Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/23: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
इन् ताक कवि भानुभक्ताचार्यजी स्वस्तिश्रीमद्राजकुमार
कमारात्मज श्री ३ कम्यान्‌‌डर-इन-चीफ् जनरल कृष्णबहादुर जङ्ग
राणाको चाकरी गर्दथे र विक्रमीय सम्बत्‌ १९०७ सालका बैशाख
मासमा मदेश्‌ (तराई को जागीर पाई गये तर भानुभक्त कवि ऐं
सम्वत्‌ १९०९ मा खोस्सिये र कागत्‌पत्र बुझाउन भनी नेपाल्‌
कुमारीचोक्‌मा आई कागतपत्र आफूले २ वर्ष काम्‌ गरेको खर्चा
आम्‌दानी समेत्‌को स्याह बुझाउंदा केही बांकी सर्कारिया लागेछ र ५
मैन्हासम्म कुमारीचोकमा थुनियेछन्‌ । प्रायः यस्‌ सन्सारमा जहाँ जति
प्रसिद्ध कवि हुन्‌छन्‌ इनीहरूका जीवन कथामा एक्‌ न एक्‌ कलङ्क
नलागी रहँदैन । फेरि ईश्वरका सृष्टिमा जो असल हुंछन्‌ उनीहरूमा
पनि एक्‌ न एक्‌ कलङ्क लागी रहेकै हुंछ, जस्तो- चन्द्रमाको कलङ्क,
साक्षात्‌ ईश्वरांश रूपधारी विष्णुका छातीको भृगुलान्‌छन्‌, सदाशिव
महादेवको नीलकंठ, ब्रह्माको पूजा नहनु; लक्ष्मीको चंचला हुनु ।


यस्‌ सन्सारमा स्वतंत्र रहनुजत्तिको आनन्द केही छैन । परतंत्रमा
रहनुजत्तिको दुक्ख केही छैन, उस्माथि पनि प्रायः कविहरू ता धन्‌
जन्‌ मान्‌ मर्यादा क्यै पनि नलिई केवल स्वतन्त्रतामा रहन खोज्दछन्‌ ।
भानुभक्तले यसरी ५ मैह्नासम्म थुनिदा निज कविजीका मनमा कस्तो
भयो होला, यस्को दुरुस्त बयान्‌ कलम्‌ले लेख्न सकिदैन । कदाचित्‌
एक २ घडी युग्‌ जस्ता भये हुनन्‌; भर्दिन कोठाका दलिन्‌ गनी
काट्नुपर्‍यो होला । कसै सित बोल्‌चाल्‌ होला कि भन्ने आशा सपनामा
पनि भयेन होला, कैह्लै बोल्‌चाल्‌ होस्‌ तपनि केवल बहीपत्र बुझाउँदा
भयो होला । तेस्‌ बखतको बोल्‌चाल्‌ के बोल्‌चाल्‌; बहीपत्र स्याह
कागत्‌ बुझ्नेहरूको जो मिजाज्‌ हुंछ म के लेखूँ । यसरी एक्लै बस्ता
बस्ता बडा दिक्दारीमा परी श्री ३ कम्यान्डर्‌ इन्‌चीफ जनरल
कृष्णबहादुरका हजूरमा कवि भानुभक्ताचार्यले लेखी चढाई पठाकको
श्लोक् यो हो।
{{nop}}

Latest revision as of 16:13, 20 June 2025

This page has been proofread

इन् ताक कवि भानुभक्ताचार्यजी स्वस्तिश्रीमद्राजकुमार कमारात्मज श्री ३ कम्यान्‌‌डर-इन-चीफ् जनरल कृष्णबहादुर जङ्ग राणाको चाकरी गर्दथे र विक्रमीय सम्बत्‌ १९०७ सालका बैशाख मासमा मदेश्‌ (तराई को जागीर पाई गये तर भानुभक्त कवि ऐं सम्वत्‌ १९०९ मा खोस्सिये र कागत्‌पत्र बुझाउन भनी नेपाल्‌ कुमारीचोक्‌मा आई कागतपत्र आफूले २ वर्ष काम्‌ गरेको खर्चा आम्‌दानी समेत्‌को स्याह बुझाउंदा केही बांकी सर्कारिया लागेछ र ५ मैन्हासम्म कुमारीचोकमा थुनियेछन्‌ । प्रायः यस्‌ सन्सारमा जहाँ जति प्रसिद्ध कवि हुन्‌छन्‌ इनीहरूका जीवन कथामा एक्‌ न एक्‌ कलङ्क नलागी रहँदैन । फेरि ईश्वरका सृष्टिमा जो असल हुंछन्‌ उनीहरूमा पनि एक्‌ न एक्‌ कलङ्क लागी रहेकै हुंछ, जस्तो- चन्द्रमाको कलङ्क, साक्षात्‌ ईश्वरांश रूपधारी विष्णुका छातीको भृगुलान्‌छन्‌, सदाशिव महादेवको नीलकंठ, ब्रह्माको पूजा नहनु; लक्ष्मीको चंचला हुनु ।

यस्‌ सन्सारमा स्वतंत्र रहनुजत्तिको आनन्द केही छैन । परतंत्रमा रहनुजत्तिको दुक्ख केही छैन, उस्माथि पनि प्रायः कविहरू ता धन्‌ जन्‌ मान्‌ मर्यादा क्यै पनि नलिई केवल स्वतन्त्रतामा रहन खोज्दछन्‌ । भानुभक्तले यसरी ५ मैह्नासम्म थुनिदा निज कविजीका मनमा कस्तो भयो होला, यस्को दुरुस्त बयान्‌ कलम्‌ले लेख्न सकिदैन । कदाचित्‌ एक २ घडी युग्‌ जस्ता भये हुनन्‌; भर्दिन कोठाका दलिन्‌ गनी काट्नुपर्‍यो होला । कसै सित बोल्‌चाल्‌ होला कि भन्ने आशा सपनामा पनि भयेन होला, कैह्लै बोल्‌चाल्‌ होस्‌ तपनि केवल बहीपत्र बुझाउँदा भयो होला । तेस्‌ बखतको बोल्‌चाल्‌ के बोल्‌चाल्‌; बहीपत्र स्याह कागत्‌ बुझ्नेहरूको जो मिजाज्‌ हुंछ म के लेखूँ । यसरी एक्लै बस्ता बस्ता बडा दिक्दारीमा परी श्री ३ कम्यान्डर्‌ इन्‌चीफ जनरल कृष्णबहादुरका हजूरमा कवि भानुभक्ताचार्यले लेखी चढाई पठाकको श्लोक् यो हो।