Page:Shakuntala.pdf/337: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::तपस्या ठूलो हो जिउ सब जिती विश्व जितिने ॥ | ::तपस्या ठूलो हो जिउ सब जिती विश्व जितिने ॥ | ||
जिती आफैंलाई त्रिभुवन त्यसै पाउ रहने । | जिती आफैंलाई त्रिभुवन त्यसै पाउ रहने । | ||
::तपस्या हो ठूलो तर | ::तपस्या हो ठूलो तर मुटु कुरा सुन्दर चिने ॥ | ||
{{pcn|(६५)}} | {{pcn|(६५)}} | ||
महाध्येयी जित्छन् समय | महाध्येयी जित्छन् समय अवकाशैकन दुवै । | ||
::दिई | ::दिई सर्वश्वै नै थरहर गराईकन तप ॥ | ||
जगत्का मूलै नै | जगत्का मूलै नै थरहर गराईकन तप । | ||
::गरी जित्छन् झारी | ::गरी जित्छन् झारी प्रभुकन करैसाथ निकट ॥ | ||
{{pcn|(६६)}} | {{pcn|(६६)}} | ||
महाध्येयीका छन् | महाध्येयीका छन् अणुअणु मिली एक तरफ । | ||
::नडग्छन् ती | ::नडग्छन् ती थोरै त्रिभुवन डगे तापनि सब ॥ | ||
जिती कालैलाई अमरपदमा ती स्थिर भई । | जिती कालैलाई अमरपदमा ती स्थिर भई । | ||
:: | ::हुरी भैंचालो नै यश लिन उ सक्छन् सहज नै ॥ | ||
{{pcn|(६७)}} | {{pcn|(६७)}} | ||
सबै ज्योत्स्ना आफ्नो रविसरि गराई धपधप । | सबै ज्योत्स्ना आफ्नो रविसरि गराई धपधप । | ||
::खिँची | ::खिँची हृद्व्योमैमा प्रकटित गराई जपतप ॥ | ||
सबै सेता रापैसरि ज्वलनमा दिव्य रहने । | सबै सेता रापैसरि ज्वलनमा दिव्य रहने । | ||
::महाध्येयी जित्छन् त्रिभुवन जितूँ नै यदि भने ॥ | ::महाध्येयी जित्छन् त्रिभुवन जितूँ नै यदि भने ॥ | ||
Line 27: | Line 27: | ||
महाध्येयी जित्छन् तर प्रकृतिमा एक नियम । | महाध्येयी जित्छन् तर प्रकृतिमा एक नियम । | ||
::छ शास्ता सारामा छ जूनअनुसारी बल शम ॥ | ::छ शास्ता सारामा छ जूनअनुसारी बल शम ॥ | ||
यही | यही कुञ्जी यौटा जगभर महाशक्तिहरुको । | ||
::छ सत्मा जो चल्ने | ::छ सत्मा जो चल्ने उसकन अनन्त प्रबलता ॥ | ||
{{pcn|(६९)}} | {{pcn|(६९)}} | ||
अनन्त-शक्तिमान् आत्मा, हुन्छ सत्को पिछा लिँदो । | अनन्त-शक्तिमान् आत्मा, हुन्छ सत्को पिछा लिँदो । | ||
प्रभुको दिव्यता | प्रभुको दिव्यता लिन्छ एकत्व पनि सर्वदा ॥ | ||
{{pcn|(७०)}} | {{pcn|(७०)}} | ||
सत्य नै ईशको रूप, सत्य तुल्य अगम्य छ । | सत्य नै ईशको रूप, सत्य तुल्य अगम्य छ । | ||
विश्वेशको | विश्वेशको सत्स्वरूप लयले मात्र गम्य छ ॥ | ||
{{pcn|(७१)}} | {{pcn|(७१)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:17, 30 May 2025
तपस्या ठूलो हो तर अझ छ यौटा मुटु कुरा ।
तपस्या ठूलो हो जिउ सब जिती विश्व जितिने ॥
जिती आफैंलाई त्रिभुवन त्यसै पाउ रहने ।
तपस्या हो ठूलो तर मुटु कुरा सुन्दर चिने ॥
(६५)
महाध्येयी जित्छन् समय अवकाशैकन दुवै ।
दिई सर्वश्वै नै थरहर गराईकन तप ॥
जगत्का मूलै नै थरहर गराईकन तप ।
गरी जित्छन् झारी प्रभुकन करैसाथ निकट ॥
(६६)
महाध्येयीका छन् अणुअणु मिली एक तरफ ।
नडग्छन् ती थोरै त्रिभुवन डगे तापनि सब ॥
जिती कालैलाई अमरपदमा ती स्थिर भई ।
हुरी भैंचालो नै यश लिन उ सक्छन् सहज नै ॥
(६७)
सबै ज्योत्स्ना आफ्नो रविसरि गराई धपधप ।
खिँची हृद्व्योमैमा प्रकटित गराई जपतप ॥
सबै सेता रापैसरि ज्वलनमा दिव्य रहने ।
महाध्येयी जित्छन् त्रिभुवन जितूँ नै यदि भने ॥
(६८)
महाध्येयी जित्छन् तर प्रकृतिमा एक नियम ।
छ शास्ता सारामा छ जूनअनुसारी बल शम ॥
यही कुञ्जी यौटा जगभर महाशक्तिहरुको ।
छ सत्मा जो चल्ने उसकन अनन्त प्रबलता ॥
(६९)
अनन्त-शक्तिमान् आत्मा, हुन्छ सत्को पिछा लिँदो ।
प्रभुको दिव्यता लिन्छ एकत्व पनि सर्वदा ॥
(७०)
सत्य नै ईशको रूप, सत्य तुल्य अगम्य छ ।
विश्वेशको सत्स्वरूप लयले मात्र गम्य छ ॥
(७१)