Page:Shakuntala.pdf/360: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
बिहानी चराका पखेटा उज्याला । | बिहानी चराका पखेटा उज्याला । | ||
::कुनै स्वर्गको गुह्य चोरूँ भनेर ॥ | |||
लिई शीतथोपा उडेका नजीक । | लिई शीतथोपा उडेका नजीक । | ||
बनी भान दिन्थे पुकारा गरेर ॥ | ::बनी भान दिन्थे पुकारा गरेर ॥ | ||
{{pcn|(२२६)}} | {{pcn|(२२६)}} | ||
त्यही हो भनी सम्भिँदा हेमकूट । | त्यही हो भनी सम्भिँदा हेमकूट । | ||
जहाँ सूर्यको कान्ति बल्थ्यो सुवर्ण ॥ | ::जहाँ सूर्यको कान्ति बल्थ्यो सुवर्ण ॥ | ||
अनेकौं अरू शृङ्गको बीच साथी । | |||
सुनौला | ::सुनौला चुचूराहरू बीच माथि ॥ | ||
{{pcn|(२२७)}} | {{pcn|(२२७)}} | ||
त्यहीं ओर्लिने आशयी भै विमान । | |||
चल्यो त्यो दिशामा हवा शुद्ध खान ॥ | ::चल्यो त्यो दिशामा हवा शुद्ध खान ॥ | ||
जहाँ नीरका शिल्पकारीसमान । | जहाँ नीरका शिल्पकारीसमान । | ||
::थिए शैल चूडा सुनौला बिहान ॥ | |||
{{pcn|(२२८)}} | {{pcn|(२२८)}} | ||
कुटी एक आनन्दको चारु देखे । | कुटी एक आनन्दको चारु देखे । | ||
पराले छ छाना झरी रङ्गिएको ॥ | ::पराले छ छाना झरी रङ्गिएको ॥ | ||
दुवै | दुवै झ्यालवाला जहाँ देवदारु । | ||
सियाका बनी चारु टुप्पा रहन्छन् ॥ | ::सियाका बनी चारु टुप्पा रहन्छन् ॥ | ||
{{pcn|(२२९)}} | {{pcn|(२२९)}} | ||
सफा मर्मरे ठाउँमा स्निग्ध भूमि । | सफा मर्मरे ठाउँमा स्निग्ध भूमि । | ||
छ सम्म्याइएकी लगाएर बोट ॥ | ::छ सम्म्याइएकी लगाएर बोट ॥ | ||
जहाँ | जहाँ फुल्छ झुप्पा बनी रम्य रङ्ग । | ||
सफा पारिलो नेत्रले चुम्बिएर ॥ | ::सफा पारिलो नेत्रले चुम्बिएर ॥ | ||
{{pcn|(२३०)}} | {{pcn|(२३०)}} | ||
हरा कोखमा | हरा कोखमा बाष्पजाली उठेको । | ||
::पछ्यौराहरू लर्किए झैं झरेर ॥ | |||
पहाडी प्रसूनादि | पहाडी प्रसूनादि शृङ्गारवाली । | ||
छ त्यो | ::छ त्यो शैल शोभा बढी चारु हेर ॥ | ||
{{pcn|(२३१)}} | {{pcn|(२३१)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:26, 31 May 2025
बिहानी चराका पखेटा उज्याला ।
कुनै स्वर्गको गुह्य चोरूँ भनेर ॥
लिई शीतथोपा उडेका नजीक ।
बनी भान दिन्थे पुकारा गरेर ॥
(२२६)
त्यही हो भनी सम्भिँदा हेमकूट ।
जहाँ सूर्यको कान्ति बल्थ्यो सुवर्ण ॥
अनेकौं अरू शृङ्गको बीच साथी ।
सुनौला चुचूराहरू बीच माथि ॥
(२२७)
त्यहीं ओर्लिने आशयी भै विमान ।
चल्यो त्यो दिशामा हवा शुद्ध खान ॥
जहाँ नीरका शिल्पकारीसमान ।
थिए शैल चूडा सुनौला बिहान ॥
(२२८)
कुटी एक आनन्दको चारु देखे ।
पराले छ छाना झरी रङ्गिएको ॥
दुवै झ्यालवाला जहाँ देवदारु ।
सियाका बनी चारु टुप्पा रहन्छन् ॥
(२२९)
सफा मर्मरे ठाउँमा स्निग्ध भूमि ।
छ सम्म्याइएकी लगाएर बोट ॥
जहाँ फुल्छ झुप्पा बनी रम्य रङ्ग ।
सफा पारिलो नेत्रले चुम्बिएर ॥
(२३०)
हरा कोखमा बाष्पजाली उठेको ।
पछ्यौराहरू लर्किए झैं झरेर ॥
पहाडी प्रसूनादि शृङ्गारवाली ।
छ त्यो शैल शोभा बढी चारु हेर ॥
(२३१)