Page:Shakuntala.pdf/346: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
विशाल त्यो लोक थियो उज्यालो | विशाल त्यो लोक थियो उज्यालो सत्वमण्डल । | ||
देखिन्थे देव त्यसमा भर्दा | देखिन्थे देव त्यसमा भर्दा गगनमण्डल ॥ | ||
{{pcn|(१५१)}} | {{pcn|(१५१)}} | ||
ग्रह-गोलाहरु धेरै थिए त्यो लोकमा सफा । | ग्रह-गोलाहरु धेरै थिए त्यो लोकमा सफा । | ||
काँच गोलाहरू | काँच गोलाहरू जस्ता अथवा स्फटिकप्रभा ॥ | ||
{{pcn|(१५२)}} | {{pcn|(१५२)}} | ||
प्रतिबिम्बित आभाले आभासित मनोहर । | |||
सात चन्द्र थिए साथै मुस्किएका सुधाकर ॥ | सात चन्द्र थिए साथै मुस्किएका सुधाकर ॥ | ||
{{pcn|(१५३)}} | {{pcn|(१५३)}} | ||
ताराका बदला सारा देवता ज्योतिरूपका । | ताराका बदला सारा देवता ज्योतिरूपका । | ||
साकार शान्त देखिन्थे | साकार शान्त देखिन्थे पङ्खवाला यताउता ॥ | ||
{{pcn|(१५४)}} | {{pcn|(१५४)}} | ||
कोही अचल देखिन्थे कोही चल्थे मनोहर । | कोही अचल देखिन्थे कोही चल्थे मनोहर । | ||
पङ्ख चालेर सङ्गीत सुरमा ताल सुन्दर ॥ | |||
{{pcn|(१५५)}} | {{pcn|(१५५)}} | ||
देखिए | देखिए ऋषिका मूर्ति तपमा ध्याननिश्चल । | ||
स्वर्गङ्गातीरमा बस्दा, काँसकेशी समुज्ज्वल ॥ | |||
{{pcn|(१५६)}} | {{pcn|(१५६)}} | ||
बालुवाका कणा जस्ता ताराले लहरीमय । | बालुवाका कणा जस्ता ताराले लहरीमय । | ||
गङ्गा | गङ्गा बग्छिन् पवित्रै ती व्योममा कवितामय ॥ | ||
{{pcn|(१५७)}} | {{pcn|(१५७)}} | ||
त्यहाँका लहरी | त्यहाँका लहरी बोल्थे विश्वसङ्गीतका स्वर । | ||
जो हुन्छन् मर्त्य-आँखामा ज्योति | जो हुन्छन् मर्त्य-आँखामा ज्योति झैं तल मिर्मिर ॥ | ||
{{pcn|(१५८)}} | {{pcn|(१५८)}} | ||
चम्किला ती जूनमा छन् फुल्दा | चम्किला ती जूनमा छन् फुल्दा द्रुमलताहरू । | ||
सिँगारिएका शोभा | सिँगारिएका शोभा झैं कामिनीका सुकोमल ॥ | ||
{{pcn|(१५९)}} | {{pcn|(१५९)}} | ||
अमृताऽऽलोक बास्ताले हँसिलो स्वप्न सुन्दर । | |||
चकोर नेत्रमा पर्छन् प्रेमले क्यै मदाऽऽलस ॥ | |||
रोमाञ्च | रोमाञ्च बल्किँदा गात्र सुगन्धानिल स्पर्शमा । | ||
ढल्किन्छन् | ढल्किन्छन् सुस्त ती बैंसे सोर्हशृङ्गारले भरि ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 07:13, 31 May 2025
विशाल त्यो लोक थियो उज्यालो सत्वमण्डल ।
देखिन्थे देव त्यसमा भर्दा गगनमण्डल ॥
(१५१)
ग्रह-गोलाहरु धेरै थिए त्यो लोकमा सफा ।
काँच गोलाहरू जस्ता अथवा स्फटिकप्रभा ॥
(१५२)
प्रतिबिम्बित आभाले आभासित मनोहर ।
सात चन्द्र थिए साथै मुस्किएका सुधाकर ॥
(१५३)
ताराका बदला सारा देवता ज्योतिरूपका ।
साकार शान्त देखिन्थे पङ्खवाला यताउता ॥
(१५४)
कोही अचल देखिन्थे कोही चल्थे मनोहर ।
पङ्ख चालेर सङ्गीत सुरमा ताल सुन्दर ॥
(१५५)
देखिए ऋषिका मूर्ति तपमा ध्याननिश्चल ।
स्वर्गङ्गातीरमा बस्दा, काँसकेशी समुज्ज्वल ॥
(१५६)
बालुवाका कणा जस्ता ताराले लहरीमय ।
गङ्गा बग्छिन् पवित्रै ती व्योममा कवितामय ॥
(१५७)
त्यहाँका लहरी बोल्थे विश्वसङ्गीतका स्वर ।
जो हुन्छन् मर्त्य-आँखामा ज्योति झैं तल मिर्मिर ॥
(१५८)
चम्किला ती जूनमा छन् फुल्दा द्रुमलताहरू ।
सिँगारिएका शोभा झैं कामिनीका सुकोमल ॥
(१५९)
अमृताऽऽलोक बास्ताले हँसिलो स्वप्न सुन्दर ।
चकोर नेत्रमा पर्छन् प्रेमले क्यै मदाऽऽलस ॥
रोमाञ्च बल्किँदा गात्र सुगन्धानिल स्पर्शमा ।
ढल्किन्छन् सुस्त ती बैंसे सोर्हशृङ्गारले भरि ॥