | ::सर्यो आजै मेरा उपर पनि त्यो काल सरुवा ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} |
Latest revision as of 17:44, 11 June 2025
१२
हवामा पौडन्थेँ, जुन मधुर सङ्गीत मुखमा
थियो, त्यस्ले तिम्रो श्रुति-विवर भर्थें म सुखमा ।
कठै ! वासा बस्थेँ, विजन वनका मञ्जु रुखमा
बिरायेँ के मैले ? किन धसिदियौ मृत्यु-मुखमा ?
१३
पिताको माताको प्रणय उहिल्यै कालगतिले
बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले ।
थियेँ बाँकी यौटा फगत म कठै ! वंश-विरुवा
सर्यो आजै मेरा उपर पनि त्यो काल सरुवा ॥
१४
कलीला ती साना विकल बिचरा बाल बचरा
विना चारा भोकै सब भइशके हुन् अधमरा ।
थियी साथै पोथी जुन, शिव हरे ! त्यो पनि अब
कतै गर्दी होली रुदन अथवा क्रन्दन-रव ॥
१५
दुवै भाले-पोथी हरबखत पालो गरि गरी
लगी दिन्थ्यौँ चारा विकल बचराको मुखभरी ।
अकेली सुत्केरी अब शिव हरे ! दीन बिचरी !
गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी ?
१६
अवस्था यो मेरो सहन अथवा खप्न नशकी
नजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि ?
मरी पो हाली वा प्रिय-विरहले मार्गबिचमा
पुगी वा औताई विकल बचराकै नगिचमा ॥
१७
कदाचित् त्यो मेरी प्रणय-पुतली व्याकुल बनी
रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी ।
नहाने है बाबा ! विकल बचरा हुर्कन दिये
वृथा अर्को चर्को शिशु-मरणको पाप नलिये ॥