Page:Shakuntala.pdf/357: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
झिझिल् | झिझिल् झिल्झिल् गर्दै अब सुरहरू जन्मन गए । | ||
::सबै जोडी भन्छन् कर 'जय स्वयम्भो जय ! जय !' | ::सबै जोडी भन्छन् कर 'जय स्वयम्भो जय ! जय !' | ||
सबै आँखा मिच्दा कर दुइ जुटेका सुर उठे । | सबै आँखा मिच्दा कर दुइ जुटेका सुर उठे । | ||
:: | ::गिर्यो पर्दा लामो जलदसरिको श्यामलपट ॥ | ||
{{pcn|(२०६)}} | {{pcn|(२०६)}} | ||
झर्यो राम्रो दोस्रो पट हरि थिए ध्यानसहित । | |||
::फुकी आयो यौटा कमल दिलको स्वप्नसहित ॥ | ::फुकी आयो यौटा कमल दिलको स्वप्नसहित ॥ | ||
त्यहाँ गाना जस्तो मधुर रसले बान्किन गई । | त्यहाँ गाना जस्तो मधुर रसले बान्किन गई । | ||
::उठिन् लक्ष्मी ब्यूँझी | ::उठिन् लक्ष्मी ब्यूँझी हँसमुख प्रभा झैं विभवकी ॥ | ||
{{pcn|(२०७)}} | {{pcn|(२०७)}} | ||
तिनी 'खै खै' भन्दै हरि बिउँझिए हात दुइका । | तिनी 'खै खै' भन्दै हरि बिउँझिए हात दुइका । | ||
::इशारा फैलाई | ::इशारा फैलाई तब निकट देखेर कमला ॥ | ||
"तिमी मेरी माया मसँग बस" भन्छन् र कमला । | "तिमी मेरी माया मसँग बस" भन्छन् र कमला । | ||
::झुकी आँखा बन्छिन् ललितवदनी लज्जतसँग ॥ | ::झुकी आँखा बन्छिन् ललितवदनी लज्जतसँग ॥ | ||
{{pcn|(२०८)}} | {{pcn|(२०८)}} | ||
विष्णुले | विष्णुले तब ती लक्ष्मीसाथ सोधे, 'तिमीकन । | ||
के के चाहिन्छ त्यो चाँडै | के के चाहिन्छ त्यो चाँडै पुर्याउँछु तिमी भन !" | ||
{{pcn|(२०९)}} | {{pcn|(२०९)}} | ||
भन्दा ती कमला भन्छिन् 'सिँगारहरु सुन्दर । | भन्दा ती कमला भन्छिन् 'सिँगारहरु सुन्दर । | ||
प्रभुको प्रेमका निम्ति | प्रभुको प्रेमका निम्ति पाऊँ सज्न मनोहर ॥" | ||
{{pcn|(२१०)}} | {{pcn|(२१०)}} | ||
त्यति भन्दा | त्यति भन्दा तब नभमा, झझल्ल झिल्किए तारा । | ||
रँग झल्के अवनि उठिन् रम्य बने जगत् तारा ॥ | रँग झल्के अवनि उठिन् रम्य बने जगत् तारा ॥ | ||
{{pcn|(२११)}} | {{pcn|(२११)}} | ||
व्योमविहारी ग्रह | व्योमविहारी ग्रह उडुका स्वरूप देखिए झल्ल । | ||
प्राकृत | प्राकृत ढङ्ग लिएका गतिमान् रत्न भरी झलमल्ल ॥ | ||
{{pcn|(२१२)}} | {{pcn|(२१२)}} | ||
आँखाबाट छटा झिलिक्क हुन गो हाँसो भयो चन्द्रमा । | |||
::श्वासै वायु भयो सुगन्ध लहरी जो नन्छ | ::श्वासै वायु भयो सुगन्ध लहरी जो नन्छ हृत्केन्द्रमा ॥ | ||
नालाको टक भो नशा | नालाको टक भो नशा शिर भयो आकाशको गुम्मज । | ||
::बन्छन् रोम अनेक शस्य कलिला गाला | ::बन्छन् रोम अनेक शस्य कलिला गाला बने अम्बुज ॥ | ||
{{pcn|(२१३)}} | {{pcn|(२१३)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:26, 31 May 2025
झिझिल् झिल्झिल् गर्दै अब सुरहरू जन्मन गए ।
सबै जोडी भन्छन् कर 'जय स्वयम्भो जय ! जय !'
सबै आँखा मिच्दा कर दुइ जुटेका सुर उठे ।
गिर्यो पर्दा लामो जलदसरिको श्यामलपट ॥
(२०६)
झर्यो राम्रो दोस्रो पट हरि थिए ध्यानसहित ।
फुकी आयो यौटा कमल दिलको स्वप्नसहित ॥
त्यहाँ गाना जस्तो मधुर रसले बान्किन गई ।
उठिन् लक्ष्मी ब्यूँझी हँसमुख प्रभा झैं विभवकी ॥
(२०७)
तिनी 'खै खै' भन्दै हरि बिउँझिए हात दुइका ।
इशारा फैलाई तब निकट देखेर कमला ॥
"तिमी मेरी माया मसँग बस" भन्छन् र कमला ।
झुकी आँखा बन्छिन् ललितवदनी लज्जतसँग ॥
(२०८)
विष्णुले तब ती लक्ष्मीसाथ सोधे, 'तिमीकन ।
के के चाहिन्छ त्यो चाँडै पुर्याउँछु तिमी भन !"
(२०९)
भन्दा ती कमला भन्छिन् 'सिँगारहरु सुन्दर ।
प्रभुको प्रेमका निम्ति पाऊँ सज्न मनोहर ॥"
(२१०)
त्यति भन्दा तब नभमा, झझल्ल झिल्किए तारा ।
रँग झल्के अवनि उठिन् रम्य बने जगत् तारा ॥
(२११)
व्योमविहारी ग्रह उडुका स्वरूप देखिए झल्ल ।
प्राकृत ढङ्ग लिएका गतिमान् रत्न भरी झलमल्ल ॥
(२१२)
आँखाबाट छटा झिलिक्क हुन गो हाँसो भयो चन्द्रमा ।
श्वासै वायु भयो सुगन्ध लहरी जो नन्छ हृत्केन्द्रमा ॥
नालाको टक भो नशा शिर भयो आकाशको गुम्मज ।
बन्छन् रोम अनेक शस्य कलिला गाला बने अम्बुज ॥
(२१३)